फेसबुकमा साथीले अनौठा संकेत राखेर स्टाटस लेखेको देख्दा तपाइलाई अचम्म लाग्छ होला । किबोर्डमा नभएका यस्ता अनौठा तर रमाइला संकेत कसरी आफ्नो स्टाटसमा राख्ने ?
तर, तपाईले किबोर्डमा केही नम्बरहरु हानेर यस्ता अनौठा संकेत सजिलै देखाउन सक्नुहुन्छ । खासगरी म्युजिक, मुटु, पिपलपात, ट्रेडमार्क, कपिराइट जस्ता महत्वपूर्ण संकेतका लागि तपाईले यस्तो सर्टकर्ट कि प्रयोग गर्न सक्नुहुन्छ ।
एजेन्सी ,,

चिनियाँ डाक्टरहरुले पेटमा नाक तथा खुट्टामा हातको कलमी गरेको र त्यसरी टुसाएका अंगलाई वास्तविक ठाउँमा लगेर जोडेको समाचार केही समय पहिले आएका थिए । चिकित्सा जगतको यस्तो आश्चर्यजनक सफलताले उपचार पद्दतिमै नयाँ आयाम ल्याइदिएको छ ।
हुन त थ्री डी प्रिन्टरबाटै मानिसका अंगहरु नै प्रिन्टर गरेर निकाल्ने र त्यसलाई चाहिएको ठाउँमा प्रत्यारोपण गर्ने जमाना समेत आइसकेको छ । चिकित्सा क्षेत्रको यो चमत्कार अब चीन तथा पश्चिमा देशहरुमा मात्र सीमित रहेन । हाम्रो छिमेकी देश भारतका डाक्टरहरुले पनि यस्तै चमत्कार गरिदिएका छन् ।
भारतको दिल्लीस्थित एक अस्पतालका डाक्टरहरुले मानिसको हातमा कान उमारिदिएका छन् । दिल्लीको जयप्रकाश अस्पतालका प्लास्टिक सर्जरी विभागका डाक्टरहरुले विरामीको छातीबाट छाला तथा मांशपेशी निकालेर त्यसलाई हातमा प्रत्यारोपण गरी त्यसबाट हातमै कान उमारिदिएका छन् । बिरामीको हातमा एउटा कान पूर्णरुपमा विकशित भैसकेको छ र अब यसलाई कानको ठाउँमै लगेर प्रत्यारोपण गर्ने तयारी भैरहेको छ ।
विभागका डाक्टर पीएस भण्डारीका अनुसार यो कृत्रिम कान हो । उनका अनुसार छातीबाट निकालिएको छालासहितको मासुको डल्लोलाई हातमा कलमी गरियो र विशेष प्रविधिबाट त्यसलाई कानको स्वरुपमा विकशित हुन दिइयो । दुबै कान जलेर बुच्चो भएका एक २२ वर्षका युवकमा यो प्रयोग गरिएको हो ।
यसरी हातमा कान उमार्नु सजिलो थिएन । डाक्टरहरुलाई यसो गर्न ठूलै मेहेनत गर्नुपर्यो र लामो समय पनि लाग्यो । यसलाई डाक्टरहरुले तीन चरणमा पूरा गरे ।
पहिलो चरणमा छातीबाट करङको पत्र निकालियो जुन कुरकुरे हड्डीजस्तै थियो । त्यसपछि त्यसलाई विशेष मेसिनमा हालेर कानको जस्तो फ्रेमवर्क बनाइयो ।
सुरुमा कोषिकाको फैलावटका लागि युवकको हातमा सुई दिइयो । त्यसपछि पाखुराको छालामा बेलुनजस्तो फोका उठ्यो । सोही भागमा सर्जरी गरेर कानजस्तो बनाइएको मासु प्रत्यारोपण गरियो । त्यसपछि प्रत्यारेपण गरिएको त्यो मासुको डल्लो ठ्याक्कै कानकै आकारमा विकाश हुन थाल्यो । अहिले पाखुरामा पूरै कान निर्माण भैसकेको देखिन्छ ।
डाक्टरहरु उक्त कानलाई हातबाट निकालेर अब टाउकाको जलेको कानमा लगेर प्रत्यारोपण गर्नेछन् ।

कारभित्र झोला होइन की झोलाभित्र कार राख्ने जमाना आएको छ । झोलाभित्र कार राखी उक्त झोला पिठ्युँमा बोकेर ठमठमी हिँड्ने र कार चढ्न मन लागेको बेला झोलाबाट कार निकालेर जोडजाड पारी चढेर गुडाउने दिन आउँदैछ ।
हो, जापानी इन्जिनियरले यस्तो पोर्टेबल कारको विकाश गरेका छन् जसलाई झोलाभित्र राख्न सकिन्छ । ‘वाककार’ नाको उक्त पोर्टेबल गाडी यति सानो छ की त्यसलाई ब्याकप्याक मा राख्न सकिन्छ र ३ घण्टाको चार्जिङ पछि १० किलोमिटर प्रतिघण्टाको गतिमा १२ किलोमिटर सम्म गुडाउन सकिन्छ । चढ्ने मानिसको वजनबाटै यो कारको गति नियन्त्रण गर्न सकिन्छ ।
