गुगलले गुगल डटकम र गुगल डटकम डटएनपीदुबैमा डुडलमार्फत् गणतन्त्र दिवसको शुभकामना दिएको हो। ठूलो क्रान्ति र लडाइँपछि नेपाली जनताले गणतन्त्र पाएको उल्लेख गर्दै गुगलले बलिया र जस्तोसुकै चुनौतीको सामना गर्नसक्ने नेपाली जनताप्रति आभार प्रकट गरेको छ।
शान्तिको प्रतीकका रुपमा चिनिने यो देशमा हालै गएको बिनाशकारी भूकम्पले क्षति पुर्याएको उल्लेख गर्दै गुगलले नेपाली जनता पुनः तङ्ग्रिरहेको बताएको छ। उसले नेपाली जनताहरु प्रेरणाका धनी भएको बताउँदै डुडलमार्फत् सम्झिन चाहेको उल्लेख गरेको छ।
भूकम्पले नेपाली संरचनाहरु ध्वस्त भएकोमा गुगलले पुनःनिर्माण र सहयोगका लागि प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
काठमाडौं- संविधानसभा बैठकमा संविधानको पहिलो मस्यौदा पेश भएको छ। मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले मस्यौदा पेश गरेका छन्। यस पछि मस्यौदा जनताको सुझावको लागि सार्वजनिक गरिने छ।
यो संविधानसभा सफल हुन्छ भन्ने खुसीको प्रारम्भ भएको सिटौलाले बताए। मस्यौदा पेश गर्ना साथ मधेसी दलका सभासदले वेलमा पुगेर संविधानको मस्यौदा च्यातेका छन्। संविधानसभाको अर्को बैठक बिहिबार बस्ने छ।

सहमति विपरित संविधानको मस्यौदा तयार भएको भन्दै एकीकृत नेकपा माओवादीको हस्ताक्षर नगर्ने चेतावनी दिएको छ ।
अहिले सहमतिको प्रयास भइरहेको छ । सहमतिको प्रयास लम्बिएपछि संविधानसभाको बैठक ९ बजेका लागि सारिएको छ ।
एमाओवादी एक नेताका अनुसार कांग्रेस र एमाले मस्यौदा सच्याउन तयार नभए आफूहरुले हस्ताक्षर गर्ने सम्भावना कम छ । १६ बुँदे सहमति, संवैधानिक राजनीतिक सम्वाद समितिले गरेको सहमति र अघिल्ल्लो संविधानसभाले गरेको सहमतिबाट समेत पछि हटेर मस्यौदा बनेको उनले बताए ।
एमाओवादीले फरक प्रस्ताव समेत तयार पारेको छ । साथै उनले मोर्चामा आवद्ध १४ दलसँग छलफल गरेर संयुक्त फरक मत तयार पारेको छ ।
अनलाइनखबर बाट

१ तारेको भुटेको
बढी तारेको र भुटेको खाना खँदा शरीरलाई राम्रो गर्दैन । यसले तपाइँको सेक्स ड्राइभलाई कमजोर पार्छ । अझ चिल्लोको मात्रा बढी भएका यस्ता खानाले तपाइँको टेष्टोस्टेरोन हर्मोनलाई समेत रोक्छ जसले गर्दा यौन जीवनमा खासै चाख हुन छोड्ने हुन्छ ।
२ कृतिम गुलियो
खाने कुरामा कृतिम गुलियो प्रयोग गरेको छ भने पनि सके सम्म त्यस्ता खानाबाट टाढै रहनुस् । यसको सेवनले ह्याप्पी हर्मोन भनिने यौनिक हर्मोनलाई कमजोर पार्छ । कृतिम गुलियोमा हुने ”aspartame” नामको पदार्थले अन्य साइड इफेक्ट समेत निमत्याउन सक्छ । यसता साइड इफेक्टमा अनिद्रा, चिडचिडापन, टाउको दुख्ने, चिन्ता लगायतका हुन सक्छन् ।
३ सोडा
कतिपय मानिसलाई सोडा विना खाना नरुच्ने हुन्छ । तर बैबाहिक जीवनमा भने यो खानु घातक छ । दैनिकरुपमा सोडा वा फ्लेवर्ड ड्रिङ्क सेवन गर्ने मान्छे यौनिकरुपमा भने कमजोर हुन्छन् । यसले तपाइँको मोटोपन बढाउन र दाँतमा समस्या पैदा गर्ने खतरा समेत हुन्छ ।
४ बजारिया दुग्ध पदार्थ
अहिले बजारमा पाइने दुग्ध पदार्थमा प्राकृतिक कुराहरु कम हुन्छन् । मिसावटका कारण यिनीहरुमा रहेका पदार्थ घातक समेत हुन्छन् । यस्ता पदार्थको स्वनल एस्ट्रोजन, प्रोजिस्टेरोन, टेस्टोस्टेरोन आदि हार्मोन्समा कमी आउने र यौन क्षमता कमजोर हुन्छ । त्यसले शरीरमा विषाक्त पदार्थको पनि बढावा दिन्छ ।
५ चिप्स
चिप्स जस्ता प्याकेटमा पाइने खानेकुराले पनि तपाइँका शरीरको कोशिकालाई घात गर्छन् । यस्ता कुराले तपाइँको सेक्स ड्राइभ कमजोर पार्छ । खासमा आलु चिप्स अत्याधिक तापक्रममा पकाइने र प्याकेटमा राखिने हुँदा यो शरीरका लागि हानिकारक मानिन्छ । यसमा हुने खराव चिल्लो पदार्थ र उच्च तापमानमा पाकेको हुँदा यो यौन जीवनका लागि सबैभन्दा घातक मानिन्छ ।
६ चुइङ्गम
यदि तपाइँको नियमित चुइङ्गम सेवन गर्ने बानी छ र तपाइँ विवाहि हनुहुन्छ भने आजै देखि यो बानी छोड्नुस् । चुइङ्गमले शरीरुको पाचन पदार्थथमा घात गर्छ भने यौन जीवनमा पनि घातक प्रभाव पार्छ । स्वास गन्हाउने डरले चुइङ्गम खाने गर्नु भएको छ भने आजै देखि छोड्नुस् अन्य प्राकृतिक कुराबाट स्वास सुगन्धित पार्नुस् ।
७ कर्न फ्लेक्स
यदि तपाइँ नियमित कर्न फ्लेक्स सेवन गर्नुहुन्छ भने त्यो पनि तपाइँका लागि घातक हुन्छ । यसले तपाइँको यौन जीवनमा नकारात्मक प्रभाव पार्छ । यसले तपाइँको रोमान्टिक जीवनमा सबैभन्दा बढी प्रभाव पार्छ । हल्का फुल्का खाना खान मन पर्छ भने पनि कर्नफ्लेक्स कम खानुस् ।
८ कफी
विहानै कफि खाँदा मुड फ्रेश हुन्छ । तर दिनभरी पटक पटक कफी पिउने बानी भने घातक हुन्छ । यसले तपाइँको स्वास्थ्यमा प्रतिकुल असर पार्छ र यौन जीवन प्रभावित हुन्छ । कफीले शरीरमा स्ट्रेस हार्मोनकम गर्छ र यौनिक क्षमता कमजोर पार्छ ।
९ सोयाबिन
यदि तपाइँको नियमित खानामा सोयाबिन पर्छ भने त्यसलाई कम गर्नुस् । सोयालाई मासुको साटो प्रयोग गर्ने पनि हुन्छ । सोयामा पाइने फायटोएस्टोरेजनले पुरुषमा यौनिक क्षमता कमजोर पार्छ । यो पुरुषका लागि घातक मानिएको खाना मध्ये एक हो ।
१० मदिरा
मदिरा पनि यौन जीवनका लागि घातक मानिएको छ । यसले शरीरलाई संवेदनहिन बनाउने र निद्रा लगाइदिने हुँदा रोमान्टिक महसुस हुनेभएपनि यौनिकरुपमा भने कमजोर पारिरहेको हुन्छ । मदिरामा हुने तत्वले टेस्टोस्टेरोनमा प्रभाव पर्छ र यौन इच्छा र क्षमता कमजोर हुन्छ ।
वैशाख १२ को विनाशकारी भूकम्पपछि समाचार संकलन गर्न नेपाल आएका भारतीय पत्रकारको निकै आलोचना भयो । खासगरी भारतीय टीभीहरुको प्रस्तुतीका कारण आलोचना मात्र भएन, समाजिक सञ्जाल ट्वीटरमा #gobackhomeindianmedia ट्रेण्ड नै भयो ।
तर, पोखरा भ्रमणमा आएका भारतीय पर्यटकहरुले नेपालको पर्यटन पूनरुत्थानका लागि सघाउने प्रतिबद्धता मात्र जनाएनन्, विगतको गल्तीप्रति माफी समेत मागेका छन् ।
पोखरा पर्यटन प्रबर्द्धन समिति (पीटीआरसी)को निमन्त्रणामा आएका भारतीय पत्रकारहरुले आइतबार पोखरामा आयोजित अन्र्तरक्रियामा भुकम्प आएलगत्तै नेपाल आएका भारतीय पत्रकारहरुले नेपाल तहसनहस भएको भनेर नकारात्मक रुपमा मात्रै प्रचार गरेको प्रति माफी मागेका हुन् ।
लखनउका बरिष्ठ पत्रकार गुड्डु जैयसवालले जान अञ्जानमा भारतका पत्रकारले भूकम्पका त्रास फैलाउँदा नेपालमा पर्यटक आगमनमा कमी आएको स्वीकार्दै अब यसलाई सच्याउने बताए । उनले भने-‘जान अञ्जानमा हाम्रा भारतीय पत्रकारले नकारात्मक कुरा मात्र प्रचार गरेर गल्ती गरे, तर अहिले आएर हामीलाई पश्चाताप लागिरहेको छ, त्यसैले हामी माफी चाहन्छौं ।’
उनले बिगतमा भएको गल्ती सच्याउन शुरु भइसकेको भन्दै नेपालको पर्यटन प्रबर्द्धनका लागि अब भारत गएर सक्दो प्रयास गर्ने बताए ।
भारतकै बरिष्ठ पत्रकार डिके सिंहले भारतीय सञ्चार माध्यममा नेपाल तहसनहस भएको दृश्य र समाचार मात्रै देखेर आफूहरु त्रसित भएपनि पोखरा आएर हेर्दा त्यस्तो त्रास कहिीँ नदेखिएको बताए । उनले भने-‘हामीले भारतीय मिडियामा जस्तो देखेका थियौं, जस्तो सुनेका थियौं तर यहाँ त्यस्तो विल्कुल देखिएन, सबै सुरक्षित देख्यौं ।’
भुकम्पपछि पनि नेपालीको ओंठमा हाँसो पहिले जस्तै देखिएको भन्दै उनले भने- ‘अहिलेपनि नेपालीको ओंठमा पहिलेजस्तै मुस्कान छ, अनि यहाँको हस्पिटालिटी र दिनचर्या देख्दा लाग्छ-के यहाँ भुकम्प गएको थियो र ?’
उनले यहाँको बास्तविक यथार्थ भारत गएर नेपालमा घुम्न आउने वातावरण मिलाउन भरपुर प्रयास गर्ने प्रतिबद्धता जनाए ।
अर्का बरिष्ठ पत्रकार तथा पर्यटन ब्यवसायी श्रीचन्द्र गुप्ताले नेपालको १४ जिल्लामा मात्रै भुकम्पले क्षति पुर्याएको र अन्य ठाउँ सुरक्षित रहेको सन्देश आफूहरुले फैलाउने बताएका छन् । नेपाल र भारतबीच रोटी-बेटीको सम्बन्ध भएको बताउँदै भारतीय केही मिडियाले गलत गर्दैमा दुइ देशबीचको सम्बन्धमा कुनै कमी नआउने बताए ।
भारतीय समाजवादी पार्टीका नेता आरिफ हास्मीले नेपाल एक वर्ष भित्रैमा पुरानै अवस्थामा र्फकने विश्वास व्यक्त गरे । उनले भने-‘तपाईंहरु अहिले आत्तिनुभएको छ, तर धैर्य गर्नुस्, मलाई विश्वास छ तपाईंहरु ६ महिनादेखि १ वर्ष भित्रमा पहिल्यैकै अवस्थामा फर्कनुहुनेछ ।’
कार्यक्रममा पोखरा पर्यटन पूनरुत्थान समितिका संयोजक गणेशबहादुर भट्टराईले नेपालका केही ठाउँमा भुकम्पले क्षति पुर्याएपनि पर्यटकीय क्षेत्र सुरक्षित रहेको बताए । अनलाइन खबर बाट
चार राजनीतिक दलले गरेको १६ बुँदे सहमतिमा ८ वटा प्रदेशहरुको नाम र सीमांकन पछि तय गरिने भनिए पनि संविधान मस्यौदा समितिले ८ प्रदेशको मूलभूत खाका तयार पारेको छ ।
समितिले आइतबार पारित गरेको मस्यौदा अनुसार अब देशभरिका ८ वटा प्रदेशमा प्रादेशिक सरकारका मन्त्रीहरुको कुल संख्या १६० भन्दा बढी हुने छैन ।
यसरी बन्ने भो ८ प्रदेशको संरचना
कुल ३७ भाग र २९६ धारा रहेको प्रस्तावित संविधानको भाग १६ मा प्रादेशिक व्यवस्थापिकाको प्रावधान राखिएको छ । प्रदेशको व्यवस्थापिका एक सदनात्मक हुने छ भने यसको सदस्य संख्या न्यूनमत २१ देखि अधिकतम ४२ जनासम्म हुनेछ ।

