क्यान्सर गम्भिर प्रकारको रोग हो । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ ।
क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन । तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ । हरेक जसो क्यान्सरमा देखिने ५ लक्षण यहाँ प्रस्तुत गरिएको छ । यी लक्षण देखिएभने कहिले पनि वेवास्ता नगर्नुस् ।
१ दुखाइ
शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ ।
२ ज्वरो
ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको संकेत हो । नियमितरुपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ । कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ ।
३ दुब्लाउँदै जानु वा वजन कम हुनु
यदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस् । कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन । डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत होइन ।
४ थकान
जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन् । खासगरी चुरोट वा खैनी सेवन गर्नेहरुलाई यसमा विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ ।
५ तनाव
जतिबेला पनि तनाव हुन्छ । दिशा र पिसावको रंग बदलिएको छ भने सतर्क बन्नुस् । यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ । अधिकाँश मानिस ब्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर कहिले काँही यस्तो हुनु गम्भिर समस्याको संकेत हुन सक्छ । क्यान्सकार लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन् ।

एजेन्सी ।
महंगो स्मार्टफोन साथमा हुँदा कतिबेला खस्ला कि कतै के होला कि भनेर डराइरहनु पर्छ । तर अव भने यसको समाधान आएको छ । संसारकै सबैभन्दा बलियो भनिएको स्मार्टफोन बजारमा आउन लागेको छ ।
कम्पनीले दावी गरे अनुसार यो फोन न त फुट्छ न त ह्याक नै हुन सक्छ । टुरिङ मोबाइल ब्राण्डले संसारकै सबैभन्दा बलियो स्मार्टफोन बजारमा लञ्च गर्न लागेको हो ।
आगामी महिना बजारमा आउने यो फोन लिक्विडमोरफियमबाट बनेको बताइएको छ । यसमा भएको बनोट स्टील र एल्युमीनियम भन्दा बढी बलियो हुन्छ ।
एप्पलले पनि आइफोनमा यो धातु प्रयोग गर्छ तर सिम राख्ने ठाउँमा मात्र । साढे ५ इन्चको स्क्रिन भएको यो स्मार्टफोनको अपरेटिङ सिष्टम एण्ड्रोइड 5.1 छ तर यूएसबी पोर्ट छैन भने म्युजिकका लागि अडियो ज्याक समेत छैन । यद्यपी ब्लुटूथले भने यसमा काम गर्छ ।
यी सबैका बाबजुत पनि फोन त्यति महंगो पनि पर्दैन । करिव ४० देखि ५० हजारको हाराहारीमा यो फोन किन्न सकिने बताइएको छ ।
यसमा सुरक्षाका विभिन्न प्रविधी प्रयोग गरिएको छ जसले कुनै पनि हालतमा यसलाई ह्याक गर्न नसकोस ।
यो फोनमा केवल औंठाको छाप अर्थात फिङ्गर प्रिन्टमात्र पासवर्ड बन्न सक्छ ।
पानीमा पनि असर हुँदैन
रमाइलो कुरा त टुरिङको नयाँ स्मार्टफोनमा पानीले समेत असर गर्ने छैन । पानीमा डुबिहालेमा पनि बाहिर निकालेर पुछ्ना साथ फोनले सामान्य काम गर्छ । यो फोनले स्मार्टफोन को दुनियाँमा क्रान्ति गर्ने दावी कम्पनीले गरेको छ ।

तस्वीरमा देखिने व्यक्ति कुनै चानचुने मानिस होइनन् । उनी माननीय सभासद एवं नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको केन्द्रीय अध्यक्ष रञ्जित कर्ण हुन् ।
कर्णलाई यसरी बिद्रूप बनाएर बेइज्यती गर्ने काम कुनै विपक्षी दल वा असन्तुष्ट जनताले गरेका होइनन् । उनलाई विप्लव समूहका माओवादी कार्यकर्ताले पनि यसो गरेका होइनन् ।
बरु, आफूलाई लोकतन्त्रको मसिहा बताउने कांग्रेसबाटै दीक्षित नेविसंघका कार्यकर्ताले आफ्ना नेतामाथि यस्तो व्यवहार प्रदर्शन गरेका हुन् । कांग्रेसको ६० वर्षे लोकतन्त्रको अभ्यासअन्तरगत भएको हो यो घटना ।
नेपाल विद्यार्थी संघका अध्यक्ष एवं सभासद कर्णलाई आफ्नै कार्यकर्ताले कालोमोसो दलेर जुत्ताको माला लगाएका हुन् । उनले संविधान नबनाएको झोंकमा कसैले जनकारवाही गरेको होइन । यो नितान्त आर्थिक लेनदेनको कुरालाई लिएर भएको यो घीनलाग्दो घटना पनि हो ।
पदमा लोभ गर्दाको परिणाम
पद भनेपछि छाड्नै हुँदैन भन्ने शिक्षा सुशील कोइरालाले नै सिकाएकै छन् । कोइराला पक्षका कर्णले पनि सभासद भएपछि नेविसंघको अध्यक्ष पदमा लिसोजस्तै टाँसिने काम गरे । उनले न संगठनको अधिवेशन गरे, न त अरुलाई नै नेतृत्व हस्तान्तरण गरे ।
यही क्रममा नेविसंघका कार्यकर्ताले कर्णको घरैमा गएर उनीमाथि आक्रमण गरे, कालोमसी दले, जुत्ताको माला भिराएर सडकमा निकाले । उनीहरुको आरोप छ कि कर्णले संगठनभित्रै पैसा खाने गरेकाले यसो गरिएको हो ।
यसरी भयो आक्रमण
हाँडीगाउँस्थित कर्णकै निवासमा पुगेका कार्यकर्ताले उनको अनुहारमा कालो मसी दलेका थिए । घटनापछि अनुहारमा कालोमसी र हातमा जुत्ताको माला लिएको अवस्थामा कर्णको तस्वीरसमेत खिचेर कार्यकर्ताले सार्वजनिक गरेका छन् ।
सभासद कर्णले अनलाइनखबरसँग कुरा गर्दै खुकुरी र रड बोकेर आएका नेविसंघकै कार्यकर्ताले शरीरमा कालोमसी छर्केर भागेको बताएका छन् । ‘उनीहरु खुकुरी र रड लिएर आएका थिए, त्यसबाट उम्कन सफल भएँ’ सभासद कर्णले-‘तर उनीहरुले कालोमसीजस्तो चिज छर्केर गए ।’
विवादको कारण पैसा
उनीहरुले आफूसँग पैसा मागेको र आफूले दिन सक्दिँन भन्दा घरमै आएर आक्रमण गरेको उनले बताए । तर, नेविसंघको असन्तुष्ट पक्षले भने कर्णले कार्यकर्ताबाट पैसा खाएको भन्दै विरोध जनाएका छन् ।
नेपाल इञ्जिनियरिङ क्याम्पस चाँगुनारायणमा खगेन्द्र कार्कीको अध्यक्षतामा रहेको इकाइ कमिटीलाई कर्णले भंग गरेका थिए । कार्कीको ठाउँमा अध्यक्ष कर्णले भुवन भट्टको नेतृत्वका अर्को कमिटी बनाएका थिए ।
भट्टबाट पैसा खाएर कर्णले कार्कीको कमिटी भंग गरेको उनीमाथि असन्तुष्ट पक्षको आरोप छ । कर्णले अरु ठाउँमा पनी यसैगरी पैसा खाएर कमिटी भंग गर्ने र आफ्ना मान्छे ल्याउने गरेको आरोप आरोप असन्तुष्ट पक्षको छ । तिनै असन्तुष्ट कार्यकर्ताले कर्णलाई मसी दलेको बताइएको छ ।
आफूले आक्रमणकारीविरुद्ध प्रहरीमा जाहेरी दिएको सभासद कर्णले बताए । कर्णले आफ्ना प्रतिद्वन्दी नेविसंघ नेता कुन्दन काफ्लेको नाममा समेत प्रहरीमा उजुरी दिएका छन् ।
नेविसंघका नेता कुन्दनले भने यो घटना असन्तुष्ट कार्यकर्ताबाटै भएको हुन सक्ने भन्दै कर्णलाई सभासद र नेविसंघको अध्यक्ष पदबाटै हटाइनुपर्ने माग गरे ।
कुरी कुरी !