२६ वर्षे इन्जिनियर कुनियाको साइटो र उनको टोलीले हालै कोकोआ मोटर्स कम्पनीमा लिथियम ब्याट्रीवाला ‘वाक कार’ निर्माण गरेका छन् । यो कार ल्यापटपको आकारको छ र सडकमा राख्दा स्केटबोर्ड जस्तो देखिन्छ ।

रिपोर्ट अनुसार यो कारले १२० किलो सम्मको वजन धान्न सक्छ । चालक यो कारमा उभिने बित्तिकै कार आफै चल्दछ र चालक झरेपछि आफै बन्द हुन्छ । आल्मुनियमबाट बनेको यो कारको तौल २-३ किलो मात्र छ ।
सबैभन्दा राम्रो कुरा त के भने यो कारलाई पार्किङ गर्नका लागि कुनै ठूलो पार्किङ स्थलको आवश्यकता पर्दैन । किनकी यसलाई सजिलैसँग झोलामा राख्न सकिन्छ ।
निर्माता साइटोका अनुसार अर्को महिनादेखि यो झोलामा राख्न सकिने कारको अनलाइन बुकिङ सुरु हुनेछ । किक स्टार्टर वेबसाइटमा यो कार बुक गर्न सकिनेछ । यसको सम्भावित मूल्य ८ सय डलर हुने बताइएको छ । एजेन्सीको सहयोगमा,,
एजेन्सी ।
महंगो स्मार्टफोन साथमा हुँदा कतिबेला खस्ला कि कतै के होला कि भनेर डराइरहनु पर्छ । तर अव भने यसको समाधान आएको छ । संसारकै सबैभन्दा बलियो भनिएको स्मार्टफोन बजारमा आउन लागेको छ ।
कम्पनीले दावी गरे अनुसार यो फोन न त फुट्छ न त ह्याक नै हुन सक्छ । टुरिङ मोबाइल ब्राण्डले संसारकै सबैभन्दा बलियो स्मार्टफोन बजारमा लञ्च गर्न लागेको हो ।
आगामी महिना बजारमा आउने यो फोन लिक्विडमोरफियमबाट बनेको बताइएको छ । यसमा भएको बनोट स्टील र एल्युमीनियम भन्दा बढी बलियो हुन्छ ।
एप्पलले पनि आइफोनमा यो धातु प्रयोग गर्छ तर सिम राख्ने ठाउँमा मात्र । साढे ५ इन्चको स्क्रिन भएको यो स्मार्टफोनको अपरेटिङ सिष्टम एण्ड्रोइड 5.1 छ तर यूएसबी पोर्ट छैन भने म्युजिकका लागि अडियो ज्याक समेत छैन । यद्यपी ब्लुटूथले भने यसमा काम गर्छ ।
यी सबैका बाबजुत पनि फोन त्यति महंगो पनि पर्दैन । करिव ४० देखि ५० हजारको हाराहारीमा यो फोन किन्न सकिने बताइएको छ ।
यसमा सुरक्षाका विभिन्न प्रविधी प्रयोग गरिएको छ जसले कुनै पनि हालतमा यसलाई ह्याक गर्न नसकोस ।
यो फोनमा केवल औंठाको छाप अर्थात फिङ्गर प्रिन्टमात्र पासवर्ड बन्न सक्छ ।
पानीमा पनि असर हुँदैन
रमाइलो कुरा त टुरिङको नयाँ स्मार्टफोनमा पानीले समेत असर गर्ने छैन । पानीमा डुबिहालेमा पनि बाहिर निकालेर पुछ्ना साथ फोनले सामान्य काम गर्छ । यो फोनले स्मार्टफोन को दुनियाँमा क्रान्ति गर्ने दावी कम्पनीले गरेको छ ।

यदि तपाइँ नेपालमा वा भारतमा स्मार्ट फोन किन्दै हुनुहुन्छ भने एक पटक विचार गर्नुस् । तपाइँको स्मार्टफोन नक्कली पनि हुन सक्छ ।
भारतीय प्रहरीले बजारमा नक्कली आइफोन लगायतका स्मार्टफोनहरु पठाउने गरिएको पत्ता लगाएपछि नेपालमा पनि यस्तो भैरहेको आशंका गरिएको छ ।
भारतीय प्रहरीले दिल्लीको एक चर्चित फोन आयात गर्ने कम्पनीको शो रुममा नक्कली पार्टपुर्जा जोडेर बनाइएका आइफोन र अन्य स्मार्टफोन फेला पारेपछि नेपाली बजारमा पनि यस्ता फोन छ्याप् छ्याप्ती रहेको अनुमान गरिएको छ ।
भारतीय क्राइम ब्रान्चले छापा मार्दा बजारमा नक्कली आइफोन मात्र नभएर अन्य चर्चित ब्राण्डका स्मार्ट फोन पनि नक्कली पार्टपुर्जा राखेर एसेम्बल हुने गरेको फेला पारेको हो । छापा मारिएको कम्पनी संसारका चर्चित चर्चित फोन ब्राण्ड खरिद गरेर भारत सहित नेपाल सम्म आपुर्ति गर्ने Akasaki हो ।