प्रदेश सभामा पनि केन्द्रीय प्रतिनिधिसभामा जस्तै ६० प्रतिशत प्रत्यक्ष निर्वाचनबाट र ४० प्रतिशत समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् । प्रदेशसभामा पनि सभामुख र उपसभामुख हुने छन् । ८ वटा प्रदेशमा ८/८ जना सभामुख र उपसभामुख रहने छन् ।
प्रदेश सरकारको मुख्य मन्त्री र मन्त्रिमण्डल गठनमा कसैको बहुमत नपुगे ६ महिनाभित्रै अर्को चुनाव गर्नुपर्ने प्रावधान संविधानको मस्यौदामा राखिएको छ ।

प्रदेशहरुको मन्त्रिमण्डलमा कुल विधायक संख्याको २० प्रतिशतभन्दा बढी मन्त्री राख्न पाइने छैन । यो आधारमा ४५ सदस्यीय प्रदेश सभा भएका ठाउँमा २० जनासम्म मन्त्री बन्न पाउँछन् । यो हिसाबले देशभरिका ८ वटा प्रदेशमा कुल १६० भन्दा नबढाई मन्त्रीहरु रहने छन् । प्रत्येक प्रदेशमा एक/एक जनाका दरले ८ वटा अर्थमन्त्रीसमेत रहने छन् ।
राज्यमा प्रशासनिक व्ययभारको हिसाबले ८ मुख्यमन्त्री, ८ प्रदेश प्रमुख, ३ सय भन्दा बढी प्रादेशिक सांसदहरु र डेढसय भन्दा बढी प्रादेशिक मन्त्रीहरु क्षेत्रीय तहमा थपिने छन् ।
प्रदेश प्रमुख मनोनयनको अधिकार राष्ट्रपतिमा निहीत
आठवटै प्रदेशमा ८ जना प्रदेश प्रमुखहरु रहने छन्, जसको मनोनयन राष्ट्रपतिले गर्न पाउने प्रस्तावित संविधानको धारा १६१ को उपधारा २ मा व्यवस्था गरिएको छ । राष्ट्रपतिले कसैको सल्लाहविनै प्रदेशसभाका प्रमुख मनोनयन गर्ने प्रावधान संविधानको मस्यौदामा छ । प्रदेश प्रमुखको सपथ राष्ट्रपतिले गराउनेछन् ।
प्रदेशको अधिकार अस्पष्ट
प्रस्तावित संविधानको मस्यौदामा प्रदेशसभाको गठन, प्रादेशिक मन्त्रीमण्डलको गठन र प्रदेश प्रमुखको अधिकारका बारेमा सामान्य चर्चा गरिए पनि केन्द्र सरकार र प्रदेश सरकारको अधिकार बाँडफाँडका विषयमा स्पष्ट उल्लेख गरिएको छैन ।
प्रदेशहरुले आफ्नै मन्त्रिमण्डल बनाउने छन्, आफ्नै विधायक हुने छन् र स्थानीय विधेयक पनि प्रदेश प्रमुखमार्फत प्रमाणीकरण गरेर लागू गर्न सक्नेछन् । तर, प्रदेश सरकारले कानून बमोजिमबाहेक कर उठाउन र आन्तरिक ऋण उठाउन पाउने छैन ।
यद्यपि संविधानले प्रदेश र केन्द्रको अधिकारबारे प्रष्ट व्याख्या गर्न नसकेका कारण यसबारे भविश्यकमा विवाद पर्न सक्ने देखिएको छ, जुन विवाद संविधान अदालतमा जानेछ ।
संविधानमा ३७ भाग र २९६ धारा
एकीकृत मस्यौदामा संविधानको नाम : नेपालको संविधान, ०७२ राखिएको छ । ३७ भाग, २९६ धारा र ७ अनुसूची छ । शासकीय स्वरुपमा बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय अपाइएको छ भने संसदबाट निर्वाचित प्रधानमन्त्री, संवैधानिक राष्ट्रपति हुनछन् ।
राष्ट्रिय सभा २७५ र प्रतिनिधि सभा ४५ सदस्यीय हुनेछ । प्रदेश सभा २१ देखि ४५ सदस्यीयसम्म हुनेछ ।
नागरिकता चार प्रकारको
नयाँ संविधानको एकीकृत मस्यौदा अनुसार नागरिकता चार प्रकारको हुनेछ । वंशजका आधारमा नागरिकता पाउन आमा र बाबु दुबै नेपाली हुनुपर्ने छ भने अंगीकृत नागरिकता आमा वा बाबु दुबैका नामबाट लिन सकिने छ ।
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने तर, नेपाली महिलासँग विवाह गर्ने पुरुषले १५ वर्ष नेपालमा बसोबास गरेको हुनुपर्ने छ । विदेशी नागरिकले नेपाली नागरिकता पाउनु अघि अर्को देशकोे नागरिकता त्याग्नु पर्ने व्यवस्था छ । तर, दलहरुले अर्को देशको नागरिकता त्यागको घोषणा गरे पुग्ने व्यवस्था गर्ने तयारी गरेका छन् ।
विदेशीसँगको विवाहबाट जन्मने सन्तानको हकमा आमा-बाबुसँग नागरिकता भएको अवस्थामा बंशजका आधारमा, नभए अंगीकृत पाउने व्यवस्था छ । यसैगरी गैरआवासीय नेपालीले पनि नागरिकता पाउने भएका छन् । तर, त्यो नागरिकताले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमात्रै पाउने छन् ।
संक्रमणकालीन व्यवस्था अन्तरगत संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभाममुख र उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ ।
संविधानमा भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता असंशोधनीय धारामा राखिएको छ । प्रस्तावना संशोधनका लागि सदनको दुई तिहाइपछि जनमत संग्रहबाट अनुमोदन हुनुपर्ने एकीकृत मस्यौदामा छ । तर, दलहरुले यसलाई संशोधन गर्दै दुई तिहाइले संशोधन गर्न सक्ने ब्यवस्था गर्नेबारे छलफल सुरु गरेका छन् ।
संविधानका अन्य धाराहरुको हकमा भने संसदको दुई तिहाइले संशोधन गर्न सक्नेछन् ।
इन्टरनेट जाएन्ट गुगलले विश्वभरि नै निशुल्क रुपमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने योजना बनाएको छ । यसको सुरुवात तथा परीक्षणका रुपमा गुगलले अमेरिकाको न्युयोर्कमा फ्री वाइफाइ सेवा सुरु गर्दैछ ।
विश्वमा निःशुल्क वाइफाइ उपलब्ध गराउने आफ्नो योजनालाई मूर्तरुप दिन गुगलले एक अलग्गै कम्पनी खोलेको छ । उक्त कम्पनीको नाम हो, साइडवाक ल्याब्स । गुगलको यो कम्पनीले न्युयोर्कमा अन्त्यन्तै तिव्रगतिको इन्टरनेट उपलब्ध गराएका दुइवटा अन्य कम्पनी खरीद गर्ने तयारीमा छ ।
निशुल्क इन्टरनेट उपलब्ध गराउने कामलाई कार्यरुप दिन गुगलले न्युयोर्कस्थित बिक एप्पलको पूरानो फोन बुथको प्रयोग गर्दैछ । उक्त परियोजनाका लागि यस्तै प्रकारका १० हजार फोन बुथ प्रयोग गर्ने गुगलको तयारी छ ।
गुगलले ती फोन बुथहरुमा आवश्यक परिवर्तन गर्नेछ । त्यसबाट उसले केवल निशुल्क वाइफाइ मात्र होइन मानिसहरुलाई आफ्नो मोबाइल फोन चार्ज गर्ने सेवा पनि उपलब्ध गराउने बताइएको छ । त्यसका साथै ती बुथहरुबाट मानिसहरुले नि:शुल्क डोमेस्टिक फोन कल समेत गर्न पाउनेछन् ।
गुगलको योजना यत्तिमा मात्र सिमित कहाँ छ र ? उसले ती फोन बुथहरुमा टचस्क्रिन हाल्नेछ । जसको माध्यमबाट मानिसहरु सहरका महत्वपूर्ण ठाउँ तथा यातायात सेवाहरुको बारेमा पनि जानकारी प्राप्त गर्न सक्नेछन् ।
ब्लुमबर्ग न्यूजका अनुसार आगामी जाडो याम अगाडि नै न्युयोर्कमा नि:शुल्क वाइफाइ लगायतका सेवा उपलब्ध गराउने ती फोनहरु संचालनमा आउनेछन् । उक्त ट्रायल सफल भएसँगै गुगलले परियोजनालाई विश्वका अन्य सहरमा पनि विस्तार गर्ने योजना बनाएको छ ।

