गुगलले हालै आयोजना गरेको कन्फ्रेन्समा एम डेभलपर्स प्रिभ्यु सार्वजनिक गरेको छ । अत्याधुनिक सुविधायुक्त एम ६ मा विभिन्न किसिमका विशेषताहरु रहेको कम्पनीले जनाएको छ । कम्पनले सार्वजनिक गरेको अपरेटिङ सिस्टममा यस्ता विशेषता रहेका छन् ।
फिंगरप्रिन्ट सेन्सर सपोर्टः
कम्पनीले सार्जजनिक गरेको अपरेटिङ सिस्टममा फिंगरप्रिन्ट रिडिंग टेक्नोलोजीको प्रयोग गरिएको छ । यस अघि सामसुंग ग्यालेक्सी एस ६, एचटीसी वन एम ९ लगाएतका स्मार्टफोनमा मात्र यस्तो सुविधा रहेको थियो । आगामी दिनमा सस्ता डिभाइसमा पनि यो प्रविधि उपयोग हुने अपेक्षा गरिएको छ ।
एन्ड्रोइड पेः
यो पनि गुगलले पहिलो पटक प्रयोगमा ल्याएको छ । यस अघि एप्पल पे प्रयोगमा आइसकेको छ । एनएफसीको माध्यमबाट काम गर्ने यस प्रविधिमार्फत मोबाइल पेमेन्टको सुविधा लिन सकिने कम्पनीले जनाएको छ । एन्ड्रोइड किटक्याट ४.४ सम्मका अपरेटिङ सिस्टममा यो प्रयोग गर्न सकिने छ । एनएफसी नियर फील्ड कम्युनिकेशन सर्ट रेन्जमा फ्रिक्वेन्सीको डिभाइस कनेक्सन गर्नन मद्दत गर्छ ।
रिवर्सिबल युएसबी पोर्ट्सः एप्पल म्याकबुकमा युएसबी पोर्टको प्रयोग प्रश्चात एन्ड्रोइड एममा पनि युएसबी पोर्ट्रसको सपोर्ट फीचर दिएको हो । यस्तो पोर्टमा जस्तो किसिमको केवल पनि प्रयोग गर्न सकिन्छ ।
लामो ब्याट्री लाइफः
गुगल ले प्रोजेक्ट वोल्टा जस्तै नयाँ सिस्टममा ब्याट्री लाईफ थप टिकाउ बनाएको छ । यसका साथै छिट्टै चार्ज हुने लगाएतका विशेषता पनि गुगलले थप गरेको छ ।
बेइजिङ, जेठ १६ (एजेन्सी) – एक अध्ययनका अनुसार काम गर्ने स्थानमा पोर्न हेर्नेमा चिनियाँहरु अरुभन्दा अग्रस्थानमा देखिएका छन् । हालै गरिएको एक अध्ययन अनुसार अध्ययनका अनुसार १९ प्रतिशत चिनियाँहरुले कार्यालयमै एडल्ट सामग्री हेर्ने गरेको पाइएको छ ।
त्यस्तै मेक्सिको दोस्रो स्थानमा रहेको छ । जहाँ १० प्रतिशत मानिसले काम गर्ने स्थानमै एडल्ट सामग्री हेर्ने गरेको पाइएको छ । त्यस्तै बेलायतमा नौ प्रतिशत मानिसहरुले कार्यालयमा यस्ता सामग्री हेरेको पाइएको छ ।
ब्लु कोट सिस्टमले ११ मुलुकका एक हजार पाँच सय ८० जनामा गरेको अध्यनमा यस्तो नतिजा आएको हो ।
अध्ययन गर्ने संस्था ब्लु कोट का ह्युज थम्सनका अनुसार अधिकाशं कामदारहरु साइबर सुरक्षाका बारेमा सजग हुन्छन्, तथापि व्यवहारमा भने उनीहरु त्यस्तो देखिँदैनन् । अर्थात मौका मिल्न वित्तिकै यस्ता साग्रीहरु हेर्छन् ।
पोर्नसम्बन्धि सामग्री उपलब्ध गराउने साइटहरु सुरक्षाको हिसाबले निकै संवेदनशील भएपनि कामदारहरुले सजकताका बाबजुत पनि त्यस्ता साइटहरुमा भिजित गर्ने गरेको उक्त सस्थाले जनाएको छ ।
त्यस्तै सिंगापुरमा ३७ प्रतिशत मानिसहरुले आइटी डिपाटमेन्टको अनुमति बिना नयाँ एप्लीकेसनहरु प्रयोग गर्ने गरेको पाइन्छ ।