भारतीय प्रहरीले २८ वटा आइफोन 5 र ६ वटा आइफोन 6 जफत गरेको छ । त्यसैगरी विभिन्न फोनमा प्रयोग हुने एसेसरीज पनि बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ ।

भारतको अहिलेसम्मकै सार्वाधिक लागतको चलचित्र ‘बाहुबली’ले बक्स अफिसमा पनि तहल्का पिटेको छ। चलचित्रले पहिलो दिनमै ५० करोड भारुको व्यापार गरेपछि बलिउडका पहिलो दिनमा सम्पुर्ण रेकर्डहरु धरासायी भएका छन्।भारतका करिब ३५०० भन्दा बढी हलहरुमा एकसाथ रिलिज गरिएको यो चलचित्रले एकै दिनमा यतिका रकम कमाएको हो। यो फिल्मको हिन्दी संस्करणले मात्र ५.१५ करोड भारुको व्यापार गरेको छ।
३ वर्ष लगाएर बनाइएको यो चलचित्रले भिजुअल इफेक्टले गर्दा दर्शकको मन राख्न सफल भएको छ।
इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ ।
सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउने बताएको छ । करिब नौ वर्षदेखि इजरायलले नेपाली कामदार लिन छाडेको छ ।
नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ५५ औँ वर्ष प्रवेशको अवसर पारेर नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले लगनशील, कामप्रति निष्ठावान नेपाली कामदारलाई पर्याप्त अवसर दिइने बताए ।
“नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउन इजराय र नेपाल सरकारका सम्बद्ध निकायबीच निकट सम्पर्कमा रहेर सहकार्य भइरहेको छ, त्यो चाँडै पूरा हुनेमा म आशावादी छु– श्रमिक निर्यातका विगतका कटु अनुभव दोहोरिन नदिन दुवै देशका सरकारले आपसी सम्झौता गरेर अघि बढ्ने निर्णय भएको सुनाउँदै उनले भने ।
घरेलु कामदार, परिचारक/सुसारेलाई चयन गरी व्यावसायिक एवम् प्राविधिक तालिम दिएर परीक्षणका रुपमा इजरायल पठाउने योजनामा दुवै देशका सरकार रहेका उनले जानकारी दिए ।
कामदार चयन पारदर्शी ढङ्गले गरिने उनले प्रष्ट पारे ।
साना किसान बैंकसँगको सहकार्यमा मासिक एक लाख २५ हजार तलब पाउने गरी १० महिने कृषि तालिमअन्तर्गत गत वर्ष दुई सय, यो वर्ष पाँच सय जना विद्यार्थी इजरायल गइसकेका छन्र । राजदूत मेयरले आगामी वर्ष छ सय जना प्रशिक्षार्थीलाई अवसर दिइने घोषणा पनि गरेका छन् ।
उनले भूकम्पपछि नेपाललाई थप सहायताको आवश्यकता परेकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “भूकम्पले सिर्जना गरेका चुनौतीलाई शक्ति, सामथ्र्य र अवसरमा रुपान्तरण गर्न सकिन्छ, मित्र मुलुकका नाताले समस्यामा परेको नेपाललाई हरसंभव सहयोग गरिरहन्छौ,”– उनले भने ।
कृषि क्षेत्रमा भएको क्षतिबाट उठ्न नेपाललाई प्रविधि र सीपको खाँचो छ भन्दै उहाँले कृषि प्रविधि केन्द्र स्थापना, पुनः निर्माणमा इजरायली प्रविधि र विज्ञको सहयोग, मत्स्यपालनजस्ता जलप्रविधिमा आधारित कृषिको विकास, ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदाको संरक्षणमा इजरायलले सहयोग गर्ने तयारी गरेको उनले जानकारी दिए । रासस

तपाइँको बायोडाटा विवरणले मात्रा तपाइँलाई राम्रो जागिर मिल्दैन । तर याद राख्नुस् राम्रो बायोडाटा विवरणले कम्तिमा तपाइँलाई अन्तर्वार्ताको शर्टलिष्टमा भने सजिलै पार्छ । तपाइँले चाहेको जागिर खान तपाइँको बायोडाटामा हुनु पर्ने १० कुराको चर्चा याहाँ गरिएको छ ।