समान्तया नङलाई सुन्दरतासँग जोड्ने गरिन्छ । सुन्दर नङ हुनेलाई स्वस्थ भने मान्न नसकिने एक अध्यनले देखाएको छ । नङमा आउने सामान्य परिवर्तनले पनि हाम्रो स्वास्थ्यमा समस्या हुन लागेको संकेत गर्ने विज्ञहरुले बताएका छन् ।
नङ निली रंगको हुँदै गयो भने शरीरमा अक्सिजनको कमी भएको बुझ्नु पर्छ । यसले फोक्सोमा समस्या भएको संकेत गर्छ । कुनै पनि ब्यक्तिको नङको रंग निलो छ भने यस्ता ब्यक्तिलाई मुटुको समस्या हुन सक्ने वा फोक्सोमा समेत समस्या हुन सक्छ । यदि नङ लामा भएपछि औंला तिर नै फर्किन थाल्छन् भने यसले पनि शरी स्वस्थ नभएको संकेत गर्छ ।
त्यस्तै जुन ब्यक्तिका नङ गुलावी र सफा हुन्छन् त्यस्ता ब्यक्तिको स्वास्थ्यमा समस्या हुन सक्छ । यस्ता नङ भएका ब्यक्तिलाई चिनीरोग अर्थात मधुमेहको पनि डर हुन्छ । कुनै पनि ब्यक्तिको नङ गोलो आकारको छ भने त्यस्ता ब्यक्तिलाई स्वास प्रश्वास सम्बन्धी समस्या हुन सक्छ । यस्ता नङ हुनेलाई फोक्सो सम्बन्धी समस्या समेत हुन सक्छ ।
त्यस्तै कुनै पनि ब्यक्तिका नङ धब्बा र रेखा कोरिएका छन् तर लालिमा युक्त छन् भने त्यस्ता ब्यक्ति धनी हुन्छन् । नङको आकार औंलाको टुप्पो भन्दा आधा आकारको छ भने त्यस्ता नङ सबै भन्दा राम्रा मानिएका छन् ।
पहेंलो रंगका नङ हुने पुरुष नपुङ्षक हुने सम्भावना हुन्छ ।

श्रम तथा रोजगार मन्त्रालयले म्यानपावर ब्यवसायीको दबाबका बाबजुद असार २१ गतेदेखि खाडीका ६ मुलुक र मलेसियामा ‘फ्री भिसा,फ्री टिकट’ ब्यवस्था लागू गर्ने भएको छ ।
बुधवार वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सार्वजनिक सूचना जारी गरी २१ गतेदेखि यी सात मुलुकमा निःशुल्क भिसा र टिकट अनिवार्य गरेको छ ।
जेठ २६ गते श्रम तथा रोजगार मन्त्रालयले बहराइन, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कुबेत र मलेसिया जाने नेपाली कामदारका लागि रोजगारदाता कम्पनीले भिसा, आउनेजाने हवाई टिकटको खर्च ब्यहोर्ने र कामदारको तलबबाट कुनै पनि खर्च नकटाउने सर्तमा मात्र श्रम स्वीकृति दिने निर्णय गरेको थियो । यो ब्यवस्था असार २१ गतेदेखि लागू हुने बोर्डको वेबसाइटमा उल्लेख छ ।
वैदेशिक रोजगार ब्यवसायीले यो निर्णयबाट माग घट्ने भन्दै प्रधानमन्त्री सुशील कोइरालालगायत शीर्ष नेतासँग निर्णय फिर्ताको लविङ गरिरहेका छन् । असार १७ गते हुने वैदेशिक रोजगार ब्यवसायी संघको चुनावी मुद्दा नै ‘फ्री भिसा फ्री टिकट’ हुने भएको छ । कारोबार दैनिकमा खबर छ ।,,