यो संख्या बेलायतमा ३३ प्रतिशत र भारत र मेक्सिकोमा ३० प्रतिशत रहेको छ । त्यस्तै अस्ट्रेलिया र फ्रान्समा यो संख्या क्रमस १४ र १६ प्रतिशत रहेको छ । त्यस्तै पाँच जनामा दुई जना अर्थात ४१ प्रतिशत कामदारले व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जालहरु प्रयोग गरेको पाइएको छ । यसले साइबर अपराधको हिसाबले व्यापारिक क्षेत्रबमा ठूलो जोखिम रहेको अध्ययनमा उल्लेख गरिएको छ ।
नयाँदिल्ली । भारतको नयाँदिल्लीबाट प्रकाशित हुने नेपाल आवाज दैनिक पत्रिकाले भारत र नेपालसँग सम्बन्धित भएर सेवा दिने संस्था तथा व्यक्तिलाई गरिमा–अवार्ड दिएको छ । अवार्ड पाउनेमा एभरेस्ट बैंक, मोर्डन इरा टुर एन ट्राभल प्रालि र भारतीय बुद्धिजीवी डीबी त्रिपाठी छन् । अवार्ड भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले वितरण गरेका थिए । एभरेस्ट बैंकले भारतबाट नेपाल पैसा पठाउन सहयोगी भूमिका खेल्छ भने, मोडर्न इरा टुर एन्ड ट्राभल्स प्रालिले पोखरादेखि दिल्ली बस सेवा दिँदै आएको छ । मोडर्न इराले हरेक शुक्रबार एकजना बेखर्ची हुन पुगेकालाई पीडित कोटामा निःशुल्क सेवा दिने गर्छ । ‘सुरुमा सेवा दिन निकै समस्या थियो । बीच बाटोमा विभिन्न खालका मानिसले बस रोकेर दुःख दिने प्रयास गर्थे,’ दिल्ली पोखरा बस सेवाका अध्यक्ष केशव प्रकाश अधिकारीले भने, ‘यात्रुको पनि उस्तै समस्या हुन्थ्यो । चालिसेसिटे बसमा एकचोटिमा दिल्लीबाट तीनजना र पोखराबाट चारजना मात्रै यात्रु चढाएर पनि सेवा दिँदै आयौँ । यसो गर्दा एकचोटि ८० हजारसम्म घाटा हुन्थ्यो । हामीले घाटा सहेरै सेवा दिँदै आयौँ । अहिले थुप्रै नेपालीले हाम्रो सेवा लिनुहुन्छ । बस सञ्चालन भएदेखि झन्डै पाँच सय पीडितलाई निःशुल्क सेवा दिइसकेका छौँ ।’ -
मुम्बाई, चैत १६ – पछिल्लो केही समय बलिवुड स्टार सलमान खानका लागि सुखद नरहे पनि उनको प्रतिक्षित चलचित्र ‘बजरंगी भाईजान’ ले भने राम्रो चर्चा बटुलिरहेको छ । केही दिन अघि मात्र यसको टिजर युट्युवमा रिलिज गरिएको थियो । रिलिजसँगै चलचित्रको टिजरबारे दर्शकबाट निकै राम्रो प्रतिक्रिया आइरहेको छ । रिलिज गरिएको २० घण्टामा नै यसलाई ९.६ लाख पटक हेरिसकिएको छ । सलमान खान र करिना कपुरको मुख्य भूमिका रहेको यस चलचित्रका निर्देशक कबीर खान हुन् । चलचित्र यसै वर्षको ईदको मौका पारेर रिलिज गरिने तयारी गरिएको छ । १.३२ मिनेट लामो उक्त टिजरमा सलमानलाई भगवान हनुमानको भक्तको रुपमा चित्रण गरिएको छ । टिजरमा करिना र नवाजुद्दीन सिद्धिकीलाई पनि देख्न सकिनेछ । यसमा एक बालिका झुक्केर पाकिस्तानको सीमाबाट भारत प्रवेश गर्छिन् र सलमानले उनलाई पाकिस्तान पुर्याउन संघर्ष गर्छन् । सोसल मिडियामा बजरंगी भाइजान ट्रेन्डिङ थियो भने यसको फस्ट लुकलाई साहरुख खानले समेत सेयर गरेका थिए ।