आफ्नै पार्टीका नेता एवं सभादले गल्ती गरेको भए उनीमाथि कारवाही गर्ने लोकतान्त्रिक एवं कानूनी विधि यही हो त ?
लोकतान्त्रिक संस्कार बोकेको दाबी गर्ने नेविसंघका कार्यकर्ताले यसमा के जवाफ देलान् ?
यो घटनाले ……लाई भन्दा देख्नेलाई लाज भन्ने आहानको चरितार्थ गराएको छ । कांग्रेस पार्टीभित्रको झगडा अब फौजदारी कानून अन्तरगत प्रहरी कार्यालयमा पुगेको छ । अब यसले फेरि प्रहरीमा भनसुन र राजनीतिक दबावको रुप लिनेछ ।

सामान्य अवस्थामा मान्छेहरु छोटो म्युजिक सिनेमा हेर्न युट्युबमा जानेगर्छन्। छोटा सिनेमा र म्युजिक भिडियोका लागि मात्र युट्युबको लतमा पर्नेहरू पनि छन्। अब फेसबुक म्युजिक भिडियोको हिस्सा युट्युबबाट खोस्ने तर्खर गर्दैछ। फेसबुकमा भिडियोले पाएको लोकप्रियतासँगै उसले यसलाई छुट्टै म्युजिक भिडियो सेयरिङ प्लेटफर्मको रुपमा विकास गर्न लागेको हो।
केही वर्ष अघिसम्म फेसबुकको न्युज फिडमा युट्युब क्लिप देखिनु सामान्य कुरा थियो। अब स्थिति बदलिएको छ। १८ महिना यता तपाइँले फेसबुकमा युट्युबको फिड आउन छोडेको छ। फेसबुक फिडमा ओरिजिनली फेसबुकमै अपलोड गरिएका भिडियोहरु मात्र तपाइँको टाइमलाइनमा आइरहेका छन्। प्रयोगकर्ताले अपलोड गरेका यस्ता भिडियोको सेयरिङ तथा लाइकलाई फेसबुकले नजिकबाट अध्ययन गरिरहेको छ। र विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी म्युजिक भिडियो केन्द्रित नयाँ भिडियो सेयरिङ गर्ने प्लेटफर्म विकासमा केन्द्रित भइरहेको छ।
फेसबुकले यसको व्यापारिक पक्षलाई बलियो बनाउने उद्देश्यले केही समयअघि भिडियो एडभर्टाजिङ प्लेटफर्म 'लाइभरेल'लाई किनिसकेको छ। अहिले सामाजिक सञ्जाल बादशाह मुख्य संगीत कम्पनीहरुसँग लाइसेन्स पाउन व्यापारिक छलफलमा छ।
युट्युबभन्दा बढी पैसा
फेसट्युब तथा फेसबुकएमटिभी उपमा दिइएको फेसबुकको म्युजिक भिडियोले कसरी काम गर्नेछ भनेर अहिले विभिन्न अडकलबाजीहरू भइरहेका छन्। जानकारहरूका अनुसार फेसबुक टाइमलाइनमा संगीत कम्पनीले छनौट गरेको पोस्ट देख्न सक्ने बनाइनेछ।साथी र परिवार सदस्यको प्रोफाइलमा जाँदा पनि यस्ता भिडियोहरू देखिनेछन्। त्यसपछि फेसबुकले तिनको अडियन्स मनिटर गरी त्यसबाट प्राप्त हुने आम्दानीलाई संगीत कम्पनीसँग सेयर गर्ने नीति फेसबुकले बनाएको छ। फेसबुकले भिडियो उत्पादक संगीत कम्पनीहरुलाई युट्युबले भन्दा बढी पैसा प्रस्ताव गर्ने जनाइएको छ।,,

यदि तपाइँ नेपालमा वा भारतमा स्मार्ट फोन किन्दै हुनुहुन्छ भने एक पटक विचार गर्नुस् । तपाइँको स्मार्टफोन नक्कली पनि हुन सक्छ ।
भारतीय प्रहरीले बजारमा नक्कली आइफोन लगायतका स्मार्टफोनहरु पठाउने गरिएको पत्ता लगाएपछि नेपालमा पनि यस्तो भैरहेको आशंका गरिएको छ ।
भारतीय प्रहरीले दिल्लीको एक चर्चित फोन आयात गर्ने कम्पनीको शो रुममा नक्कली पार्टपुर्जा जोडेर बनाइएका आइफोन र अन्य स्मार्टफोन फेला पारेपछि नेपाली बजारमा पनि यस्ता फोन छ्याप् छ्याप्ती रहेको अनुमान गरिएको छ ।
भारतीय क्राइम ब्रान्चले छापा मार्दा बजारमा नक्कली आइफोन मात्र नभएर अन्य चर्चित ब्राण्डका स्मार्ट फोन पनि नक्कली पार्टपुर्जा राखेर एसेम्बल हुने गरेको फेला पारेको हो । छापा मारिएको कम्पनी संसारका चर्चित चर्चित फोन ब्राण्ड खरिद गरेर भारत सहित नेपाल सम्म आपुर्ति गर्ने Akasaki हो ।
भारतीय प्रहरीले २८ वटा आइफोन 5 र ६ वटा आइफोन 6 जफत गरेको छ । त्यसैगरी विभिन्न फोनमा प्रयोग हुने एसेसरीज पनि बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ ।

नेपाली चलचित्रका चर्चित नायक हुन् राजेश हमाल । राजेश हमालले नेपाली चलचित्र क्षेत्रलाई २ दशकदेखि धानिरहेका छन् । तर, अहिले हमालको चलचित्र हेर्न हलसम्म दर्शकको उल्लेख्य उपस्थिती हुँदैन । तर, नायक राजेश हमाल सार्वजनिक कार्यक्रममा पुग्दा उनको फ्यान क्रेज भने खुबै देखिन्छ ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा भने हमालको यस्तै क्रेज देखियो । बिहे अगाडि हमालमा यूवतीको क्रेज ज्यादा थियो । अहिले यूवती भन्दा बालबालिका, यूवक, वुद्धहरुको क्रेज धेरै देखिन थालेको छ । नायक राजेश हमाल विदेशमा पुग्दा या नेपालका विभिन्न सार्वजनिक कार्यक्रम, महोत्सवमा पुग्दा उनलाई फ्यानले घेर्ने र फोटो खिचाउने गर्छन् । हमालको यो क्रेज विगत २ दशकदेखि नेपालमा देखिएको छ ।
हमालपछि चलचित्रको पर्दामा क्रेज बनाएका कलाकार हुन् नायक निखिल उप्रेती र विराज भट्ट । यी दुई नायकले हलसम्म दर्शक तान्न सफल भए । बाहिरी दुनियाँमा भन्दा पर्दामा दर्शक तान्न यी दुई कलाकार सफल भएको विश्लेषण गरिन्छ ।