अरुण बराल /टिप्पणी
अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसैसाता भनेका छन् कि अमेरिकी नागरिकहरुको डीएनएमै नश्लवाद छ । तर, नेपाली नेताको चाँहि डीएनमै ‘भ्रष्टाचार’ रहेको प्रमाण भीआइपीको सुविधा बढाउने विधेयकले दिएको छ ।
भूकम्पमा हजारौं नागरिकको मृत्यु भएको छ, दशौं हजार घाइते भएका छन्, लाखौं जनता घरबारविहीन भएका छन् । मुलुकमा पैसा नभएकाले महंगो खर्चमा दातालाई बोलाएर सिंगै मुलुक मगन्ते बन्नु परिरहेको छ । यस्तो बेलामा भीआइपीको सुविधा बढाउने कालो विधेयक कसले ल्यायो होला ? को होला हजुर, यस्तो जनविरोधी नीतिको महान सर्जक ?
मुख्यसचिव लीलामणि पौडेलले हुँदैन भन्दाभन्दै गृहमन्त्रालयले यस्तो विधेयक अघि बढाएको भनिएको छ, के वामदेव गौतम नै हुन् त गरीब देशका नेतालाई धनी बनाउन खोज्ने कम्युनिष्ट नेता ? के यही हो त एमालेको देखिने र सुनिनेखालको बहुदलीय जनवाद ? यो चानचुने एवं कम गम्भीर प्रश्न होइन आम नेपालीका लागि ।
पञ्चायतकालको अन्त्यपछि चप्पल लगाएर सिंहदरबार पसेका नेताहरुमा अझैसम्म पनि जनउत्तरदायी चरित्रको विकास हुन सकेको छैन र यिनीहरु मौका पाउनासाथ देशको ढुकुटीमा रजाइँ गर्न थालिहाल्छन् भन्ने कुराको उदाहरण बनेको छ यो विलासी विधेयक ।
मान्छे मरेका बेलामा त यसरी नेताहरुले खानै खोज्छन् र देशलाई लुट्ने योजना बनाउँछन् भने यिनीहरु सुध्रिएलान् र अब देशको पुनर्निर्माण होला, नवनिर्माण होला भनेर आशा गर्नु भनेको आफैंलाई मूर्ख बन्न सहयोग पुर्याउनुमात्र हो ।
नेपालमा अहिलेको यही नेतृत्वबाट देश उँभो लाग्ने होइन, झनै रसातलतिर भासिने प्रष्ट देखिएको छ । विदेशी दाताले बरु पत्याउलान्, तर, नेपाली जनताले पत्याउने व्यवहार नेताहरुले देखाउन सकेनन् । भूकम्पपछि नेताहरु झन नांगिएका छन् । यो कुनै आक्रोश होइन, मुलुकको यथार्थ हो । नेताहरुले जनतालाई जे गरे पनि हुने रैती सम्झिइरहेका छन् ।
भूकम्पको धक्कापछि पनि नेताहरु सुध्रिएका छैनन् । यिनीहरुको डीएनएमै लुट र भ्रष्टाचारले जरा गाढेको छ । यसलाई शिद्ध गर्ने केही स्वयंसिद्ध प्रमाणहरु नै पेश गर्न सकिन्छ :
प्रमाण नम्बर एक
अहिले देशमा भूकम्पपीडितका लागि ठूलो रकम चाहिएको छ । यस्तो बेलामा राज्यले गर्नुपर्ने पहिलो काम भनेको भीआइपीहरुको खर्च कटौती हो । अनावश्यक खर्चहरु घटाउने र कम सुविधा लिएर नेताहरुले देशका लागि योगदान गर्ने बेला हो यो ।
धेरैले अनुमान गरेका थिए कि यस्तोबेलामा शासकहरुले आफ्नो खर्चमा कटौती गर्नेछन् । पूर्वप्रधानमन्त्री, पूर्वन्यायाधीश र पूर्वमन्त्री एवं बहालवाला मन्त्रीहरुले आफ्नो खर्च घटाउनेछन् र जनतालाई यो सन्देश दिनेछन् कि हामीले यसरी खर्च कटौती गरेका छौं, अब हामीलाई पत्याउनोस् र प्रधानमन्त्री कोषमा योगदान गर्नोस् । तर, सती र भीमसेनले सरापेको देशमा उल्टो भयो ।
नेताहरुले खर्च कटौती गर्नुको साटो उल्टै भीआइपीहरुलाई राष्ट्रको ढुकुटीबाट विलासी सुविधा प्रदान गर्ने विधेयक पो बनाए ।
समयले मागेको थियो, सुविधा र खर्च कटौती, तर एमाले उपाध्यक्ष वामदेवको नेतृत्वमा रहेको गृहमन्त्रालयले उल्टो काम गर्यो ।
हाम्रा नेता र प्रशासकको बुद्धि सुल्टो घुम्दैन र जनताको पक्षमा छैन भन्ने कुराको प्रमाण खोज्न अब अन्त कहाँ जानु ?
यो घटना हाम्रा नेताहरुको सामान्य भूल होइन, नेपाली जनतामाथि गर्न खोजिएको ठूलो अपराध हो । राष्ट्रिय अपराधको उद्योग हो यो । भलै यसलाई सभामुख सुवासचन्द्र नेम्वाङले तत्कालका लागि ब्रेक लगाइदिएका छन् ।
प्रमाण नम्बर दुई
भूकम्प पीडितहरुका लागि किनिएको राहतमा शहरी विकास मन्त्रालयले ठूलो मात्रामा घोटाला गर्यो । कांग्रेस नेता डा. नारायण खड्काको नेतृत्वमा रहेको मन्त्रालयमार्फत् त्रिपाल किन्दा होस् या किनिएका त्रिपालहरु बाँड्दा, यसमा धेरै ठूलो हिनामिना भएको छ । तैपनि कसैमाथि कारवाही भएन ।
प्रधानमन्त्री सुशील कोइरालाले राहतमा भ्रष्टाचार गर्नेलाई जेल हाल्छु भनेका थिए, अहिलेसम्म कुनै भ्रष्टाचारीले जेल जानुपरेन । छिमेकी मुलुक चीनमा यसरी जनताको छातीमा गीर खेल्नेले मृत्युदण्ड पाइसक्थ्यो । तर, नेपालमा त राहतको जस्तापाता भ्रष्टाचार गरेको अभियोगमा राजीनामा दिनेहरुलाई कृषि विकास बैंकको सल्लाहकार समितिमा राखिएको छ । दण्ड त अर्को लोकमा मात्रै होला ।
राहतमा भ्रष्टाचार गर्ने, जस्तापाता र त्रिपाल लुटेर रातारात पैसा कमाउनेहरु सरकारको संरक्षणमा छन् । यस्ताले अब देश निर्माण गर्छन् भनेर पत्याउने कोही छ भने ऊ मूर्ख मात्रै हुनेछ ।
अहिले असार लागेको छ, भ्रष्टाचारीहरु फेरि सडकमा ग्राबेल गर्दैछन् र विगतमा जस्तै बजेट सक्ने र पैसा कमाउने आफ्नो नियमित कर्ममा लागिरहेका छन् । महाविपत्ति गाउँका जनतालाई मात्रै आएजस्तो भइरहेको छ । दुईसय मीटर बाटो बनाउँदा कमिसन खाने देशमा गुजरात र सिचुआन बनाउने गफ भइरहेको छ ।
प्रमाण नम्बर ३
कार्यपालिका भ्रष्ट भयो भने त्यसलाई समाउने व्यवस्थापिका, न्यायपालिका या अख्तियारलगायतका संरचनाहरु छन् । तर, यतिबेला अख्तियार केही खरदारलाई समातेर बसेको छ । अख्तियारकै अधिकारी भ्रष्टाचारीसँग सेटिङ मिलाएर हिँडेको चियापसलदेखि सिंहदरबारसम्म सुन्न पाइन्छ । सुन्नेका कान गलत हुन् या ती निकाय नै गलत हुन् राम जाने ।
त्रिपाल र जस्ताको अनियमितताबारे संसदीय समितिले बैठक बोलाउँछ, त्यहाँ अण्डा, केराको खाजा खाइन्छ र एउटा औपचारिक निर्णय गरेपछि बैठक सकिन्छ । बैठक बस्दा राज्यलाई थपिने व्ययभारबाहेक संसदले केही लछारपाटो लगाउन सक्दैन । संसदको पसल बन्द गरेर अध्यादेशबाट रणनीतिक महत्वको कानून ल्याइन्छ, सांसदहरु जुम्रा मारेर बस्छन् ।
भ्रष्टाचार गर्ने, अनुगमन गर्ने र दण्ड दिने तीनवटै निकायमा भागशान्ति जयनेपाल गर्ने र रिटायर्डपछि पनि तीनपुस्ताको जोहो गर्न खोज्ने यी निकाय र त्यसमा बसेका नेतृत्वजनले देश बनाउँछन् भन्दा कसले पत्याउला ? के तपाई पत्याउनुहुन्छ ?
प्रमाण नम्बर ४
राजनीतिक नेतृत्व, अख्तियार, सरकार र व्यवस्थापिकासमेत मतिभ्रष्ट भएका बेला जनताले आशा गर्ने अर्को निकाय भनेको अदालत हो । तर, अहिले नेपालका अदालतहरुमा मालपोत र नापी कार्यालयमा जस्तै दिउँसो घुसखोरी चल्न थालेको छ ।
हुँदाहुँदै सर्वोच्च अदालतले समेत सोझो मानिसले समेत थाहा पाउने गरी राणाकालीन फैसला सुनाउन थालेको छ ।
गणतन्त्रले जनताका नाममा ल्याएको पूर्वराजा वीरेन्द्रको अपुताली सम्पत्ति पूर्वराजपरिवारकै नाममा फिर्ता गराउने सर्वोच्च अदालतको फैसला सामान्य घटना होइन । यो छानविन र अनुसन्धानको विषय हो । यो महाअभियोगसमेत लाग्न सक्ने सम्वेदनशील घटना हो ।
प्राकृतिक न्यायको सिद्धान्तलाई पनि खिल्ली उडाउँदै गरिएको यस्तो गणतन्त्रविरोधी फैसलाका कारण अब न्यायालय भष्ट्राचारलाई रोक्ने होइन, भ्रष्टलाई लाइसेन्स दिने संस्थामा फेरिन थालेको स्पष्टै छ ।
यो अवस्थामा अब यिनै सारथीहरुबाट यो देश बनिएला, सुधार होला र भावी पुस्ताका लागि बस्न लायक ठाउँ बन्ला भनेर कसरी आशा र अपेक्षा गर्ने ? जवाफ दिने काम वामदेव गौतमको हो । वरिपरि भ्रष्टहरुबाट घेरिएर जोगी हुँ भन्दै बसेका सुशील कोइरालाको हो । र, ठूलामाछा समात्छु भन्दै सिद्रासमेत समाउन छाडेका लोकमानसिंह कार्कीहरुको पनि हो । भावी प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराहरुको हो । र, यसको जवाफ दिने दायित्व सत्तापक्षले देश लुट्दा पनि फड्के किनारामा हस्ताक्षर गरेर मौन बसेका विपक्षी नेता प्रचण्डको पनि हो ।

आइफोनका पारखीहरुका लागि खुसीको खबर छ । एप्पलले निकट भविष्यमा बजारमा ल्याउने आइफोन ७ यस्तो हुनेछ, जुन विद्यमान स्मार्टफोनहरुको आधारमा हुने कल्पना भन्दा भिन्न हुनेछ ।
समाचार अनुसार आइफोन ७ मा होम बटन हुनेछैन । होम बटन नहुने भएपछि स्मार्टफोनको पूरै फ्न्ट प्यानलमा स्मार्टफोनको स्क्रिन रहनेछ । होम बटन हुने ठाउँमा फिंगरपि्रन्ट सेन्सर हुनेछ, जसका कारण यो आइफोनले निकै अत्याधुनिक तथा अनौठो तरिकाले काम गर्नेछ ।
डिजीटाइम्सका अनुसार आइफोन सेभेनमा एप्पलले नयाँ प्रविधिको प्रयोग गर्दैछ, त्यसको नाम हो टच एण्ड डिस्प्ले ड्राइभर इन्टिग्रेसन अर्थात् टीडीडीआइ सिंगल चिप सोल्यूसन । यो प्रविधि एकिकृत फिंगरपि्रन्ट सेन्सरले युक्त हुनेछ । यो प्रविधिको प्रयोगले आइफोन सेभेनलाई निकै पातलो अर्थात् अस्ट्रा स्लिमका साथै डिस्प्लेलाई अल्ट्रा न्यारो बनाउनका लागि सहयोग मिल्नेछ ।
एप इनसाइडरका अनुसार एप्पलको यो जादुमयी फोन २०१७ सम्ममा बजारमा आउनेछ । एप्पलका कैयन् नयाँ प्रोजेक्टका बारेमा प्रायः सही जानकारी दिने सबैजसो सुत्रहरुले आइफोन सेभेनमा एप्पलले होम बटन हटाएर नयाँ प्रविधिको प्रयोग गर्न लागेको पुष्टि गरेका छन् ।
दाबी गरिएअनुसारको प्रविधिले युक्त आइफोन सेभेन बजारमा आयो भने सेल्फीप्रेमीहरुका लागि यो फोन पहिलो रोजाइको हुनेछ । किनकी आइफोन सेभेनबाट निकै सार्प सेल्फी लिन सकिनेछ । एप्पलले आगामी आइफोनको फ्रन्ट क्यामराको क्षमता विस्तार गर्न लागेको आइओएस नाइनको कोडिङको विश्लेषण गर्ने विज्ञहरुले बताएका छन् ।
आइफोन सेभेनको फ्रन्ट क्यामराबाटै फुल एचडी भिडियो रेकर्ड गर्न सकिनेछ र फ्लास समेत दिन सकिन्छ । आइओएस नाइस फेसटाइम क्यामरालाई १०८० पिक्सेलमा भिडियो रेकर्ड गर्न मद्दत गर्दछ । जबकी आइफोन सिक्स तथा सिक्स प्लसमा ७२० पिक्सेलको फ्रन्ट क्यामरा छ । फ्रन्ट क्यामराको क्षमता विस्तारका कारण आइफोन सेभेनबाटै प्यानोरेमिक सेल्फी लिन सकिनेछ ।
आइफोन सेभेनमा फोर्स टच प्रविधि हुनेछ जसले एप्स प्रयोगलाई अझै सहज बनाउनेछ । यो प्रविधिलाई एप्पलले म्याकबुकमा प्रयोग गरिसकेको छ । यो प्रविधि अनुसार यदि तपाइँले फोनको स्क्रिनमा केही सेकेण्डसम्म थिचिरहनुभयो भने फोनले बुझ्नेछ की तपाइँ फोन मेनुमा जान चाहनुहुन्छ । अनि आइफोनको स्त्रिmनमा फोन मेनु देखिेनछ ।
श्रोतका अनुसार आइफोन सेभेनमा ए नाइन प्रोसेसर, २ जिबी र्याम हुनुका साथै १२ मेगापिक्सेलको पछाडिको क्यामरा रहने बताइएको छ । श्रोतका अनुसार आइफोन सेभेनमा एप्पल वाचमा जस्तै आल्मुनियम तथा रोज गोल्डको प्रयोग गरिनेछ । -एजेन्सी