मुम्बाई, जेठ १५ (एजेन्सी) – बलिवुड स्टार अमिताभ बच्चन एउटा कविताको कपिराइटको मामिलामा फँसेका छन् । अरुले लेखेको कविता अन्य व्यक्तिको नाममा बच्चनले समाजिक संजालमा सेयर गरेपछि उनीमाथि १ करोडको दाबी माग गर्दै मुद्दा दायर भएको छ ।
अमिताभको फेसबुक पेजमा विकास दुवे नाम गरेका एक व्यक्तिले ‘कोर्ट मे कुत्ता’ शीर्षकको कविता पोष्ट गरेका थिए जसलाई अमिताभले आफ्नो ट्वीटर र फेसबुकमा सेयर गरे ।
हरियाणका एक कवि जगबीर राठीले भने उक्त कविता आफ्नो भएको र तत्काल उक्त पोष्ट हटाउन वा सुधार गर्न आग्रह गरेका थिए । तर, अमिताभले त्यसलाई वेवास्ता गरेपछि ती कविले एक अमिताभविरुद्ध मुद्दा दायर गर्दै एक करोडको नोटिस पठाएका छन् ।
वास्तावमा उक्त कविता विकास दुवेको नभएर हरियाणाको रोहतक महर्षि दयानन्द विश्वविद्यालयका युथ वेलफेयर डिपार्टमेन्टका निर्देशक जगबीर राठीको हो । यसरी आफ्नो कविता अमिताभले अर्कैको नाममा सेयर गरेको पाएपछि उनले अभिताभलाई इमेर, ट्वीटर र फेसबुकबाट जानकारी गराएका थिए । तर, यति गर्दा पनि अमिताभले कुनै चासो नदेखाएपछि उनी कानुनको साहरा लिन बाध्य भए ।
अहिले जगबीर राठीले अमिताभलाई कानुन नोटिस पठाएर यस विषयमा १५ दिनभित्र जवाफ दिन र एक करोड रुपैयाँ जरिवाना तिर्न भनेका छन् ।
अमिताभले उक्त कविता २४ मेमा शेयर गरेका थिए ।
राठीलाई यस विषयमा उनका एक विद्यार्थीले जानकारी दिएका थिए । त्यतिबेलासम्म कविताले १.७२ लाख लाइक पाइसकेको थियो भने १६ हजारले सेयर गरेका थिए ।
‘मैले अमिताभको टाइमलाइनमा कमेन्ट पनि गरे तर आफ्नो गल्ती सुधार्नुको साटो उनले मेरो कमेन्टलाई डिलिट गरिदिए,’ राठी भन्छन् ।
नोटिसमा अभिताभको हर्कतलाई आपराधिक भनिएको छ ।
- See more at: http://www.ratopati.com/2015/05/29/236861.html#sthash.ZInQQ3OT.dpuf
सिन्धुपाल्चोकको तल्लो हबेली भन्ने ठाउँमा मेरो मामाघर पर्छ । सानोमा म मामाघर जान्थेँ । ऐँसेलु टिपेर खान्थेँ । धुमिल सम्झना धेरै छन् । अहिले जाँदाजाँदै त्यही गाउँसम्म राहत बाँड्न पुगेँछु । त्यहाँका मेरा नातेदार पनि भुइँचालोमा पर्नुभएको रहेछ । जाँदाजाँदै बाटोमा मलाई कसैले यो खबर सुनायो । यो चोट एकातिर थियो ।
एकजना लोग्नेमान्छे, जो मभन्दा पाको हुनुहुन्थ्यो, मेरो छेउमा आएर भन्नुभयो, ‘यो तिम्रो मावलीगाउँ हो । तिमी यो गाउँमा खेल्थ्यौ, डुल्थ्यौ । फेरि तिमी यहीँ गाउँमा आउन भुइँचालो नै आउनुपर्ने ? ऊ त्यो पुलसम्म गएर एकचोटि आफ्नो मावलीगाउँलाई हेर है ।’
उहाँको त्यो भनाइ मेरो मुटुमा लाग्यो । मर्माहत नै भएँ । आफूलाई स्वार्थी पनि सम्झेँ । राहत वितरण कार्यक्रम थियो । त्यही बेला मेरो बोल्ने पालो आयो । तर, मलाई बोल्न गाह्रो भयो । म रोएँ । यसरी मानिसहरुका माझमा म दुई–तीनपटक रोएकी छु ।