१ तपाइँले आफू कति धेरै कुशल छु भन्ने कुरा देखाउन बायोडाटामा विवरण नदिनुस् । बरु तपाइँले गरेका हरेक काम र उपलब्धिलाई हाइलाइट गर्नुस् । तपाइँले गरेका उपलब्धिलाई ४ देखि ६ बुँदामा लेख्नुस् ।
२ आजकल बायोडाटा अनलाइन फर्मकोरुपमा भर्ने चलन आइसकेको छ । जहिले पनि चलेका पदावली अर्थात कि वर्डहरुलाई आफ्नो बायोडाटामा समावेस गर्न नभुल्नुस् ।
३ बायोडाटामा आफूले कति धेरै ठाउँमा जागिर खाएँ भन्ने कुरा ब्याख्या नगर्नुस् । तपाइँले एकै ठाउँमा कति धेरै वर्ष जागिर खाएँ भन्ने कुरामा पनि जोड नदिनुस् । यस्ता कुराको बारेमा कम भन्दा कम लेख्नुस् ।
४ तपाइँको अनुभव निक्कै लामो छ भने त्यसलाई बायोडाटामा सारांस नबनाउनुस् । सके सम्म कम र १ वा २ पेजमा सबै कुरा उल्लेख गर्नुस् । तपाइँको बायोडाटा तपाइाको जीवनी होइन । भूमिका र अनुभवलाई मात्र हाइलाइट गर्नुस् ।
५ भनिन्छ तपाइँको बायोडाटाको माथिल्लो भाग पढेर नै अन्तवार्तामा बोलाउने नबोलाउने निर्णय गरिन्छ । तसर्थ सके सम्म तपाइँको इमेल वा मोबाइल नम्बर पुछारमा मात्र लेख्नुस् । तपाइँको क्षमता र अनुभवलाई सबैभन्दा माथि लेख्नुस् ।
६ बायोडाटामा सके सम्म छोँटा वाक्य लेख्नुस् ।
७ आफ्नो बायोडाटालाई विभिन्न भागमा बाँढ्नुस् । जस्तै कामको अनुभव, अवार्ड, वा अन्य ।
८ सके सम्म बायोडाटामा लेखिएको भाषामा फन्ट धेरै ठूलो वा सानो नगराउनुस् । १० वा १२ को फन्ट प्रयोग गर्नुस्। अनुभव समय अनुसार मिलाउनुस् ।
९ बायोडाटँमा तस्विर ग्राफिक्स जस्ता लेआउट प्रयोग भुलेर पनि नगर्नुस् ।
१० राम्रो बायोडाटामा कुनै पनि एक कुरलाई दोहोर्याएर भनिएको हुँदैन । बायोडाटा बनाउँदा साथीभाइलाई देखाएर पुनर्लेखन गर्नुस् ।

फेसबुकमा भिडियो अपलोड गरेर पनि पैसा कमाउन सकिने भएको छ । तर, तपाईले अपलोड गर्ने भिडियो आफ्नै हुनु पर्नेछ ।
फेसबुकले नयाँ फिचर सुरु गरेको छ । जस अनुसार अब प्रयोगकर्ताले अपलोड गरेको भिडियो क्लिप र विज्ञापन मिलाएर नयाँ भिडियो तयार हुनेछ ।
यसलाई जति धेरै मानिसले हेर्छन्, त्यस आधारमा प्रयोगकर्ताले पैसा पाउनेछन् । फेसबुकका अनुसार भिडियोमा समावेश हुने विज्ञापनबाट हुने कमाईमा ४५ प्रतिशत उसको हुनेछ ।
फेसबुकका अनुसार हरेक दिन चार अर्ब पटक फेसबुकमा भिडियो हेरिन्छ ।
तर, केही विशेषज्ञशरुले भने फेसबुकको भिडियोको बढ्दो लोकपि्रयता युट्युवका लागि घातक हुनसक्ने बताएका छन् ।
सन् २०१४ को डिसेम्बरमा फेसबुकले पहिलो पटक भ्यूजमा यूट्युबलाई पछि पारेको थियो । यसै वर्ष जुनमा अमेरिकी कम्पनी एसबीओले आफ्नो केही कार्यक्रमलाई फेसबुकबाट प्रशारण गर्ने घोषणा गरेको छ ।
भिडियोबाट पैसा आउने भएपछि अरु पनि अरुलाई पनि यसले आकषिर्त गर्ने देखिएको छ ।
युट्युबले आफ्न प्रयोगकर्तालाई भिडियो आफैं म्याजेन गर्ने सुविधा दिएको छ । फेसबुकले पनि सुरुमा केही मिडिया ग्रपु र छनिएका मानिसहरुसँग मिलेग काम गर्ने बताएको छ ।
भिडियो बनाउनेका लागि एउटा समस्या के छ भने फेसबुकमा युट्युबमा जसरी सहजै सर्च गर्न सकिँदैन ।

श्रम तथा रोजगार मन्त्रालयले म्यानपावर ब्यवसायीको दबाबका बाबजुद असार २१ गतेदेखि खाडीका ६ मुलुक र मलेसियामा ‘फ्री भिसा,फ्री टिकट’ ब्यवस्था लागू गर्ने भएको छ ।
बुधवार वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सार्वजनिक सूचना जारी गरी २१ गतेदेखि यी सात मुलुकमा निःशुल्क भिसा र टिकट अनिवार्य गरेको छ ।