खेलहरुले पनि हाम्रो स्वास्थ्यलाई फिट र तन्दुरूस्त राख्न मद्धत गर्छ । हामीले खेल खेल्दा हाम्रो शरिरका माशंपेशीहरू बलियो हुने र शरिरलाई मजबुत बनाउन सहयोग गर्नुका साथै स्वस्थ रहन समेत मद्धत गर्छ ।
शारीरिक व्यायाम मात्र गर्नुभन्दा खेल खेल्नु शरिरका लागि राम्रो मानिन्छ । व्यायामका क्रममा शरिरका सबै भागलाई एकसाथ सञ्चालन गर्न नसकिने पनि हुन सक्छ तर, खेल खेल्दा भने शरिरका सम्पूर्ण भागलाई सक्रिय बनाउनुपर्ने हुनाले पनि व्यायाम भन्दा पनि खेललाई शरिर स्वस्थ र तन्दुरूस्त राख्ने सहज माध्यमको रुपमा लिन सकिन्छ । तर, सबै खेलबाट भने शरिरका सबै भागलाई सक्रिय बनाउन भने सक्दैन । शरिरका सबै भागलाई सक्रिय बनाउँदै शरिरको मांशपेशीलाई बलियो बनाउने र स्वस्थ बनाउनका लागि केही खेलहरू निकै फाइदाकर हुन्छन् ।
१. गल्फः विषेशगरी बालबालिकाका लागि गल्फ निकै राम्रो खेल हुन सक्छ । गल्फ खेल्दा बालबालिकाले गल्फ प्रहार गर्दा गर्नुपर्ने स्विङ, टाढासम्म हेर्ने प्रयास गर्दा र खेललाई सहज र सही तरिकाले सम्पन्न गर्ने सोच ल्याउँदा यसले शरिरलाई फाइदा पुर्याउँछ । स्विङले शरिरको प्राय सबै भागलाई सक्रिय बनाउँछ भने टाढाको दृश्य हेर्नु पर्ने भएकाले र टाढाको लक्ष्य तय गर्नुपर्ने भएकाले फोकसलाई पनि निकै फाइदा पुर्याउँछ ।
२. क्रिकेटः क्रिकेटले स्टामिना बृद्धी गर्न मद्धत गर्नुका साथै सहकार्य, सञ्चार र फोकस हुन समेत मद्धत गर्छ ।
३. फुटबलः फुटबलले मानसिक तथा शारीरिक रूपमा सबल बनाउन मद्धत गर्छ । फुटबल खेल्दा समस्या समाधान गर्ने क्षमतामा बृद्धी हुनुका साथै, योजना बनाउने, त्यसलाई सञ्चालन गर्ने तथा सिक्ने क्षमतामा बृद्धी गर्छ ।
४. ह्याण्डबलः ह्याण्डबल जहाँ पनि खेल्न सकिने खेल हो । यसले बालबालिकामा समन्वय, सामाजिक भावनाको निर्माण गर्न मद्धत पुर्याउँछ ।
५. भलिबलः भलिबलले मानिसको मष्तिष्कलाई ताजा राख्ने, मोटिभेसन र एकाग्रतालाई निकै सहयोगी हुन्छ ।