यसपछि नायक आर्यन सिग्देलले पर्दा र पर्दा बाहिर दर्शकलाई आफूतर्फ आकषिर्त गर्न सफल भए । तर, आर्यनले आफ्नो स्टारडमलाई लामो समयसम्म बचाउँन नसकेको प्रष्ट छ । आर्यन अहिलेका चल्तीका नायक त हुन्, तर उनले आफ्नो पुरानो स्टारडमलाई अहिले बचाउन नसकेको विश्लेषण चलचित्र बजारमा छ ।
फ्यानलाई आफूतर्फ आकषिर्त गर्ने कुरामा अहिले नायक अनमोल केसी अगाडि छन् । काठमाण्डौको ओम अस्पतालमा आयोजित एक कार्यक्रममा अनमोलको पछाडि यूवतीको खुबै क्रेज देखियो । उनीसँग तस्बिर खिचाउन यूवतीहरुले तछाडमछाड गरे । जसका कारण प्रहरीलाई पनि भिड नियन्त्रण गर्न हम्मे हम्मे नै परेको थियो । सो कार्यक्रममा अन्य कलाकार उपस्थित भएपनि हमाल र अनमोलको पछाडि फ्यानको भिड देखियो ।
यी दुई कलाकारको पछाडि फ्यानहरु लागेपछि कार्यक्रममा नै असर पुग्ने देखेर प्रहरीले भिड हटाउन खोजेको थियो । चलचित्रमा पनि अनमोल दर्शकलाई हलसम्म तान्न सफल छन् । नायक हमालले त विगत २ दशकदेखि यो क्रेजलाई जोगाइराखेका छन् । के अब अनमोल क्रेज जोगाउन सफल रहलान् ?,,

भारतका करिब ३५०० भन्दा बढी हलहरुमा एकसाथ रिलिज गरिएको यो चलचित्रले एकै दिनमा यतिका रकम कमाएको हो। यो फिल्मको हिन्दी संस्करणले मात्र ५.१५ करोड भारुको व्यापार गरेको छ।
३ वर्ष लगाएर बनाइएको यो चलचित्रले भिजुअल इफेक्टले गर्दा दर्शकको मन राख्न सफल भएको छ।
इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ ।
सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउने बताएको छ । करिब नौ वर्षदेखि इजरायलले नेपाली कामदार लिन छाडेको छ ।
नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ५५ औँ वर्ष प्रवेशको अवसर पारेर नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले लगनशील, कामप्रति निष्ठावान नेपाली कामदारलाई पर्याप्त अवसर दिइने बताए ।
“नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउन इजराय र नेपाल सरकारका सम्बद्ध निकायबीच निकट सम्पर्कमा रहेर सहकार्य भइरहेको छ, त्यो चाँडै पूरा हुनेमा म आशावादी छु– श्रमिक निर्यातका विगतका कटु अनुभव दोहोरिन नदिन दुवै देशका सरकारले आपसी सम्झौता गरेर अघि बढ्ने निर्णय भएको सुनाउँदै उनले भने ।
घरेलु कामदार, परिचारक/सुसारेलाई चयन गरी व्यावसायिक एवम् प्राविधिक तालिम दिएर परीक्षणका रुपमा इजरायल पठाउने योजनामा दुवै देशका सरकार रहेका उनले जानकारी दिए ।
कामदार चयन पारदर्शी ढङ्गले गरिने उनले प्रष्ट पारे ।
साना किसान बैंकसँगको सहकार्यमा मासिक एक लाख २५ हजार तलब पाउने गरी १० महिने कृषि तालिमअन्तर्गत गत वर्ष दुई सय, यो वर्ष पाँच सय जना विद्यार्थी इजरायल गइसकेका छन्र । राजदूत मेयरले आगामी वर्ष छ सय जना प्रशिक्षार्थीलाई अवसर दिइने घोषणा पनि गरेका छन् ।
उनले भूकम्पपछि नेपाललाई थप सहायताको आवश्यकता परेकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “भूकम्पले सिर्जना गरेका चुनौतीलाई शक्ति, सामथ्र्य र अवसरमा रुपान्तरण गर्न सकिन्छ, मित्र मुलुकका नाताले समस्यामा परेको नेपाललाई हरसंभव सहयोग गरिरहन्छौ,”– उनले भने ।
कृषि क्षेत्रमा भएको क्षतिबाट उठ्न नेपाललाई प्रविधि र सीपको खाँचो छ भन्दै उहाँले कृषि प्रविधि केन्द्र स्थापना, पुनः निर्माणमा इजरायली प्रविधि र विज्ञको सहयोग, मत्स्यपालनजस्ता जलप्रविधिमा आधारित कृषिको विकास, ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदाको संरक्षणमा इजरायलले सहयोग गर्ने तयारी गरेको उनले जानकारी दिए । रासस

तपाइँको बायोडाटा विवरणले मात्रा तपाइँलाई राम्रो जागिर मिल्दैन । तर याद राख्नुस् राम्रो बायोडाटा विवरणले कम्तिमा तपाइँलाई अन्तर्वार्ताको शर्टलिष्टमा भने सजिलै पार्छ । तपाइँले चाहेको जागिर खान तपाइँको बायोडाटामा हुनु पर्ने १० कुराको चर्चा याहाँ गरिएको छ ।
१ तपाइँले आफू कति धेरै कुशल छु भन्ने कुरा देखाउन बायोडाटामा विवरण नदिनुस् । बरु तपाइँले गरेका हरेक काम र उपलब्धिलाई हाइलाइट गर्नुस् । तपाइँले गरेका उपलब्धिलाई ४ देखि ६ बुँदामा लेख्नुस् ।
२ आजकल बायोडाटा अनलाइन फर्मकोरुपमा भर्ने चलन आइसकेको छ । जहिले पनि चलेका पदावली अर्थात कि वर्डहरुलाई आफ्नो बायोडाटामा समावेस गर्न नभुल्नुस् ।
३ बायोडाटामा आफूले कति धेरै ठाउँमा जागिर खाएँ भन्ने कुरा ब्याख्या नगर्नुस् । तपाइँले एकै ठाउँमा कति धेरै वर्ष जागिर खाएँ भन्ने कुरामा पनि जोड नदिनुस् । यस्ता कुराको बारेमा कम भन्दा कम लेख्नुस् ।
४ तपाइँको अनुभव निक्कै लामो छ भने त्यसलाई बायोडाटामा सारांस नबनाउनुस् । सके सम्म कम र १ वा २ पेजमा सबै कुरा उल्लेख गर्नुस् । तपाइँको बायोडाटा तपाइाको जीवनी होइन । भूमिका र अनुभवलाई मात्र हाइलाइट गर्नुस् ।