जेठ २६ गते श्रम तथा रोजगार मन्त्रालयले बहराइन, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कुबेत र मलेसिया जाने नेपाली कामदारका लागि रोजगारदाता कम्पनीले भिसा, आउनेजाने हवाई टिकटको खर्च ब्यहोर्ने र कामदारको तलबबाट कुनै पनि खर्च नकटाउने सर्तमा मात्र श्रम स्वीकृति दिने निर्णय गरेको थियो । यो ब्यवस्था असार २१ गतेदेखि लागू हुने बोर्डको वेबसाइटमा उल्लेख छ ।
वैदेशिक रोजगार ब्यवसायीले यो निर्णयबाट माग घट्ने भन्दै प्रधानमन्त्री सुशील कोइरालालगायत शीर्ष नेतासँग निर्णय फिर्ताको लविङ गरिरहेका छन् । असार १७ गते हुने वैदेशिक रोजगार ब्यवसायी संघको चुनावी मुद्दा नै ‘फ्री भिसा फ्री टिकट’ हुने भएको छ । कारोबार दैनिकमा खबर छ ।,,

पन्चासे (कास्की), जेष्ठ ९ - भूकम्पको त्रास भुलाउन कतै केही दिन घुम्न जाने सोच्नेका लागि यहाँको पन्चासे क्षेत्र पुगे हुन्छ । यहाँ त्रास नभएको भन्दै होमस्टे सञ्चालकहरूले पर्यटकको आतिथ्यका लागि तयार रहेको बताएका छन् । उनीहरूले ग्रामीण परिवेशसँग साक्षात्कार गर्दै बिथोलिएको मनलाई शान्त र मनोरञ्जनात्मक बनाउने बताएका छन् ।
पोखरा आएकाहरूले फेवातालको किनारैकिनार पामे हुँदै गाडीमा २ घण्टाको यात्रामा यो ठाउँ पुग्न सकिन्छ । पदमार्गबाटै पनि यहाँको यात्रा सम्भव छ । दोस्रो मार्ग पोखरा–बागलुङ राजमार्गको काँडे भएर भदौरे हुँदै पनि जान सकिन्छ । यहाँ पर्वतको डिमुवा, आर्थरडाँडाखर्क र स्याङ्जाको बाँगेफड्के र बाङसिङ देउरालीबाट पन्चासे पुग्न सहज छ ।
भदौरे, चित्रे, आर्थरडाँडाखर्क, भन्ज्याङ र सिधानेलगायत स्थानका होमस्टे सञ्चालन भएका गाउँलेले आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिन तयार छन् । ‘कला र संस्कृतिको धनी, जैविक विविधताको खानी पन्चासे क्षेत्रमा ढुक्कसाथ घुम्न आग्रह गर्छु,’ चित्रे ग्रामीण पर्यटन होमस्टे विकास समिति अध्यक्ष सुशीलादेवी गुरुङले भनिन्, ‘भूकम्पले यस क्षेत्रमा कुनै असर गरेको छैन । यहाँ आइपुग्न पनि सजिलो छ ।’ हिमाल हेर्दै गाउँले रहनसहन, अर्गानिक खाना तथा जैविक विविधता लगायतको भरपुर मनोरञ्जन लिन पाउने अवसर रहेको उनले बताइन् ।
प्राकृतिक, भौगोलिक अवस्था, कला र संस्कृति, शान्त र स्वस्थ वातावरणीय हिसाबले राम्रा छन् गाउँ । डाँडाखर्कबासीले त सोरठी र सालैजो गीत संस्कृति पनि पस्किन थालेका छन् । ‘शान्त वातावरण । मनोरम दृश्यावलोकन । मानव र सवारी चाप शून्य । प्राकृतिक सम्पदाले भरिपूर्ण गाउँमा सांस्कृतिक कार्यक्रमले पनि स्वागत गर्नेछौं,’ डाँडाखर्कका अगुवा यम गुरुङले भने ।
पन्चासे कास्की, पर्वत र स्याङ्जाको पर्यटकीय तथा धार्मिक संगमस्थल हो । २५ सय १७ मिटरसम्म अग्लो यो पहाडबाट देखिएका सुन्दर दृश्यले उकालो चढ्दाको दु:ख पनि छिनभरमै बिसाइदिन्छ । यहाँबाट चार जिल्लाका सदरमुकाम (पोखरा, स्याङ्जा, कुस्मा र बागलुङ), आसपासका डाँडाकाँडा, हिमाली शृंखलाको दृश्यावलोकन र जैविक विविधताको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण, धौलागिरि शृंखला तथा लमजुङ र मनास्लु हिमालसमेत नजिकै देखिन्छन् । ‘सूर्योदय, सूर्यास्त, आसपासका सुन्दर गाउँबेंसी, फाँट खोलानालाको दृश्यले सबैको मन लोभ्याउँछ,’ पन्चासे संरक्षित वन मूल परिषद्का अध्यक्ष गोपाल गुरुङले भने, ‘१ सय १२ थरीका सुनाखरी, भालु, चितुवा, मृग र दर्जनौं चराचुरुंगी पनि देख्न सकिन्छ ।’