यी तस्विर हेर्नुहोस् जो अरू मानिसहरूको तिरस्कृत दृष्टि सहेर बस्दथे-
१. सिल्जिए
३ मिग्नन, द पेन्गुइन गर्ल
१. सिल्जिए
२ फ्रान्सेस्को ए. लेन्टिनी
जुस धेरै पिउँदा हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव पनि पर्ने शोधले देखाएको छ । जुस लगायतका विभिन्न पेय पदार्थको नियमित सेवन गर्ने तर अन्य खाना कम खानेहरुलाई दाँतमा समस्या हुन सक्ने चिकित्सकहरुले बताएका हुन् ।
जुस लगायतका पेय पदार्थले दाँतको इनामेल कमजोर पार्दिने र चिसोमा चिसो र तातो खाँदा तातो लाग्ने समस्या हुने हुन्छ । दाँतको इनामेल जानुमा मुख्य कारक जुस वा अन्य पेय पदार्थ हुने चिकित्सकको भनाइ छ ।
पछिल्लो समयमा मानिसहरुले जुस र स्न्याक्सको सेवन अत्याधिक गर्छन् । यसले दाँत भने विग्रँदै जाने चिकित्सकहरुको शोधले देखाएको छ । जुसमा हुने एसिडले दाँतको बाहिरी भागलाई कमजोर पार्ने र त्यसकै कारण चिसो तातो लाग्ने तथा दुख्ने समेत समस्या हुने उनीहरुको भनाइ छ ।
तसर्थः जुसको नियमित सेवन गर्ने बानी छ भने नियमित दन्त परीक्षण पनि गराउनुस् ।
‘गल्लीमा भेटिएका साना बालबालिकासमेत आयो आयो र गयो गयो भनेपछि हामी सबै हल्लिएको अनभूति गर्छौं,’ भूकम्पको भय साझा अनुभूति भएको उल्लेख गर्दै साहित्यकार ध्रुवचन्द्र गौतम भन्दै थिए, ‘भूकम्पको हल्लाखोरीभन्दा हप्तौं पालमुनि गुजारेका रातहरू र दिनलाई हाम्रा साहित्यमा उतार्न जरुरी छ।’
विश्वसम्पदा सूचीमा रहेका भक्तपुरका ऐतिहासिक दरबार स्क्वायरलगायत क्षेत्र घुमेपछि साहित्यकार गौतमले उक्त अभिव्यक्ति दिएका हुन्। स्रष्टाहरूले बुधबार कुमाले टोल, पाँचतले टौमढी, दत्तात्रय र बाटामा पर्ने ध्वस्त पुराना घरहरूको अवलोकन गरेका थिए। नेपाल प्रज्ञा प्रतिष्ठान र सिर्जना अभियान भक्तपुरको आयोजनामा स्रष्टा जुटेका हुन्। ‘भूकम्पबाट प्रभावित भक्तपुरको स्थलगत भ्रमण तथा लेखक अनुभूति विषयक सिर्जनात्मक गोष्ठी’ नाम दिइएको कार्यक्रममा तीन दर्जन स्रष्टा सहभागी थिए।
‘भूकम्प प्राकृतिक विषय हो, मैले यसलाई ऊर्जाको रूपमा लिएको छु,’ भक्तपुरकै बासिन्दा ८० वर्षीय संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग:ले भने, ‘हाम्रा पुर्खाले सिर्जेका ऐतिहासिक सम्पदाहरू र हामीले बनाएका घर तथा संरचनाहरू ध्वस्त भएका छन् र अब नयाँ सिर्जना हुनेछ।’
भक्तपुरकै युवा संस्कृतिकर्मी ओम धौभडेलले सबै स्रष्टाहरूलाई स्थलगत अवलोकनका क्रममा स्थितिबारेमा जानकारी दिए। ‘हिजो भक्तपुर सहरको इज्जतका रूपमा चिनिने प्रत्येक मठमन्दिर, दरबार सम्पदाको विषयमा जानकारी दिन सक्थें,’ उनले भने, ‘तर आज मैले ती सबै सम्पदाको विषयमा भन्दा पनि यसपटक भूकम्पले तहनहस क्षति पुर्याएको सम्पदाकै विषयमा मात्र जानकारी दिन पाएँ। यो मेरो दुर्भाग्य हो।’ महाभूकम्पबाट केही वर्षअघि मात्र जीर्णोद्धार गरिएका दरबार स्क्वायर क्षेत्रको पचपन्न झ्याले दरबार र पाँचतले न्यातपोल मन्दिरमात्र बचेका छन्।
साहित्यकार भुवन ढुंगाना भूकम्पलाई त्रास नमानेर ऊर्जाका रूपमा लिन चाहँदा पनि मनलाई स्थिर बनाउन नसकेको बताइन्। ‘भूकम्पपछि के लेख्ने, कसरी लेख्ने भन्ने मन एकाग्र गर्न नसकेको बेला, भक्तपुरको स्थलगत निरीक्षण गर्न पाएपछि ऊर्जा जुटेको छ,’ उनले भनिन्।
‘भूकम्पको स्वाद धित मरुन्जेल चाखें,’ व्यंग्यचेतका समालोचक मोहनराज शर्माले भने, ‘अब फेरि चाख्न नपरोस्।’ भूकम्पले नेपाली साहित्यका सबै विधालाई प्रभावित तुल्याउने उल्लेख गर्दै उत्तरआधुनिक समालोचनाअन्तर्गत ‘अधिकार समालोचना सिद्धान्त’ का निम्ति विशेष सिर्जना, अध्ययन, लेखन गर्न जोड दिए। ‘अधिकार समालोचना सिद्धान्त विशेष सीपका लागि भूकम्पसँग गाँसिएका रचना आउँछ,’ शर्माले भने, ‘यसको निम्ति नेपाल प्रज्ञा प्रतिष्ठानले स्रोत सञ्चालन गर्नुपर्छ किनभने केही दशक नेपाली साहित्यमा भूकम्पीय साहित्य आउँछ।’
पाका स्रष्टा नगेन्द्रराज शर्मा भुइँचालोको धक्का जति तेजिलो रह्यो त्योभन्दा धेरै राहतको भुइँचालोले नेपाली स्वाभिमानमा धक्का दिएको बताए। ‘यो भयंकर भूकम्पबाट बाँचियो,’ उनले भने, ‘राहतमाथि भएको हाम्रा नेता र नागरिकको नियतको भुइँचालो कम सानो लागेन।’
सांस्कृतिक मानवशास्त्रको चर्चा गर्दै भिक्टर प्रधानले महाभूकम्पपछि अब हरेक जात्रा, सांस्कृतिक गतिविधिहरूसमेत पहिलेकै जसरी सुचारु रहन नसक्ने बताए।
गोष्ठीमा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, साहित्यकार शारदा शर्मा, ज्ञानु पाण्डे, श्रवण मुकारुङ, मातृका पोखरेल, श्रीओम श्रेष्ठ रोदन, रोचक घिमिरे, गीता त्रिपाठी, रजनी ढकाल, गायत्री विष्ट, ध्रुव मधिकर्मी, राम विनय, कुमारप्रसाद कोइराला, सन्ध्या पहाडी, वियोगी बुढाथोकी, रामप्रसाद पन्तसमेत सहभागी थिए।
कास्की, जेष्ठ २० -
चर्को गर्मी महसुस भइरहेको थियो। कृत्रिम पानीको छहराले वातावरणलाई चिसो बनाइरहेको बेला एक जोडी कुममा–कुम मिलाउँदै नृत्य गर्ने तम्सिए। जोडी थिए नवनायक अनमोल केसी र नायिका साम्राज्यलक्ष्मी शाह। पहिलोपटक अभिनेता भुवन केसीले निर्देशन गर्दै गरेको फिल्म ‘ड्रिम्स’ को सुटिङका क्रममा मंगलबार फूलबारी रिसोर्टमा यी जोडीलाई नृत्य निर्देशक कविराज गहतराजले पोज सिकाउँदै थिए।
चर्को गर्मीले सुटिङको तारतम्य मिलाउनसमेत युनिटलाई हम्मे परिहेका थियो। नायिका शाह फिल्मका लागि नयाँ अनुहार हुन्। मोडलिङ अनुभव बटुलेकी उनलाई फिल्मको कथा मन परेपछि अभिनयमा लागेको बताइन्। ‘निकै कडा मिहिनेत गर्नुपरेको छ, तर पनि अभिनयमा मज्जा आइरहेको छ,’ उनले भनिन्, ‘अभिनय पहिलो भए पनि सबैको सहयोग पाइरहेकी छु।’
उनले फिल्ममा अरूलाई नराम्रो नभन्ने एउटी साधारण केटीको भूमिका आफूले निर्वाह गर्दै गरेको बताइन्। अनमोलको जोडीको रूपमा देखिएकी उनले यो चलचित्रपछि कथा हेरेर राम्रो फिल्ममा अभिनय गर्ने बताइन्। ‘अनमोल फिल्ममा लभर ब्वाई, बिजनेस मेन र लडाकुको चरित्रमा छन्। फूलबारी रिसोर्टको मालिक भएर खेलेका उनले भने, ‘ड्याडीको ड्रिम प्रोजेक्ट भएकाले फिल्म सक्दो राम्रो बनाउन अभिनयलाई बलियो बनाउने कोसिस गरेको छु।’
पिता भुवनले पनि उनको ड्ेरसअपदेखि सबै कुरा मिहीन ढंगले हेरिरहेकोले पनि पारिवारिक फिल्ममा काम गर्न झनै सजिलो भइरहेको बताए। ‘होस्टल’ बाट डेब्यु गरेका उनले ‘जेरी’ पछि होम प्रोडक्सनको यो तेस्रो फिल्ममा अभिनय गरेका हुन्। अझै साता दिन युनिट पोखराको सेरोफेरोमा रहेर सुटिङ गर्ने भएको छ। उता अभिनेता केसी पनि एक्सन–कटको तारतम्य मिलाउन असिनपसिन देखिन्थे। साता दिनदेखि पोखराका दृश्यहरू फिल्म कैद गराउन उनी दौडधुप गरिरहेका छन्।
फिल्मको नाम नै ‘ड्रिम्स’ अनि निर्देशकीय क्षमता देखाउने पनि उनको ड्रिम्स रहेको छ। ‘एक दुई वर्षअघिदेखि नै फिल्म निर्देशन गर्ने सोच बनाइरहेको थिएँ,’ सुटिङमा व्यस्त अभिनेता केसीले भने, ‘बल्ल अहिले त्यसलाई पूर्णता दिने सुरसारमा जुटँे।’ सुटिङमा प्राय: पोखरा आइरहने उनले पोखरा फिल्मका लागि प्राकृतिक स्टुडियो भएकाले पनि आफूले आफ्नो फिल्म सुटिङका लागि यो छुट्याउन नसकेको बताए। ‘यो एउटा प्रेमकथा बोकेको फिल्म हो, भल्गर छैन,’ उनले भने, ‘सपरिवार बसेर आनन्दसँग हेर्न मिल्ने फिल्म बनाउँदै छांै।’ यसअघि काजोल फिल्मस्को ब्यानरमा उनले ‘सपना’, ‘करोडपति’, ‘नेपाली बाबु’, ‘सुपरस्टार’, ‘म तिमीबिना मरिहाल्छु’ लगायतका फिल्म निर्माण गरेका थिए।
महाभूकम्प आउँदा फिल्मको उपल्लो मुस्ताङमा भइरहेको रहेछ। ‘लगत्तै फिल्मको सुटिङ स्थगित गरेर राहत बाँड्न हिँड्यांै,’ उनले सुनाए। साता दिनदेखि पुरानै अवस्थामा सबै नागरिक काममा फर्कनुपर्छ भनेर सुटिङलाई सुचारु गरेको उनले बताए।
कास्की, जेष्ठ २० -
पप गायिका आस्था राउतले सोमबार बल्ल पोखराको धड्कन छामिन्। पोखरा विमानस्थलबाट फुच्चे जहाज ‘अल्ट्रालाइट’ उडेपछि उनले वास्तविक पोखराको रमणीय दृश्य अनुभूत गर्न पाएकोमा खुसी व्यक्त गरिन। ‘चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा...’, ‘झुम्के बुलाकी...’, ‘सालको पात टपरी गाँसेर...’ लगायतका लोकप्रिय गीतका यी गायिकाले पोखरा अल्ट्रालाइटको पुतली जहाज चढेपछि पोखरा बिछट्टै सुन्दर लागेको दाबी गरिन्।
आकाशमा उड्दै गरेको अल्ट्रालाइटमा तस्बिर खिचेर उनी रमाइन्। ‘अल्ट्रालाइट चढेर पोखरा अवलोकन गर्दा रमाइलो हुन्छ भन्ने सुनेकी थिए तर अनुभव गर्न पाएकी थिइनँ,’ उनले भनिन्, ‘आकाशमा उडेर हेरेपछि त पोखरा साँच्चिकै पोखराजस्तो लाग्दो रहेछ।’ पोखराको सहरी दृश्य, ताल र हिमाललाई नाङ्गो आँखाले अवलोकन गर्न पाउँदा मन फुरफुर भएर आएको उनले बताए।
एक पाइलट र यात्रु बसेर उड्न मिल्ने अल्ट्रालाइटमा उनले आधा घन्टा आकाश सयर गरिन्। यो समय उनलाई थोरै लागेछ। ‘अझै घन्टांै आकाशमा उडेर पोखरालाई नियाली रहुँजस्तो लाग्यो,’ उनले भनिन्। पोखरा विमानस्थलको धावन मार्गबाट गुड्दै उड्ने यो जहाजमा चढेपछि उनी रमाएकी हुन्। ग्लाइडरको मद्दतमा पेट्रोलबाट सञ्चालित इन्जिन भएको यो जहाजलाई पावर ग्लाइडर अर्थात् पुतली जहाजको रूपमा धेरैले चिन्छन्। झ्याल ढोका केही नहुने र हलुका हुने भएकाले यसलाई अल्ट्रालाइट भनिएको हो। ६५ किमि प्रतिघन्टाको स्पिडमा उड्ने यो जहाजको पहिलो अनुभव लिएकी उनले अझै धित नमरेको बताइन्।
‘सखारै सूर्योदयको दृश्यसँगै घन्टौं आकाशमा हराउने चाहना छ,’ उनले भनिन्, ‘अर्कोपटक पोखरा आउँदा समय छुट्याउँछु।’ पोखरा अल्ट्रालाइटका विदेशी पाइलटले उनलाई माउन्टेन फ्लाइट पनि उडाएका थिए। साहसिक खेलमा रुचि भएकी उनले दुई वर्षअघि सराङकोटबाट कावा खाँदै खहरेमा अवतरण गरेर प्याराग्लाइडिङको मज्जासमेत लिइसकेकी रहिछन्।
तीन दिनअघि पोखरा पर्यटन पुनर्जागरण समितिले गरेको ‘पुनर्जागरणका लागि संगीत’ कार्यक्रममा आस्था नि:शुल्क गाउन आएकी हुन्। पोखरामा मात्रै उपलब्ध अल्ट्रालाइटको मज्जा यसअघि अभिनेता राजेश हमाल र जीवनसंगिनी मधु भट्टराई आएका थिए।
काठमाडौं- इन्टरनेट सर्च इन्जिन गुगलले आफ्नो 'डुडल'मार्फत् शुक्रबार नेपालको गणतन्त्र दिवसलाई शुभकामना दिएको छ। उसले वैशाख १२ गतेको महाभूकम्पलाई स्मरण गर्दै श्रद्धाञ्जलीसहित गणतन्त्र दिवसको शुभकामना दिएको हो। गुगलको डुडलमा स्वयम्भूस्थित बौद्ध स्तुपा र पशुपति मन्दिरमा दीप प्रज्वलन गरेको आकृति बनाएको छ।
न्युयोर्क– यो वर्षको अन्त्यसम्ममा विश्वका कुल जनसंख्याको आधी मानिस इन्टरनेटसम्म पहुँच पुग्ने भएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राराष्ट्रिय टेलिकम्यूनिकेशन युनियन (आइटियु) को एक रिपोर्टका अनुसार अहिलेसम्म ३ दशमलव २ अरब भन्दा धेरै मानिसको अनलाइनसम्म पहुँच छ।
अहिले विश्वको कुल जनसंख्या ७ दशमलव २ अरब छ। यसमा विकासशील देशका करिब दुई करोड मानिस सहभागी छन्। उक्त रिपोर्टका अनुसार यो वर्षको अन्त्यसम्ममा विकसित देशमा ८० प्रतिशत घर तथा विकासशील देशमा ३४ प्रतिशत घरमा कुनै न कुनै प्रकारले इन्टरनेटको सुविधा पुग्ने उल्लेख छ।
आइटियुका विकास व्यूरोका निर्देशक ब्राहिमा सनोउका अनुसार विगत १५ वर्षमा इन्टरनेटले विश्वको विकासमा महत्वपुर्ण भूमिका निर्वाह गरेको छ। डिजिटल समुदाय बनाउन अग्रसर रहेको विश्व समुदायका लागि इन्टरनेटको भूमिका महत्वपूर्ण छ। सन् २००० मा इन्टरनेट प्रयोग गर्नेको संख्या जम्मा ४० करोड थियो। यसैबीच मोवाइलमा इन्टरनेट प्रयोग गर्नेको संख्या ७ अरब पुगेको छ। अमेरिका तथा युरोपमा एक सयमध्ये ७८ ले ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्छन्।