५ भनिन्छ तपाइँको बायोडाटाको माथिल्लो भाग पढेर नै अन्तवार्तामा बोलाउने नबोलाउने निर्णय गरिन्छ । तसर्थ सके सम्म तपाइँको इमेल वा मोबाइल नम्बर पुछारमा मात्र लेख्नुस् । तपाइँको क्षमता र अनुभवलाई सबैभन्दा माथि लेख्नुस् ।
६ बायोडाटामा सके सम्म छोँटा वाक्य लेख्नुस् ।
७ आफ्नो बायोडाटालाई विभिन्न भागमा बाँढ्नुस् । जस्तै कामको अनुभव, अवार्ड, वा अन्य ।
८ सके सम्म बायोडाटामा लेखिएको भाषामा फन्ट धेरै ठूलो वा सानो नगराउनुस् । १० वा १२ को फन्ट प्रयोग गर्नुस्। अनुभव समय अनुसार मिलाउनुस् ।
९ बायोडाटँमा तस्विर ग्राफिक्स जस्ता लेआउट प्रयोग भुलेर पनि नगर्नुस् ।
१० राम्रो बायोडाटामा कुनै पनि एक कुरलाई दोहोर्याएर भनिएको हुँदैन । बायोडाटा बनाउँदा साथीभाइलाई देखाएर पुनर्लेखन गर्नुस् ।

सिड्नी ।
सोलोमोन द्वीपमा शुक्रबार ६.५ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । सो भूकम्पको कारण सुनामीको चेतावनी भने दिइएको छैन ।
सो भूकम्पको केन्द्रविन्दु दादालीदेखि १५४ किलोमिटर दक्षिणपश्चिम र सोलोमान द्वीपको राजधानी होनीयारदेखि १७० किलोमिटर पश्चिममा २० किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।
सोलोमोन द्वीपको राष्ट्रिय प्रकोप नियन्त्रण कार्यालयका प्रवक्ताले यस भूकम्पको कारण मानवीय र भौतिक नोक्सानीको कुनै विवरण हालसम्म प्राप्त नभएको बताएका छन ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका सुरुमा यो भूकम्प ७.० रिक्टर स्केलको भएको जनाइएको थियो । शुक्रबार आएको ६.५ रिक्टर स्केलको भूकम्पपछि ५.३ रिक्टर स्केलको पराकम्पन आएको बताइएको छ ।
सन् २०१३ मा सोलोमोन द्वीपमा आएको ८.० रिक्टर स्केलको भूकम्पपछि आएको सुनामीमा परी कयौँ व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी कयौँ भवनहरु ध्वस्त भएका कारण हजारौँ व्यक्ति घरवारबिहीन भएका थिए । रासस

नेपालको नयाँ संविधानमा तपाई के चाहनुहुन्छ ? आफ्नो राय लिखित वा मौखिकरुपमा दिनुस् । विहीवारबाटै तपाईले यो सुबिधा पाउनुभएको छ ।
संविधानसभाले नयाँ संविधानमा प्रारम्भिक मस्यौदामा जनमत संकलनको काम शुक्रबारबाट शुरु गर्दैछ । तर, हरेक नेपाली जनताले आ-आफ्नो पायक पर्ने ठाउँ वा माध्यमबाट विहीबारै सुझाव पठाउन पाउनेछन् ।
विदेशमा रहेका नेपालीबाट समेत सुझाव लिने व्यवस्था गरिएको छ । विदेशस्थित दूतावास र सचिवालयको वेबसाइटबाट उनीहरुको सुझाव लिने व्यवस्था मिलाइएको संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले बताए ।
सुझाव संकलनका लागि अन्तरक्रिया कार्यक्रम पनि गरिनेछन् । नेपाल पत्रकार महासंघ, बार एसोसिएनसहितका पेशागत संगठन र नागरिक समाजको तर्फबाट सुझाव संकलन गरिने छ ।
प्रत्येक निर्वाचन क्षेत्रका कम्तिमा दुई प्रमुख व्यापारिक केन्द्रमा सम्बन्धित क्षेत्रका सभासदसहित कर्मचारीहरु सुझाव संकलनका लागि आउँदैछन् । त्यसका लागि साउन ४ र ५ गते सार्वजनिक सुनुवाइ हुनेछ ।
नागरिक सम्वन्ध तथा संविधान सुझाव समितिले तयार पारेको कार्ययोजनालाई संविधानसभाको विहिवारको बैठकले अनुमोदन गरेपछि जनमत संकलनको प्रक्रिया खुला भइसकेको छ ।
अन्तरक्रिया वा सार्वजनिक सुनुवाईमा सहभागी हुन नपाउनेले टेलिफोन, इमेल, फ्याक्स तथा संविधानसभाको आधिकारिक फेसबुक तथा ट्वीटरमा पनि सुझाव पठाउन सक्नेछन् । संविधानको प्रारम्भिक मस्यौदा पढ्न नपाएकाहरुले संविधानसभाको वेभसाइटमा गएर पढ्न सक्छन् ।
त्यस बाहेक जिल्ला जिल्लामा पठाउनका लागि मस्यौदाको २ लाख कपी प्रकाशित गरिएको संविधानसभा सचिवालयले जनाएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विहीवार साँझै पत्रकार सम्मेलन मार्फत जनतालाई संविधानमा आफ्नो राय दिन अपील गर्नेछन् ।
इमेल मार्फत सुझाव पठाउन चाहनेले comt.crcs@gmail.com र nparl.international@can.gov.np इमेल ठेगानामा सुझाव पठाउन पाउनेछन् ।
अनलाइनखबर बाट
क्यान्सर एक यस्तो रोग हो जुन शरिरको कुनै भागमा रहेको असामान्य कोषको अनियन्त्रित विभाजनले उत्पन्न हुन्छ।
यो रोगको डर सबैलाई हुन्छ। सकेसम्म बच्न खोजे पनि यो रोग जीवनशैलीकै कारकहरू, जस्तै धुम्रपान, मध्यपान, मोटोपनाले लाग्ने हो भनेर नयाँ तथ्यांकहरुले देखाएको छ। यो रोग शरिरको विभिन्न भागमा अलग रुपले लाग्न सक्छ र सर्वाधिक क्यान्सर हुने भागहरू कलेजो, मुख, गर्भ, मृगौला र छाला रहेका छन्।
क्यान्सर डरलाग्दो भएपनि यसलाई रोक्न सकिन्छ। विशेषज्ञहरुको अनुसार स्वस्थ खाना खाएर, शरिरको सहि तौल कायम र नियमित रुपमा व्यायाम गरे रोकथाम गर्न सकिन्छ। तर कसरी सुरु गर्न सकिन्छ त क्यान्सरको रोकथाम?