पछिल्लो समय यहाँको जैविक विविधता संरक्षण तथा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित संरक्षण अभियान पनि थालिएको छ । परिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन (ईबीए) कार्यक्रमले हालै सरोकारवालालाई यस क्षेत्रको अवलोकन गराएको थियो ।
उक्त अवसरमा स्थानीयले पन्चासे क्षेत्र सुरक्षित रहेको सन्देश फैलाउन आग्रह गरेको ईबीएका परियोजना सहायक रंघिरकुमार सिंहले बताए ।
होमस्टेहरूको प्रवर्द्धन र पन्चासे क्षेत्रको संरक्षणलाई आधार बनाएर भए गरेका गतिविधिको प्रचारप्रसार गर्ने उद्देश्यले अवलोकन तथा स्थानीयसँग अन्तरक्रिया गरिएको थियो ।
भदौरेका रूपेश गुरुङले होमस्टे प्रवद्र्धनमा अझै सहयोग गर्न सरोकारवालासमक्ष अनुरोध गरेका थिए ।

गुलरिया, जेष्ठ १ - प्रलयकारी महाभूकम्पपछि बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटक धमाधम बुकिङ रद्द गर्न थालेका छन्। यो मौसममा गतवर्ष खचाखच भरिएका ठाकुरद्वारास्थित पर्यटकीय होटलहरू अहिले सुनसान छन्।
सॉझ पर्ना साथ यहाँका होटलमा हुने थारु सांस्कृतिक नाचगान समेत बन्द भएका छन्। भूकम्पअघि दैनिक ५० देखि ६० को संख्यामा विदेशी पर्यटक आउँथे। करिब ५ सय स्वदेशी पर्यटक आउँदा निकुञ्ज मुख्यालय ठाकुरद्वारामा बेग्लै चहलपहल हुन्थ्यो। अहिले मुस्किलले ४/५ जना विदेशी पर्यटक आउने गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए।
यसैगरी स्वदेशी पर्यटक २० देखि २५ जना आउने गरेको निकुञ्जले जनाएको छ। निकुञ्जमा कात्तिकदेखि जेठ मसान्तसम्म बढी पर्यटक भित्रिने मौसम हो। यो मौसममा पर्यटकले सहजै बाघ हेर्न सकिने भएकोले पनि पर्यटकहरू आकर्षित हुने गरेको पर्यटन व्यवसायी बताउँछन्।
पर्यटन व्यवसायी एवं थारू होम रिर्सोटका सञ्चालक मोहन थारूले काठमाडौं लगायत मुलुकका दर्जन बढी जिल्लामा आएको महाभूकम्पले बर्दियाका पर्यटन व्यवसायीलाई प्रत्यक्ष प्रभाव परेको छ।
खचाखच भरिने यो मौसममा ९५ प्रतिशत पर्यटक घटेको उनले दाबी गरे। ठाकुरद्वारामा २० वटा पर्यटकीय होटल सञ्चालनमा छन्।
उनीजस्तै बर्दिया टाइगर रिर्सोट ठाकुरद्वाराका सञ्चालक रामजी थापाले जिल्लामा भुइँचालोको असर नपरे पनि पर्यटकको संख्या निकै घटेको बताए। होटलमा कर्मचारीलाई तलब खुवाउन समेत धौधौ भएको उनले भने, ‘यस्तो स्थिति रह्यो भने होटलहरू बन्द हुने अवस्था आउने छ।’
जिल्लामा भूकम्पको असर नपरेकोले यहाँ आउने पर्यटक आत्तिनुपर्ने कुनै कारण नभएको पर्यटन व्यवसायी बताउँछन्।
नेपालकै तराईको जिल्लास्थित बर्दिया निकुञ्जमा शान्त वातावरण भएका कारण पनि विगत केही वर्ष यता पर्यटकहरू यहाँ आउन लालायित हुँदै आएको निकुञ्जका कर्मचारी बताउँछन्। महाविनाशकारी भूकम्पले पर्यटन व्यवसायीलाई प्रत्यक्ष मर्कामा परेका छन्।
एक दशक अघिसम्म स्वदेशीभन्दा बढी पर्यटक आउने गरे पनि विगत ४/५ वर्ष यता नेपाली पर्यटकको आवागमन बढ्दै गएको हो। निकुञ्जमा काठमाडौं, पोखरा लगायतबाट आउने स्वदेशी पर्यटक भूकम्पका कारण एक्कासि घटेको पर्यटन व्यवसायी बताउँछन्।