उहाँको त्यो भनाइमा निश्चय नै माया र रिस दुवै थियो । आफ्नो मावलीगाउँलाई चटक्कै भुली भनेर रिसले नै उहाँले त्यसो भन्नुभएको होला । मलाई पनि लाग्यो, म धेरै स्वार्थी भएँ छु । यत्तिका वर्षसम्म त्यो गाउँलाई भुलेँछु । उहाँको त्यो भनाइले मलाई धेरै नै भावनात्मक पीडा दियो ।
हामी नेपालीका लागि नाता भन्ने कुरा धेरै ठूलो हो । यसमाथि नेपाली–नेपालीको नाता र एकता जुन देख्न पाइन्छ, यसले साह्रै आनन्द मिल्दो रैछ ।
हामी नेपालीका लागि नाता भन्ने कुरा धेरै ठूलो हो । यसमाथि नेपाली–नेपालीको नाता र एकता जुन देख्न पाइन्छ, यसले साह्रै आनन्द मिल्दो रैछ ।
अहिले एउटा नेपालीले अर्को नेपालीलाई सकेको सहयोग गरिरहेको देखियो । स्वतस्फूर्त रुपमा युवाहरु राहत बाँड्न पुगे । देश–विदेशका नेपालीले सहयोग रकम उठाइरहेका छन् । हामीमा भाइचारा कत्तिको छ, एउटा नेपालीलाई विपत् पर्दा अर्को नेपालीले कत्तिको मद्दत गर्छ त ? त्यो अहिले देखिएको छ । यो नै हामी सबैको आशाको किरण हो ।
अहिले नेपालीमा मैले अद्भूत सहयोगी भावना देखेँ । यो एकता र सहयोगी भावनालाई देश निर्माणमा लगाउनुमा खै के समस्या हो ? त्यसलाई सरकारले नै पत्ता लगाउनुपर्छ ।
एउटा सानो चिज हामीसँग छ र त्यो चिज हरायो भने हामी कति चिन्तित हुन्छौँ । अहिले त धेरैको घरबासै उठेको छ । मान्छेको घरसँग अर्कै नाता र भरोसा हुन्छ । घर जस्तो र जत्रो होस्, कतै टाढा जाँदा घरकै याद र चिन्ता हुन्छ । मान्छेले दिनभरि घर छाडेको छ भने पनि भरे घरै फर्कने चिन्ता हुन्छ । घरै गुमेका बेला मानिस खुसी हुन गाह्रो छ । अहिले हामी नेपाली मानसिक रुपमा केही हताश नै छौँ । अझै पनि भुइँचालोकै डर छ । यसअघिको क्षतिको पीडा पनि छ । तर, मान्छेहरु सधैँ निराश र हताश भए भने दुनियाँ चल्दैन । यो संसार आशा र उत्साहकै उपज हो । मैले कतै पढेकी थिएँ, जापानको कुरा हो । एउटा ठूलो भुइँचालोले धेरै क्षति गरेछ, तर उनीहरुले तेस्रो दिनदेखि त्यसको बारेमा कुरा गर्न छाडेछन् । किनभने दुःखको कुरा दोहोर्याइरह्यो, सम्झिरह्यो भने झनै मानसिक दुःख थप्छ । यसो भन्दैमा आफूमाथि परेको दुःख भुल्न त गाह्रो छ । तर, हामीले त्यस्तो माहोल बनाउनुपर्छ । किनभने, विगत र विपत हाम्रो वशको कुरा होइन । फेरि हामीले सिक्ने विपत र विगतबाटै हो ।
अठोट र आशा लिएरै हामी अघि बढ्ने हो । म फिल्म इन्डस्ट्रीको मान्छे, यो दुःखमा फिल्म नै खेल्दिनँ भनेर हुँदैन । मेरो पेसा नै यही हो भने मैले पेसागत धर्म निभाउनैपर्छ । अहिले हामीमा विपत आइलाग्यो । यो विपतमा, निराशामा केही आशा जगाउने फिल्म बनाउन सकिन्छ । अथवा, फिल्मकर्मीहरु केही राहत पुग्ने अभियानमा सरिक हुन सक्छन् ।
त्यसैले हामी धेरै दिन निराशामा बसेर पुग्दैन । अब हामी आशावादी भएर सामान्य जीवनमा फर्कनैपर्छ ।