युवतीहरुले सेल्फी खिच्न दिनमा कति समय बिताउँछन् ? १० मिनेट, २० मिनेट वा ३० मिनेट ? यी तीन समय सोच्दैहुनुहुन्छ भने तपाईँ गलत साबित हुन सक्नुहुन्छ । एक अनुसन्धानमा युवतीहरुले हप्तामा पाँच घन्टासम्म सेल्फी खिचेर बिताउने गरेको तथ्य खुलेको छ । बेलायती पत्रिका मिररका अनुसार युवतीहरु दिनमा ४८ मिनेटभन्दा बढी समय सेल्फी खिचेर बिताउँछन् ।
४८ मिनेटमा १२ मिनेट मेकअप र ३६ मिनेट सेल्फी खिचेर बिताउने गरेको मिररले उल्लेख गरेको छ । १६ देखि २५ वर्षका दुई हजार युवतीमाझ गरिएको सो अनुसन्धानमा युवतीहरुको सेल्फी क्रेजबारे धेरै तथ्य फेला परेको छ । युवतीहरुको सेल्फी क्रेजबारे चर्चा गरौं।
बाथरुम र कारमा सेल्फी
अनुसन्धानमा धेरै युवतीहरुले बाथरुममा सेल्फी खिच्ने गरेको पाइएको छ । बाथरुम गएको बेला विभिन्न पोजिसनमा सेल्फी खिच्ने गरेको उनीहरुले बताएका छन् । यात्रा गर्दा कार र काम गर्दा अफिसमै समेत सेल्फी लिने गरेको अनुसन्धानमा उल्लेख छ । १० मध्ये एक युवतीले यस्ता सेल्फी खिच्ने र ती तस्बिरहरु आफ्नो स्मार्टफोन र कम्प्युटरमा सजाएर राख्ने गरेको पाइएको छ । २८ प्रतिशत युवतीले भने हप्तामा कम्तिमा एकपटक सेल्फी लिने गरेको बताइन् ।
सेल्फीले मुड चेन्च
अनुसन्धानमा सहभागी ५० प्रतिशतभन्दा धेरै युवतीले राम्रो सेल्फीले मन प्रसन्न हुने बताएका छन् । त्यसबेला खराब मुड एकाएक राम्रो हुने गरेको अनुसन्धानमा उल्लेख छ । करिब २२ प्रतिशत युवतीले समाजिक सञ्जालमा अपलोड गरिएको सेल्फी तस्बिरले धेरै 'लाइक' पाउँदा उत्साह बढेको र सेल्फी खिच्न आकर्षित गरेको बताएका छन् ।
सेल्फी स्टिमको शिकार
बेलायती वेवसाइट फिलिंगयुनिकले गरेको सो अनुसन्धानमा युवाहरुमा सेल्फी खिच्ने ट्रेन्ड निकै बढेको बताइएको छ । जसले युवाहरु सेल्फी स्टिमको शिकार बनेका छन् । अनुसन्धानमा संलग्न न्युबी हैंड्सका अनुसार सेल्फीले भरिएको इन्स्टाग्रामको फिडले मेकअप टिप्सदेखि फिटनेशबारे सुझाव आइने गरेको छ ।
लाइक नपाउँदा तस्बिर डिलिट
करिब २७ प्रशित युवतीले समाजिक सञ्जालमा राखिएको तस्बिरले पर्याप्त लाइक नपाउँदा केही मिनेटमै तस्बिर डिलिट गर्ने गरेको बताएका छन् । युवतीहरुले खिचेका आफ्नो सेल्फीमध्ये राम्रो तस्बिरलाई कम्तिमा दुई समाजिक सञ्जालमा अपलोड गर्ने गरेको सहभागी युवतीहरुले बताएका छन् ।

अनावश्यक रौँ हटाउने केही घरेलु उपाय यस्ता छन्ः
– बजारमा 'प्युमिक स्टोन' नाम गरेको पत्थर पाइन्छ। नुहाउनुअघि अनावश्यक रौँ भएको ठाउँमा यो पत्थरले रगड्ने गर्नाले रौँ झर्छ।
– बेसनमा दही मिलाएर पेस्ट बनाई अनावश्यक रौँ भएका ठाउँमा दल्ने र केही बेरपछि यसलाई रगडेर चिसो पानीले धुने गर्दै गयो भने रौँ क्रमशः हराउँदै जान्छ।
– मह, कागती र चिनीको मिश्रण बनाउने र यसलाई मनतातो बनाएर रौँ भएको ठाउँमा लगाउने। त्यसपछि सुतीको कपडाले यसलाई छोप्दै, निकाल्दै गर्ने। यसो गर्दा कपडास"गै रौँ निस्किन थाल्छ र छाला चम्किलो बन्छ।
– चिनी र कागती मिसाएर फाल्नुपर्ने रौँ भएको ठाउँमा लगाउने र १५ मिनेटजति मसाज गर्ने र पानीले सफा गर्ने गर्दा रौँ कम हादै जान्छ।

चितवन— चितवनमा पछिल्लो समय स्वाइन फ्लु संक्रमित ह्वात्तै बढेका छन्। दुई दिनअघि दशजनामा सीमित स्वाइन फ्लु बिहीबार बढेर २७ जनामा पुगेको छ। संकास्पद बिरामीको रिपोर्ट आएसँगै २७ जनामा स्वाइनफ्लु भएको पुष्टि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले गरेको छ।
हालसम्म काठमाण्डौमा पिसिआर (स्वाईनफ्लु पत्ता लगाउने ) परिक्षण गराइएका १ सय ६२ जनामा २७ बिरामीमा स्वाईन फ्लु अर्थात ईन्फ्लुएन्जा एचवान एनवानको संक्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरिक्षक राम केसीले नागरिकन्युजलाई बताए।
गत सोमबारको रिपोर्टसम्म जम्मा दशजनामा मात्र भेटिएको स्वाईनफ्लु संक्रमण तीन दिनबीचमा थप १७ जना बढेर कुल २७ जनामा फैलिएको केसीले जनाए। उनका अनुसार स्वाईनफ्लु संक्रमित हुनेहरु अधिकांस महिला रहेका छन्।
जिल्लामा एकमात्र स्वाईनफ्लुको प्रारम्भिक परिक्षण हुने भरतपुर अस्पतालमा पनि स्वाइन फ्लु जँचाउने बिरामीको चाप बढ्दो रहेका चिकित्सक डा.भोजराज अधिकारीले बताए। उनले अब स्थिति नियन्त्रण गर्न थप सतर्कता आवश्यक रहेको जानकारी दिए। भरतपुर अस्पतालमा आइसोलेसन वार्ड समेत व्यवस्था गरेर विरामीको उपचार भैरहेको छ।
जनस्वास्थ्य कार्यालय चितवनले भिडभाडमा नहिँड्न, मानिसँग हात नमिलाउन, संक्रमित भएको आशंका भए छुट्टै बस्न र बाहिर हिँड्दा मास्क लगाएर हिंड्न सर्वसाधारणलाई अपिल गरेको छ। महिला, वृद्धवृद्धा र बालबालिकामा स्वाइनफ्लुको जोखिम बढी रहने भएकाले सतर्क रहन पनि अपिल गरिएको छ।
रुघाखोकी लाग्ने, ज्यान दुख्ने , थकाई लाग्ने लगायतका लक्ष्यण भए तुरुन्त अस्पताल गएर परिक्षण गर्न कार्यालयले सबैमा आग्रह गरेको छ।