क्यान्सरको रोकथाम गर्ने ८ वटा बुँदाहरु तल प्रस्तुत छन्। बुँदामा लेखिएको उपाय सजिलो अथवा गाह्रो भएपनि यि बुँदाहरु सहि रुपमा पालना गरे क्यान्सर लाग्ने सम्भावना निकै कम गर्न सकिन्छ।
१. मध्यपान नगर्नुहोस, गरे कम मात्रामा गर्नुहोस
‘ब्याक्टेरियम हेलीकोब्याटर पिलोरी’ जसले अल्सर र पेटको क्यान्सरको लागि मुख्य भुमिका खेल्छ, बियरले यो विरुद्ध काम गर्छ। बियरको नियन्त्रित सेवनले स्वास्थ्यलाई फाइदा पुर्याउने अनुसन्धानले बताउँछ।
तर रक्सीको दैनिक सेवनले भने मुख, घाँटी, कलेजो आदीको क्यान्सरको सम्भावना बढाउँछ। महिलाको हकमा भने रक्सी अझै खतरनाक हुन्छ। दैनिक थौरै रक्सी सेवनले पनि स्तन क्यान्सरको सम्भावना १० प्रतिशतले बढाउँछ।
२. हरेक २ घण्टामा हिँड्ने गर्नुहोस
हालैमा वैज्ञानिकहरुले क्यानसरबाट बच्न सकेसम्म धेरै हिँड्डुल गर्ने सल्लाह दिएका छन्। २ घण्टा भन्दा अत्याधिक नचलि बस्नले गर्भ र फोक्सोको क्यान्सरको सम्भावना १० प्रतिशतले बढ्ने भनिएको छ। दिनहुँ नियमित रुपमा व्यायाम गरे पनि २ घण्टा भन्दा बढि स्थिर रहे क्यान्सर लाग्न सक्ने सम्भावना उतिनै रहेको बताइएको छ।
३. मासु खान अगाडि मसलाले मजाले मोल्ने गर्नुहोस
मासुलाई उच्च तापक्रममा पोल्दा अथवा भुट्दा यसमा बिभिन्न क्यान्सर उत्पन्न गर्ने सक्ने रासायनिक पदार्थहरु उत्पादन हुने गर्दछन्। तर ‘अमेरिका क्यान्सर अनुसन्धान केन्द्र’मा गरेको खोज अनुसार मोलिएको मासुमा मसलाले आगोबाट मासुलाई सिधा असर हुन नदिई रासायनिक पदार्थहरुको उत्पादनको मात्रा कम गर्छ।
४. फलफुलहरुलाई सकेसम्म फ्रिजमा नराख्नुहोस
अनुसन्धान अनुसार चिसो फलफुलहरुमा क्यान्सर रोक्ने पोषक तत्त्वहरु कम हुन्छन्। कोठाको तापमानमा राखिएको फलफुलहरुभन्दा फ्रिजमा राखिएको फलफुलले क्यान्सर रोक्न कम मद्दत गर्छ।
५. सब्जीहरुलाई माइक्रोवेभ ओभनमा नपकाउनुहोस
अनुसन्धान अनुसार सब्जीहरुलाई माइक्रोवेभमा पकाएर खाँदा यिनीहरुमा पाइने ‘भिटामिन सी’को मात्रा भने कम हुँदैन। तर स्पेनमा हालैमा भएको एक अनुसन्धानले माइक्रोवेभमा पकाएको ब्रोकाउलीमा ९७ प्रतिशत जति क्यान्सर रोक्ने पोषक तत्त्वहरु नाश भएको भेटिएको छ। माइक्रोवेबको साटो सब्जिहरुलाई बफाएर खाँदा राम्रो हुन्छ।
६. बास्ना आउने घरायसी बस्तुहरुको प्रयोग नगर्नुहोस
सुन्दा अचम्म लाग्न सक्छ तर घरभित्रको हावा बाहिरको भन्दा बढि दूषित हुन सक्छ। हालसम्मकै सबैभन्दा दूषित ग्याँस सुर्तीको धुँलोले फैलाउने भएपनि घरमा प्रयोग हुने बास्नादार बस्तुहरु जस्तै बास्नादार मैनबत्ती र कोठा मगमगाउने फ्रेशनरहरुमा क्यानसर उत्पन्न हुन सक्ने ग्याँसहरु प्रयोग भएको हुन्छ। तर कोठाहरुमा हावा फेरिने गरि झ्यालहरु खुल्ला राखेर यसको असर कम गर्न सकिन्छ।
७. नुन कम मात्रामा लिनुहोस
बेलायतमा १४ प्रतिशत पेटको क्यान्सर नुनको कारणले देखापरेको छ। हामीले लिने नुनको दिनहुँ मात्रा ६ ग्राम भन्दा बेसि हुनुहुन्न। ६ ग्राम नुनमा २.४ ग्राम सोडियम हुन्छ। त्यसैले कुनै खाद्य उत्पादनको खरिद गर्दा सोडियमको मात्रा हेरेर किन्ने गरौँ।
८. सुत्दा पुरै अँध्यारोमा सुत्ने गर्नुहोस
अनुसन्धान अनुसार बल्ब र ट्युबलाइट अथवा बनावटी प्रकाशको उज्यालोले शरिरमा क्यान्सर उत्पन्न हुन सक्ने सम्भावना बढेको देखाउछ। विशेषज्ञहरुको अनुसार यसले शरिरमा तनावको हर्मोन बढाएर शरिरको प्रतिरक्षा प्रणालीको शक्तिलाई कम गर्ने देखिन्छ। पुरै अँध्यारोमा सुत्दा शरिरमा निन्द्राको हर्मोनको मात्रा कायम हुन्छ जसले क्यान्सर रोकथाम गर्न मद्दत गर्छ।

१. स्याउ- स्याउमा पेक्टिन नामक तत्व हुन्छ । यो तत्वले सरीरको कोषिकाले चिल्लो पदार्थ शोषण गर्ने दरलाई नियन्त्रण गर्दछ । पेक्टिन सबैजसो फलफूलमा पाइन्छ ।
२. ग्री टी- ग्रीन टीमा हुने तत्वले सरीरको उपापचयनलाई बढाएर वजन नियन्त्रणमा सघाउ पूराउँछ । यसले खानामा हुने ग्लुकोजको उत्सर्जनलाई बढावा दिने र बोसो दहन गर्नमा सघाउ पूराउने बताइन्छ ।