हाम्रा घर–संरचना कमजोर थिए र भुइँचालोले भत्कायो । अब यसबाट हामीले सिक्नुपर्छ, सतर्कता अपनाउनुपर्छ, र पीडालाई भुलेर केही राम्रो गर्ने अठोट गर्नुपर्छ ।
यस्तो प्राकृतिक विपतमा सरकारलाई दोष दिनु मात्रै जायज होइन । अब तत्कालै अस्थायी बसोबास अति आवश्यक छ । राहत दिन त सहयोगी हात बढे । त्यसमा पनि सबैले आ–आफैँ गरे । सरकारले सामान्य गाइड गरेको पनि देखिएन । अब यो अस्थायी बासका लागि पनि युवाहरु काम गर्न चाहन्छन्, तर कसरी काम गर्ने त ? यसमा सरकारले गाइड गर्नुपर्छ । व्यवस्थित गर्नुपर्छ । सरकारी निकायबाट सबैभन्दा प्रशंसनीय काम भएको सेना–प्रहरीबाटै हो । सेना–प्रहरी उद्धारमा दिन–रात खटिएको पाइयो । सेना–प्रहरी वास्तवमै धन्यवादका पात्र छन् ।
हाम्रो रेमिट्यान्सले चलेको देश हो । धेरै युवा रोजगारीका लागि विदेशमा छन् । अहिले केही गाउँमा राहत बाँड्न जाँदा पनि मैले यो महसुस गरेँ । सबैतिर महिला, केटाकेटी छन् । युवाको जमात निकै कम देखिन्छ ।
हाम्रो रेमिट्यान्सले चलेको देश हो । धेरै युवा रोजगारीका लागि विदेशमा छन् । अहिले केही गाउँमा राहत बाँड्न जाँदा पनि मैले यो महसुस गरेँ । सबैतिर महिला, केटाकेटी छन् । युवाको जमात निकै कम देखिन्छ ।
चारवटा खम्बा गाडेर टहरो बनाउन चारजना मान्छे भए भने छिटो हुन्छ । त्यसैले यो बेला देशलाई युवा जनशक्ति आवश्यक छ । अब बर्खा लाग्न थाल्यो । घरबास गुमाएकाहरुलाई तत्कालका लागि अस्थायी बास चाहिन्छ । यस्तोमा देशैभरिका युवाले श्रमदान गर्न सक्छन्, गर्न चाहिरहेको पनि देखिएको छ । पार्टीहरु त अस्थायी बसोबास निर्माण लागिसकेका छन् । जो पार्टीबाट नभएर स्वस्फूर्त रुपमा समूह बनाएर आउन चाहन्छन् । उनीहरुलाई कसरी परिचालन गर्ने भनेर सरकारले नै सोच्नुपर्छ ।
मैले कतै पढेकी थिएँ– बेलायत, अमेरिकाको इतिहासका कुरा । त्यहाँको इतिहासमा परिवारबाट एकजना सेनामा जानैपर्ने नियम पनि बनाइएको रहेछ । किनभने देश बनाउने, जोगाउने कुरा थियो ।
पहिले–पहिले म सानै हुँदा सुन्थेँ–देख्थेँ, हाम्रा पहाडमा सडक खन्नका लागि घरबाट एकजना जानैपर्ने हुन्थ्यो । त्यो बेला हरेक घरबाट कुटो–कोदालो बोकेर सडक खन्न गएको मैले पनि देखेकी थिएँ । त्यो राम्रो थियो । विकास त सबै जनतालाई चाहिन्छ ।
अहिले हाम्रोमा भुइँचालोले क्षति गर्यो । यसमा थुप्रै म्यानपावर चाहिन्छ । अहिले सरकारले हरेक घरका युवालाई श्रमदानका लागि बोलाउँछ भने, यसमा सबैले साथ दिन्छन् जस्तो मलाई लाग्छ । अहिले नेपालीमा जुन एकता र सहयोगी भावना देखिएको छ, त्यसले यही देखाउँछ । मलाई लाग्छ, सरकारले यसैका लागि एक प्रकारको सिस्टम, मेकानिजम् बनाएर अघि बढ्नुपर्छ ।