सिउरुङ (लमजुङ), जेष्ठ १७ - बेसीसहरकी दूधकाशी गुरुङ अहिले गाउँ फर्केर पर्यटकको स्वागत सत्कारमा जुटेकी छन्। उनलाई पति पूर्णसिंह गुरुङले साथ दिएका छन्।
‘पर्यटकको स्वागत गर्न गाउँ आएँ,’ उनले भनिन्, ‘भूकम्पको डर हराउँदै गएपछि यता पनि पर्यटक आउन अलि बढ्छन् भन्ने लाग्छ।’ सहरमा बसेर खासै काम नहुने भएकाले गाउँमा आएर पर्यटकको स्वागतमा साथ दिन पाउँदा खुसी लागेको पूर्णसिंहले बताए। यी दम्पती जसरी नै सहरबजारमा बसेका युवाहरू पनि गाउँ फर्केर पर्यटकको स्वागत र बिदाइमा जुटेका छन्। सिउरुङमा पर्यटकको आगमन बिस्तारै बढ्न थालेको छ। ‘पहिलो गोराहरू निकै आउँथे। नेपाली पनि उत्तिकै हुन्थे। बजारमा बसेर वासको व्यवस्था मिलाउँथ्यौँ।’ गाउँ फर्केका लालजित गुरुङले भने। गाउँमा पर्यटक बढ्ने अपेक्षासँगै क्लबका पूर्वअध्यक्ष नन्द घले पत्नीका साथ गाउँमा छन्।
‘सिउरुङमा भूकम्पले केही प्रभाव पारेनछ,’ शिरखोला आमा समूह काउलेपानीकी अध्यक्ष प्रेमकाशी गुरुङले भनिन्। भूकम्पबाट गाउँमा पर्यटकको कमी आएकाले सिउरुङको स्थिति बुझ्न् आएको उनले सुनाइन्। ‘भूकम्पबाट गाउँ सुरक्षित भएको सन्देश देशविदेश पुर्याउनुपर्छ,’ सिउरुङ महोत्सवको क्रममा बिहीबार भेटिएकी उनले भनिन्। काउलेपानीको पर्यटन प्रवद्र्धनमा जुटेकी तिलमाया गुरुङले भूकम्पपछि गाउँमा पर्यटक आगमन घटेको र सकरात्मक सन्देश प्रवाह गर्न सके पर्यटक आगमन वृद्धि हुने बताइन्।
पर्यटन व्यवस्थापन उपसमिति सिउरुङका सचिव उमरबहादुर गुरुङले जिल्लाकै विभिन्न ठाउँमा भूकम्पले क्षति पुर्याए पनि गाउँमा भने कुनै क्षति नपुर्याएको बताए। ‘भूकम्पले गाउँमा पनि क्षति पुर्याएको भन्ने गलत सन्देश गएसँगै पर्यटक आगमन रोकियो,’ उनले भने, ‘पर्यटकीय गन्तव्य सुरक्षित भएकाले सबै पर्यटकलाई ग्रामीण पर्यटकीय गाउँको भ्रमणमा आउन आग्रह गर्छु।’ उनले सिउरुङमा रहेका १५ होमस्टेसहित १ सय २० वटा घर साथै सबै सम्पदाहरू भूकम्पबाट जोगिएको र सुरक्षित रहेको बताए। ‘गाउँमा पर्यटकका लागि सडकको सुविधा छ,’ उनले भने, ‘विभिन्न ठाउँमा पहिरो गए पनि हाम्रा सडकसमेत भूकम्पबाट सुरक्षित छन्।
लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठले सिउरुङसहित सार्क भिलेज घलेगाउँ, एउटै गाउँ र एउटै गाविस भुजुङ, उत्कृष्ट होमस्टे गाउँ काउलेपानी, पसगाउँ, घनपोखरा, खासुर, पुरानकोट लगायत ग्रामीण पर्यटकीय गाउँहरू सुरक्षित रहेको बताए। ‘वैशाख १२ को महाभूकम्प र २९ गतेको ठूलो कम्पनका कारण डराउनु स्वाभाविक थियो,’ उनले भने, ‘हामीले सबै हेरिसक्यौँ। पर्यटकीय गन्तव्यहरू सबै सुरक्षित छन्।’ उनले पर्यटकीय गाउँमा रहेका होमस्टे, संग्रहालय, सांस्कृतिक भवन, ऐतिहासिक सम्पदालाई भूकम्पले समस्या नपारेको बताए।

पोखरा, जेष्ठ २० - व्यवसायीले मुलुकको पर्यटनमा ठूलो हिस्सा भारतीय पर्यटकले ओगटेको भन्दै भारतीयलाई पोखरा घुम्न आउने गरी सघाउन भारतीय दूतावासका पदाधिकारीसमक्ष आग्रह गरेका छन्।
भूकम्पपछि खस्किएको पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्यले गठित पोखरा पर्यटन पुनर्जागरण समिति (पीटीआरसी) का पदाधिकारीले मंगलबार दूतावासका कमर्सियल कन्सुलर आशिष सिन्हालाई भेटेर भारतीयलाई पोखरा आउने वातावरण बनाइदिन अनुरोध गरेका हुन्। अत्यधिक गर्मीका कारण यतिबेला भारतीय नेपाल घुम्न आउने सिजन भए पनि भूकम्पको त्रासले रोकिएको छ। त्यसैले आगमनमा सघाउन अनुरोध गरिएको पीटीआरसीका सहसंयोजक विश्वशंकर पालिखेले बताए।