३. अमिलो फलफूल- सुन्तला, कागती तथा अंगुर जस्ता अमिलो फलफूलमा पर्याप्त भिटामिन सी का साथै बोसो प्रतिरोधी तत्व हुन्छ । यसले सरीरमा इन्सुलिन कम गर्ने तथा बोसोको संचयलाई रोक्नुका साथै वजन न्यूनिकरणलाई बढावा दिन्छ ।
४.ब्रोकाउली- ब्रोकाउलीमा प्रसस्तै क्याल्सियम तथा फाइबर पाइन्छ । यसमा भिटामिन सी पनि उच्च पाइन्छ । अध्ययन अनुसार क्याल्सियमले वजन नियन्त्रणमा सहयोग गर्दछ ।
५.सोयाविन- सोयाबिनमा लेसिथिन नामक तत्व पाइन्छ । यो तत्वले सरीरका कोषलाई चिल्लो पदार्थ जम्मा गर्नबाट रोक्दछ । यसका साथै जम्मा भएको बोसोलाई टुक्राउने काममा पनि यो तत्वले सहयोग गर्दछ ।
६. जौँ- जौँ मा घुल्ने फाइबर प्रसस्त मात्रामा पाइन्छ । यो फाइबरले सरीरको मोटोपना घटाउन सहयोग गर्दछ ।
७. लसुन- लसुनमा एलिसिन भन्ने तत्व पाइन्छ । यो तत्वले पनि सरीरका कोषमा बोसोको एकत्रीकरणलाई रोक्दछ । त्यसैले लसुनको सेवनले सरीरमा बोसो जम्माहुने प्रक्रियालाई कम गरिदिन्छ ।
८. नासपाती- ब्राजिलमा हालै भएको एक अध्ययन अनुसार नासपातीको सेवनले मानिसमा मोटोपना कम हुन्छ । नासपातीमा क्यालोरी कम हुने, प्रसस्त फाइबर भएका कारण नियमित रुपमा नासपाती खाँदा भोक कम लाग्ने तथा मोटोपना समेत घटाउन सघाउ पुग्ने बताइन्छ ।
९. बदाम- अध्ययन अनुसार भोजनमा बदाम समावेश गर्दा खानेकुरा मिठो हुनेमात्र होइन वजन बढ्नबाट पनि बचाउँदछ । बदाममा पर्याप्त प्रोटिनका साथै फाइबर समेत पाइन्छ र यसले बोसोको दहनलाई बढावा दिन्छ ।
१०.केरा- केरामा पर्याप्त म्याग्नेसियम लवण पाइन्छ । यो तत्वले उर्जा उत्पादन तथा स्नायुको कार्यसंचालनमा समेत सघाउ पूराउँछ भने इन्सुलिनको उत्पादन तथा प्रयोगलाई समेत नियमित गर्दछ । साथै यसले सरीरले क्याल्सियम तत्व सोस्ने प्रक्रियालाई समेत सन्तुलित गराउँछ । क्याल्सियम र म्याग्नेसियम तत्वको सन्तुलन वजन नियन्त्रणमा निकै महत्वपूर्ण हुन्छ ।
११. पानी- जर्मनीमा भएको पछिल्लो अध्ययन अनुसार पानीले सरीरमा क्यालोरी दहन हुने दर पानीको सेवनले बढाइदिन्छ । पानीको सेवनले क्यालोरी दहन हुने दर ३० प्रतिशतले बढेको अधययनले देखाएको थियो । पानीको पर्याप्त सेवनले भोक पनि कम गर्छ ।
१२.कुरिलो- कुरिलोमा एस्पारेजिन तत्व पाइन्छ । यसले सरीरका कोषिकामा प्रत्यक्ष प्रभाव पार्दछ र बोसोलाई टुक्राउने काम गर्छ । यसका साथै कुरिलोमा पाइने अन्य तत्वले सरीरबाट अनावश्यक तत्वहरु निस्कासनमा समेत सहयोग गर्छ जसका कारण बोसो घटाउन सहयोग पुग्दछ ।
फेसबुकमा आफुलाई मन नपर्ने वा आपत्तिजनक सामाग्रीहरु ट्याग गरिदिएर हैरान पार्ने फेसबुके साथीलाई तत्कालै अनफ्रेण्ड गर्न सकिने सुविधा फेसबुकले दिएको छ । यसरी कसैलाई अनफ्रेण्ड गरेको कुरा आफुलाई मात्र थाहा हुने भएकाले त्यसमा गोप्यता रहन्छ र अनफ्रेण्ड हुने साथीले त्यसको सुइँको पाउँदैन । तर अब भने आफुलाई कसले अनफ्रेण्ड गर्यो भन्ने कुरा थाहा पाइने भएको छ ।
एउटा यस्तो एप आएको छ जसले फेसबुक प्रयोगकर्तालाई कस कसले अनफ्रेण्ड गर्यो भन्ने विषयमा पूरै जानकारी उपलब्ध गराउँदछ ।
हु डिलिटेड मी अन फेसबुक नामको उक्त एपले फेसबुकमा प्रयोगकर्ताका साथीहरुको सूचिलाई ध्यानमा राख्छ र अनफ्रेण्ड हुँदाबित्तिकै त्यसको जानकारी उपलब्ध गराउँछ ।
यो एप एन्थोनी कुस्के नामक एप डेभलपरले फेसबुकका लागि बनाएका हुन् । फेसबुकको यो एप टि्वटरको ‘हु अनफलोड मी’ नामक एप जस्तै हो । यो एपले फेसबुक प्रयोगकर्ताको मौजुदा फ्रेण्ड लिस्टबाट कोही हरायो भने उसले अनफ्रेण्ड गरे नगरेको जानकारी उपलब्ध गराउँछ । त्यसका साथै यो एपले कुन साथीको फेसबुक अकाउण्ड निस्क्रिय छ, कुन साथी अनलाइनमा छ भन्ने देखाउनुका साथै फोन नम्बरमा समेत निगरानी राख्दछ ।
यो एपको साइज ३.२ एमबी छ । यो एपलाई एन्ड्रोइड तथा आइओएस ग्याजेटमा निशुल्क डाउनलोड गर्न सकिन्छ । साथै क्रोम ब्राउजरको निशुल्क ब्राउजर एक्स्टेन्सन समेत उपलब्ध रहेको बताइउको छ ।