यो विनाशले हामीलाई केही अवसर पनि दिएको छ । पुरातात्विक संरचनादेखि परम्परागत शैलीले बनाइएका घर भत्केका छन् । हामीले अब भुइँचालोले नभत्काउने खालका आधुनिक घर बनाउनुपर्छ । भुइँचालोले यो चेत सबैलाई दियो । अब विकास निर्माण जथाभावी गर्न हुँदैन । अब हामीले बस्ती बसाउँदा, सहरको विकास गर्दा ध्यान दिनुपर्छ ।
अहिले क्षतिको पीडा एकातिर छ । योसँगै तहसनहस भएको ठाउँमा निर्माणको विकल्प हुँदैन । एकैचोटि पूरै देशमा आधुनिक बलिया घर बनाउन त नसकिएला । घर गुमाएकाहरुमा कति निकै गरिब पनि हुनुहोला । त्यसैले उहाँहरुका लागि साना, सस्ता र बलिया घर अहिलेको आवश्यकता हो । सरकारले पनि घर बनाउन ऋण, राहत दिने कुरा गरेको छ । सरकारले सबैलाई हेर्नैपर्छ ।
हाम्रो देश भूकम्पीय जोखिमको क्षेत्र हो । हामी भूकम्पदेखि टाढा छैनौँ । त्यसैले देशभरि नै बलिया घर–संरचनाका लागि अब सरकारले नै सोच्नुपर्छ । सरकारले एक्लैले नसक्ला । यसमा सबैको सहयोग चाहिन्छ । विदेशले पनि सहयोग दिइरहेकै छन् । जेहोस्, हामी आशावादी हुनुपर्छ । अब राम्रो हुन्छ ।
वास्तवमा सरकारले पहिले नै सोच्नुपर्ने हो कि कहाँ कस्तो प्रकारको बस्ती बसाउने भनेर । तर, त्यस्तो पाइएन । कति ठाउँ पहिरोको जोखिममा छन् । हरेक वर्षजसो हाम्रा कति गाउँबस्ती बाढी पहिरोमा पर्छन् । तर, पनि सरकार सचेत भएको पाइएको छैन । कतै अव्यवस्थित सहर बस्दै छन् । यस्तोमा सरकारले अब ध्यान दिनुपर्छ । सरकारले अनुसन्धान गरेर बस्ती बसाउनुपर्छ । सहरमा कस्तो घर बनाउने भन्ने नीति ल्याउनुपर्छ । मलाई त लाग्छ, हाम्रो सरकारको होल सिस्टम नै चेन्ज गर्नुपर्छ । यति अव्यवस्थित ढंगले सहरमा घर बनेका छन्, कि अचम्म लाग्छ, कसरी नक्सापास गरे होलान् ? अहिले सरकारले यो चेत पाएको छ । अब राम्रो गर्ला भन्ने आशा गरौँ ।
कलाकारको भूमिका
यस्ता धेरै अभियानमा म सरिक हुन चाहन्छु । एउटा कलाकर्मी उभिएर, हाँसिदिएर, आफ्नो कला–प्रतिभा देखाएर मानिसहरुले सहयोग दिन्छन् भने म तयार छु । म यो गरिरहेकी पनि छु । अहिले वास्तवमा म ठूलो माग्ने भएकी छु । यो बीचमा मैले के महसुस गरेँ भने, मानिसहरु कलाकारको बोलीलाई विश्वास गर्दा रहेछन् ।
हामी कलाकारले सहयोग जुटाउने काममा सहयोग गर्न सक्छौँ । तर, हामीलाई सरकारले भनौँ, अथवा कसैले पनि व्यवस्थित ढंगले लगाइरहेको छैन । हामी आ–आफैँ सहयोगी मनले अघि बढ्यौँ । मैले त सुरुमा केही मेसै पाइनँ । सुरुमा चाउचाउ, चिउरा, दालमोठ लिएर गइयो । त्यसपछि बासको कुरा आयो । पाल चाहियो । अनि, अब अस्थायी बसोबास र पुनर्निर्माण गर्नुपर्ने छ । यसमा सरकारले वा कुनै संघसंस्थाले आग्रह गर्छ, भने म तयार छु । यो बेला हरेकले आफूले जे सक्छ, त्यही सहयोग गर्ने हो । म फिल्मकर्मी हुँ, यो विपतमा देशलाई सहयोग गर्न म तयार छु । र, नेपाली फिल्मकै कारण चिनिएँ । अब फिल्म क्षेत्रमै निरन्तर लाग्नेछु ।