उक्त अवसरमा सिन्हाले भारतीयलाई नेपाल भित्र्याउन सक्दो पहल गर्ने आश्वासन दिए। ‘भारतीयलाई नेपाल नआउन भनेका छैनौं। केवल सचेतना अपनाउन मात्र भनेका छौं,’ सिन्हाको भनाइ उद्धृत गर्दै पालिखेले भने, ‘ट्राभल एड्भाइजरीमा कतै पनि नेपाल नआउन भनी उल्लेख गरेका छैनौं।’ यतिबेला भारतीय पर्यटक गर्मी छल्न र मुक्तिनाथ दर्शनका लागि आउने उपयुक्त समय हो।
पीटीआरसीका सञ्चार संयोजक टीकाराम सापकोटाले भारतीय सञ्चारकर्मीलाइ पोखरा ल्याउने तयारी भइरहेको र भारतीय सञ्चारमाध्ययमलाई पनि नेपालबारे सकरात्मक सन्देश दिन दूतावासले भूमिका निभाउन आग्रह गरे।
नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस (नाट्ट) का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपाल आउने तयारीमा रहेका भारतीय पर्यटक भूकम्पले आउन नसकेको बताए। उनका अनुसार पोखरा र आसपासका क्षेत्र सुरक्षित छन्। पीटीआरसी संयोजक गणेशबहादुर भट्टराईको नेतृत्वको टिम विभिन्न दूतावाससहित प्रधानमन्त्री, मन्त्रालय, राष्ट्र बैंकलगायत निकायमा पर्यटन प्रवद्र्धनको योजनाका लागि काठमाडौं पुगेर मंगलबार फर्किएको छ।

भोजपुर, जेष्ठ २० - अवैध सम्बन्धबाट जन्मिएका छोरालाई नागरिकता प्रदान नगरेसम्म पर्यटनमन्त्री कृपासुर शेर्पालाई भोजपुरस्थित महिलाहरुले जिल्ला प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् ।
भोजपुर क्षेत्र नं १ बाट संविधानसभा सदस्य निर्वाचित शेर्पा पर्यटन मन्त्री बनेपछि श्रीमति र छोराको बारेमा सञ्चारमाध्यममा चर्चा भएपछि महिलाहरुले चासो बढाएका हुन् । भोजपुरस्थित अन्तर्पार्टी महिला सञ्जालमा आवद्ध महिलाहरुले प्रेस विज्ञप्ती जारी गर्दै मन्त्री शेर्पाले महिला मुक्तिको आन्दोलनको मानमर्दन गर्दै श्रीमती र छोरामाथि अन्याय गरेको जनाएका छन् । मन्त्री शेर्पाले श्रीमती र छोरालाई स्वीकार गरेर महिलाहरुकै रोहबरमा जिल्ला प्रशासन कार्यालयबाट तत्काल नागरिकता प्रदान गर्न माग गरेका छन् ।
मन्त्री शेर्पा निजामति कर्मचारी हुँदा ताप्लेजुङमा बस्दा स्थानीय दलित महिलासितको अवैध सम्बन्धबाट जन्मिएको छोरा गणेश शेर्पा र आमा धनमाया दर्नाललाई स्वीकारेको समाचार सार्वजानिक भएपनि तत्काल नागरिकता प्रदान गरी कार्यन्वयन गर्न अन्तरपार्टी महिला सञ्जालले माग गरेको छ । अन्तर पार्टी महिला सञ्जालमा रहेका नेपाल महिला संघकी सभापति शिशिरा राई, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की लक्ष्मी खडका, सङ्घीय समाजवादी महिला संघकी मातृका राई, राप्रपाकी देवी सुन्दास, खम्बुवा महिला संघकी लक्ष्मी घिमिरे, मालेकी रमा कार्की, अनेमसंघ क्रान्तिकारी (वैद्य) की शर्मिला खतिवडाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै जिम्मेवार पदमा पुगेका कृपासुर शेर्पाले उत्पीडित महिलामाथि अमानवीय व्यवहार गरेकोमा कारबाही गर्नुपर्ने माग गरेका छन् ।
मन्त्री शेर्पाले गल्ती स्वीकारेपछि तत्काल नागरिकता प्रदान नगरे जिल्ला प्रवेशमा रोक लगाउने लगायत अन्य आन्दोलनका कार्यक्रम सार्वजानिक गर्ने नेपाल महिला संघकी शिशिरा राईले बताइन् ।