स्मार्टफोनमा यसरी बचाउनुहोस मोबाइल डाटा,,,
स्मार्टफोनमा डाउनलोड भएका एपहरु आफै अपडेट हुँदा कहिलेकाहीँ दिक्क होइन्छ ।मोबाइल डाटा वा वाइफाइ मार्फत इन्टरनेट चलाइरहेको बेला एपहरु अटो अपडेट हुँदा मोबाइल डाटा खर्च हुने र मोबाइलको ब्यालेन्स रित्तिँदै गएको पत्तो पाइन्न ।
एप्स निर्माताहरुका अनुसार अटो अपडेट फिचरले एपहरुको कमजोरी हटाउन तथा यसलाई अझै उत्कृष्ट बनाउन सहयोग गर्ने बताउँछन् ।
कहिलेकाहीँ सुरक्षाको कारण पनि यस्तो अटो अपडेट फिचर दिइएको हुन्छ ।
तर धेरै स्मार्टफोन प्रयोगकर्तालाई आफ्नो स्मार्टफोनको एप आफैले म्यानुअल्ली अपडेट गर्ने इच्छा हुन्छ, न की अटो अपडेटबाट मोबाइल डाटा रित्याउन ।
कहिलेकाहीँ अटो अपडेटले कुनै एपलाई यस्तो गरी बदलिदिन पनि सक्छ जुन तपाइँको उक्त एप प्रयोग गर्ने बानीको अनुरुप नहुन पनि सक्छ । त्यसैले यस्तो स्थितिबाट बच्नका लागि पनि तपाइँले स्मार्टफोनमा अटो अपडेट अप्सनलाई बन्द गर्नुपर्छ ।
कसरी गर्ने अटो अपडेट बन्द ?
आफ्नो एन्ड्रोइड स्मार्टफोन वा ट्याबलेटमा गुगल प्ले स्टोरमा क्लिक गर्नुस् । त्यसपछि स्त्रिmनको दायाँपट्ट िमाथिल्लो भागमा तिनवटा विन्दु देखिनेछन् । त्यसलाई ट्याप गरेर सेटिङ अप्सनलाई छान्नुहोस् ।
त्यसपछि त्यहाँ अटो अपडेट एप्स नामक अप्सन देखिनेछ । उक्त अप्सनको अगाडि रहेको बक्समा लगाइएको चिन्ह हटाइदिनुहोस् । अब तपाइँको स्मार्टफोनमा एपहरु आफै अपडेट हुनेछैनन् र नजानिँदो गरी मोबाइल डाटा रित्तिने छैन ।
अपडेटका लागि वाइफाइ
तपाइँले आफ्नो फोनको सेटिङमै वाइफाइ उपलब्ध भएको बेला एप अपडेट हुने गरी मिलाउन पनि सक्नुहुन्छ । यदि त्यसो गर्नुभयो भने जब तपाइँ आफ्नो घर वा अफिसको वाइफाइ जोनमा पुग्नुहुन्छ, तब तपाइँको मोबाइलको एप अपडेट हुन थाल्नेछ । तर मोबाइल डाटाबाट स्मार्टफोन एप अपडेट हुनेछैन ।
चाहनुहुन्छ भने अलग अलग एपका लागि फरक फरक सेटिङ पनि मिलाउन सक्नुहुन्छ । त्यसका लागि तपाइँले हरेक एपमा गएर त्यहाँ रहेको अटो अपडेट अप्सनको ‘टिक बक्स’ मा क्लिक गर्नुपर्ने हुन्छ ।
0 comments
Write Down Your Responses