यो एपलाई आफ्नो डिभाइसमा इन्स्टल गरिसकेपछि प्रयोगकर्ताले आफ्नो फेसबुक अकाउण्ट सँग त्यसलाई कनेक्ट गर्नुपर्छ । यी अप्सनहरु क्लिक गर्दा तपाइँले नयाँ साथीको सूचि, तपाइँलाई अनफ्रेण्ड गरेको साथीको सूचि, तपाइँले अनफ्रेण्ड गरेको साथीको सूचि, फेसबुक अकाउण्ट निस्त्रिmय रहेका साथीको सूचि तथा अनलाइनमै रहेको साथीको सूचि क्रमशः प्राप्त गर्न सक्नुहुन्छ ।
डाउनलोड गर्नको लागि प्ले स्टोर मा गएर who deleted me on facebook टाइप गरि सर्च गर्नुहोस अनि डाउनलोड गर्नुहोस ,,,

चाहे कामको चापले होस् वा टेलिभिजन वा कम्प्युटर तथा मोबाइल चलाएरै होस्, चाहे गफगाफ र रमाइलोमा भुलेर होस् वा लेखपढ गरेर होस् हामीमध्ये धेरै जना राति अवेर मात्र सुत्छौँ, जसका कारण सरीरलाई आवश्यक पर्ने आराम तथा निद्रा पुग्दैन ।
रातमा निद्रा नपुगे दिउसै घुरौँला न, के हुन्छ त ? भनेर सोध्नुहोला । तर कामकाजी मानिसलाई दिउसै घुर्ने मौका पनि कहाँ मिल्छ र ? खैर, बुझ्नैपर्ने र निकै महत्वपूर्ण कुरा के हो भने यसरी जिउलाई आवश्यक पर्ने आराम तथा निद्रा नपुग्नु हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।
पछिल्लोपटक गरिएको एक अध्ययन अनुसार अपुग निद्राले मानिसको आत्मनियन्त्रणमा क्षयिकरण गराउँदछ ।
शोधकर्ताहरुका अनुसार अपर्याप्त निद्राले मानिसको निर्णय क्षमतामा असर पूराउँदछ जसका कारण मानिसहरु झनक्क रिसाउने, कुनै कुरामा सतर्क तथा गम्भीर बन्न नसक्ने समस्यामा फस्दछन् ।
यसले मानिसहरुको व्यक्तिगत तथा व्यवसायिक जिवनमा पनि गम्भीर असर पूराउने वैज्ञानिकहरुको भनाइ छ ।
अमेरिकाको क्लेम्सन विश्वविद्यालयका शोधकर्ता प्राध्यापक जुन पिल्चरका अनुसार आत्मनियन्त्रण मानिसकेा दैनिक निर्णय निर्माण प्रक्रियाको एक भाग हो । दैनिक रुपमा मानिसको सामु प्रस्तुत हुने द्विविधाग्रस्त इच्छा तथा अवसरहरुमा सन्तुलन तथा नियन्त्रण गरेर आफ्नो लागि उपयुक्त निर्णय लिनका लागि आत्मनियन्त्रण आवश्यक हुन्छ ।
आफुहरुको अध्ययनले निद्रा तथा आत्मनियन्त्रण कसरी अन्तरसम्बन्धित छन् र सुत्ने आनीबान र आत्मनियन्त्रणले व्यक्तिको दैनिक क्रियाकलापमा कसरी संयुक्त रुपमा प्रभाव पार्दछन् भन्ने कुरा पत्ता लगाएको उनको भनाइ छ ।
यसअघिका अध्ययनहरुले पनि अहिलेको २४ घण्टे विश्व अर्थतन्त्रको युगमा मानिसहरुको सुत्ने अवधि कम हुँदै गएको र अनियमित हुँदै गएको भन्दै अपर्याप्त तथा अपूरो निद्राका साथै लामो समयसम्म सुत्न नपाउने कारणले गर्दा मानिसहरुको निर्णय निर्माण क्षमतामै असर पूराउने गरेको देखाएको थियो ।
रातमा सुत्ने समयमा अनियमितता तथा कम समयसम्म मात्र सुत्ने बानीले स्वास्थ्य समस्या निम्तिने शोधकर्ताहरुको भनाइ छ । यसअघिका अध्ययनले समेत अपर्याप्त तथा असन्तुलित सुताइले गर्दा मानिसमा वजन बढ्ने तथा रक्तचाप बढ्ने लगायतका स्वास्थ्य समस्या उत्पन्न हुने ठहर गरेको थियो ।
पछिल्लोपटकको अध्ययनले अपर्याप्त निद्रा तथा अनिद्राका कारण मानिसमा आत्मनियन्त्रण गुम्ने र त्यसले व्यक्तिमा रिसाहा तथा असहिष्णु व्यवहार देखिने गर्छ । यस्तो व्यवहारले व्यक्तिलाई घर तथा कार्यस्थलमा समेत समस्यामा पार्नसक्छ ।
पर्याप्त तथा नियमित सुत्ने बानीले मानिसको अर्को दिनको दैनिक क्रियाकलापका लागि स्थिर शक्ति संचय हुने शोधकर्ताहरु बताउँछन् । जति धेरै उर्जा संचय भयो उति नै धेरै कठीन निर्णयहरु गर्नसक्ने तथा समस्या समाधान गर्ने क्षमता बढ्ने शोधकर्ताहरुको भनाइ छ ।
मानिसमा अपर्याप्त निद्रा तथा अनिद्रा लामो समयसम्म रह्यो भने त्यसले विभिन्न कुलतहरुमा फस्ने, धेरै खर्च गर्ने तथा जुवातास खेल्ने समस्यामा फस्ने डर पनि बढ्ने भन्दै शोधकर्ताहरुले पर्याप्त निद्राले यी समस्या झेलिरहेका मानिसहरुलाई समस्याबाट मुक्ति पाउन वा कुलत हटाउन समेत सहयोगी हुने बताएका छन् ।- एजेन्सीको सहयोगमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यानको खतरा भएको भारतीय मिडियाले खुलासा गरेका छन । दिल्ली पुलिसको खुफिया दस्तावेजका अनुसार, प्रधानमन्त्री मोदीलाई पहिलो पटक कट्टर दक्षिणपन्थी संगठनबाट ज्यानको खतरा भएको जनाइएको छ ।
दस्ताबेजमा मोदीलाई मुस्लिमहरुलाई आफुतिर आकर्षित गरेकोले दक्षिणपन्थी संगठन रिसाएको बताइएको छ । खुफिया एजेन्सीले यसको लागि अलर्ट जारी गरेको छ ।
दिल्ली पुलिसले योग दिवसको अवसरमा मोदीको लागि विशेष सुरक्षाको व्यवस्था गरेको थियो ।
मोदीलाई अहिलेसम्म ४० आतंकवादी संगठनबाट धम्की आएको बताइएको छ ।

फेसबुकमा भिडियो अपलोड गरेर पनि पैसा कमाउन सकिने भएको छ । तर, तपाईले अपलोड गर्ने भिडियो आफ्नै हुनु पर्नेछ ।
फेसबुकले नयाँ फिचर सुरु गरेको छ । जस अनुसार अब प्रयोगकर्ताले अपलोड गरेको भिडियो क्लिप र विज्ञापन मिलाएर नयाँ भिडियो तयार हुनेछ ।
यसलाई जति धेरै मानिसले हेर्छन्, त्यस आधारमा प्रयोगकर्ताले पैसा पाउनेछन् । फेसबुकका अनुसार भिडियोमा समावेश हुने विज्ञापनबाट हुने कमाईमा ४५ प्रतिशत उसको हुनेछ ।
फेसबुकका अनुसार हरेक दिन चार अर्ब पटक फेसबुकमा भिडियो हेरिन्छ ।
तर, केही विशेषज्ञशरुले भने फेसबुकको भिडियोको बढ्दो लोकपि्रयता युट्युवका लागि घातक हुनसक्ने बताएका छन् ।
सन् २०१४ को डिसेम्बरमा फेसबुकले पहिलो पटक भ्यूजमा यूट्युबलाई पछि पारेको थियो । यसै वर्ष जुनमा अमेरिकी कम्पनी एसबीओले आफ्नो केही कार्यक्रमलाई फेसबुकबाट प्रशारण गर्ने घोषणा गरेको छ ।
भिडियोबाट पैसा आउने भएपछि अरु पनि अरुलाई पनि यसले आकषिर्त गर्ने देखिएको छ ।
युट्युबले आफ्न प्रयोगकर्तालाई भिडियो आफैं म्याजेन गर्ने सुविधा दिएको छ । फेसबुकले पनि सुरुमा केही मिडिया ग्रपु र छनिएका मानिसहरुसँग मिलेग काम गर्ने बताएको छ ।
भिडियो बनाउनेका लागि एउटा समस्या के छ भने फेसबुकमा युट्युबमा जसरी सहजै सर्च गर्न सकिँदैन ।

स्मार्टफोनमा डाउनलोड भएका एपहरु आफै अपडेट हुँदा कहिलेकाहीँ दिक्क होइन्छ ।
मोबाइल डाटा वा वाइफाइ मार्फत इन्टरनेट चलाइरहेको बेला एपहरु अटो अपडेट हुँदा मोबाइल डाटा खर्च हुने र मोबाइलको ब्यालेन्स रित्तिँदै गएको पत्तो पाइन्न ।
एप्स निर्माताहरुका अनुसार अटो अपडेट फिचरले एपहरुको कमजोरी हटाउन तथा यसलाई अझै उत्कृष्ट बनाउन सहयोग गर्ने बताउँछन् ।
कहिलेकाहीँ सुरक्षाको कारण पनि यस्तो अटो अपडेट फिचर दिइएको हुन्छ ।
तर धेरै स्मार्टफोन प्रयोगकर्तालाई आफ्नो स्मार्टफोनको एप आफैले म्यानुअल्ली अपडेट गर्ने इच्छा हुन्छ, न की अटो अपडेटबाट मोबाइल डाटा रित्याउन ।
कहिलेकाहीँ अटो अपडेटले कुनै एपलाई यस्तो गरी बदलिदिन पनि सक्छ जुन तपाइँको उक्त एप प्रयोग गर्ने बानीको अनुरुप नहुन पनि सक्छ । त्यसैले यस्तो स्थितिबाट बच्नका लागि पनि तपाइँले स्मार्टफोनमा अटो अपडेट अप्सनलाई बन्द गर्नुपर्छ ।
कसरी गर्ने अटो अपडेट बन्द ?
आफ्नो एन्ड्रोइड स्मार्टफोन वा ट्याबलेटमा गुगल प्ले स्टोरमा क्लिक गर्नुस् । त्यसपछि स्त्रिmनको दायाँपट्ट िमाथिल्लो भागमा तिनवटा विन्दु देखिनेछन् । त्यसलाई ट्याप गरेर सेटिङ अप्सनलाई छान्नुहोस् ।
त्यसपछि त्यहाँ अटो अपडेट एप्स नामक अप्सन देखिनेछ । उक्त अप्सनको अगाडि रहेको बक्समा लगाइएको चिन्ह हटाइदिनुहोस् । अब तपाइँको स्मार्टफोनमा एपहरु आफै अपडेट हुनेछैनन् र नजानिँदो गरी मोबाइल डाटा रित्तिने छैन ।
अपडेटका लागि वाइफाइ
तपाइँले आफ्नो फोनको सेटिङमै वाइफाइ उपलब्ध भएको बेला एप अपडेट हुने गरी मिलाउन पनि सक्नुहुन्छ । यदि त्यसो गर्नुभयो भने जब तपाइँ आफ्नो घर वा अफिसको वाइफाइ जोनमा पुग्नुहुन्छ, तब तपाइँको मोबाइलको एप अपडेट हुन थाल्नेछ । तर मोबाइल डाटाबाट स्मार्टफोन एप अपडेट हुनेछैन ।
चाहनुहुन्छ भने अलग अलग एपका लागि फरक फरक सेटिङ पनि मिलाउन सक्नुहुन्छ । त्यसका लागि तपाइँले हरेक एपमा गएर त्यहाँ रहेको अटो अपडेट अप्सनको ‘टिक बक्स’ मा क्लिक गर्नुपर्ने हुन्छ ।