स्वास्थ्यकर खाना
हाम्रो शरीर र छालामा रहेका कोषिकाहरू पुरानो भएर मर्ने र नयाँ उत्पन्न हुने क्रम जारी रहने गर्छ। नयाँ कोषिका बढी सिर्जना भयो भने छालाको चमक कायम रहन्छ। छालामा चाउरी नपरोस् भन्नका लागि स्वास्थ्यकर र ताजा खाना खाने गर्नुपर्छ। यसले नयाँ कोषिका सिर्जना गर्न मद्दत गर्छ।

पिउने पानी
छालालाई स्वस्थ र जवान राख्न यसलाई पानीले सिञ्चित गरिरहनुपर्छ। शरीरमा पानीको मात्रा कम भयो भने छाला सुक्खा र अनाकर्षक बन्न पुग्छ। छालाको सुन्दरतालाई कायम राख्न र उमेर ढल्किँदै गए पनि यसको चमक गुम्न नदिन प्रतिदिन तीनदेखि चार लिटर पानी पिउने गर्नुपर्छ। यसरी पानी खानाले छालालाई खराब गर्ने 'टक्सिन'हरू पसिना र पिसाबबाट बाहिर जाने गर्छन्।
म्वइस्चराइजिङ क्रिम
म्वइस्चराइजिङ क्रिमले छालामा सुक्खापन आउन दिँदैन र यसको कान्तिलाई कायम राख्छ। जवान देखिने रहर हुनेले म्वइस्चराइजिङ क्रिम जथाभावी लगाउनु हुँदैन। हातलाई तलबाट माथि गर्दै क्रिम दल्नाले छाला स्वस्थ देखिन्छ।
हर्बल र ग्रिन टी
हर्बल र ग्रिन टीमा एन्टिअक्सिडेन्टको मात्रा उच्च हुन्छ। यसले छालाको बुढ्यौली घटाउने गर्छ। कफी पिउने गर्नुभएको छ भने र उमेर घर्किंदै जान थालेको छ भने तुरुन्तै हर्बल र ग्रिन टीको बानी लगानुहोला। कफी र अन्य क्याफिनयुक्त पेय पदार्थले शरीरलाई डिहाइड्रेट गराउँछ। जसकारण अनुहारको चमक हराउन पुग्छ। साथै, कफी खानाले मानसिक तनावसमेत बढ्छ। जसले छालालाई थप बिगार्ने गर्छ।
कफी बढी खानाले शरीरमा पानीको मात्रा कम हुन्छ। त्यही भएर कफी बढी खाने मानिस चाँडै बुढोजस्तो देखिन थाल्छ, छाला चाउरिन थाल्छ।
नियमित व्यायाम
नियमित व्यायाम गर्नाले मानिस जवान देखिन्छ। व्यायाम गर्दा शरीरमा रक्तसञ्चार र श्वासप्रश्वास तीव्र हुन्छ। यसले शरीरका हरेक कोषिकामा पोषक तत्व पुर्यारउने गर्छ। साथै, तीव्र श्वासप्रश्वास र रक्तसञ्चार हुँदा शरीरमा अक्सिजनको इन्टेक पनि बढ्न पुग्छ। यसले छालालाई सुक्खा हुन अथवा चाउरी पर्न दिँदैन।
तनावरहित जीवन
तनाव लिनाले शरीरका विभिन्न कोषिका नष्ट हुन्छन्। यस्ता कोषिका नष्ट भएमा छाला झोल्लिएजस्तो देखिने, दाग देखिने, चाउरी देखिने, छाला रुखासुक्खा हुने लगायत हुन्छन्। तसर्थ, ध्यान, योग, जगिङ, गार्डेनिङ, घरपालुवा जनावरसँगको घुलमिल, खेलकुद आदिले तनावको मात्रा घटाउँछन्। जसको सीधा असर पर्छ, छालाको सुन्दरतामा।

के खाने?
भिटामिन सी
भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ। अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी पाइने खानामा जोड दिनुपर्छ।
बेटा क्यारोटिन
बेटा क्यारोटिन नामक तत्वले छालालाई जवान र स्वस्थ राख्ने कोषिकाहरू उत्पन्न गर्न मद्दत गर्छ। गाजर, सूर्यमुखी फुलको बियाँ, बदाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ।
जिंक
जिंकले शरीरका कोषिकालाई हुर्काउन, बढाउन मद्दत गर्छ। यस्ता कोषिकाले छालालाई जवान र आकर्षक बनाउँछन्। सी–फुड, गेडागुडी र प्याज खानु छालाको स्वास्थका निम्ति फाइदाजनक हुन्छ।
फ्याट
ओमेगा–३ फ्याट्टी एसिडलगायत तत्वले छालालाई सुक्खा हुन दिँदैन। यस्तो फ्याट शरीर आफैँले उत्पादन गर्न नसक्ने भएकाले यो पाइने खाना खानुपर्छ। यस्ता खानाले छालाको सुक्खापन कम हुँदै जान्छ। ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेल आदि बेला–बेला खानुपर्छ।

जगदीश शमशेर राणाको व्यक्तित्व केवल साहित्यकार र समालोचकका रुपमा मात्र स्थापित छैन। उनी प्रखर चिन्तक पनि हुन्। नेपालको कला, संस्कृति र साहित्य क्षेत्रमा उनको योगदान निकै गहकिलो मानिन्छ। नेपाली विचार पक्रियालाई आधुनिक जीवनसापेक्ष बनाउन उनी लागिपरेका छन्। साहित्यमा हाल चलेको उत्तरआधुनिकवादबारे उनको स्पष्ट विचार छ - 'उत्तर भन्ने हुँदै हुँदैन।' उनले भर्खरै उत्तरआधुनिकवाद र बाहुल्य बिष्फोट नामक पुस्तक पनि लेखेका छन्। अहिलेको नेपाली समाज, साहित्य र राजनीतिलाई हेर्ने उनको दृष्टिकोण रोचक र विहंगम छ। यिनै प्रसंगमा किशोर नेपालसँगको वार्ता :
जलविद्युत् उत्पादनको एक शताब्दी लामो इतिहास बोकेको नेपालका सर्वसाधारण दिनरात बत्ती जाने समस्याले पीडित छन्। मोबाइल फोन चार्ज गर्नसमेत विद्युत् छैन। विद्यार्थीले गृहकार्य गर्न र गृहिणीले खाना बनाउनसमेत उज्यालो पाएका छैनन्। चर्को लोसेडिङले आक्रान्त सर्वसाधारण सोध्छन्- आखिर कहिले हुन्छ लोडसेडिङको अन्त्य ? नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई नागरिकन्युजका पुष्पराज कोइरालाले यही प्रश्न राखेका थिए। पढ्नुहोस् विस्तृत कुराकानीः
कहिले हुन्छ लोडसेडिङ अन्त्य?
लोडसेडिङ अन्त्य भन्नुभन्दा पनि म लोडसेडिङ व्यवस्थापन भन्ने शब्द प्रयोग गर्छु। चालू आर्थिक वर्षकै शुरुमा सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत आगामी ३ वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने भन्ने घोषणा गर्यो। यसको १ वर्ष त बितिसकेको छ। सरकारको घोषणाअनुसार लोडसेडिङ व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणले एउटा कार्ययोजना(रोड म्याप) बनाएर काम गरिरहेको छ। बाँकी रहेको २ वर्षमा लोडसेडिङ व्यवस्थापन गरिसक्नु पर्नेछ। यसका लागि हामीले कार्ययोजना बनाएर काम गरिरहेका छौं । बोलेर वा घोषणा गरेर मात्र लोडसेडिङ अन्त्य हुनेवाला छैन । हाल नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा करीब ८ सय मेगावाट विद्युत् उत्पादन जडित क्षमता छ । कुल माग १ हजार २ सय १ मेगावाट जति छ। बर्षेनी १० प्रतिशतका हाराहारीमा प्रणालीमा विद्युत् माग बढ्दै गएको छ। त्यसो हुँदा अहिलेकै अवस्थामा वर्षामा करीब ४ सय ५० मेगावाट र हिउँदमा करीब ६ सय मेगावाट विद्युत् अपुग छ। माग र आपूर्तिबीचको असन्तुलतका कारण नै लोडसेडिङ बढेको छ । त्यसो भएर हामीले कामै गरेर देखाउनका लागि कार्ययोजना अघि बढिरहेका छौं।
अबको २ वर्षमा लोडसेडिङ अन्त्य गर्न सक्ने त्यस्तो ठोस कार्ययोजना चाहिँ के छ त ?
विगतका वर्षहरुमा अहिलेकै मौसम(सुख्यायाम)मा दैनिक १२ देखि १३ घण्टा लोडसेडिङ भइरहेको थियो। तर, अहिले दैनिक ८ घण्टामा लोडसेडिङलाई सीमित गर्न सकेका छौं। यो पनि मध्ये क्षेत्रमा। पूर्वी र पश्चिमी क्षेत्रमा त लोडसेडिङ अझ दैनिक ६–७ घण्टा मात्र छ। यसलाई हामीले सकारात्मक सूचकका रुपमा लिएका छौं। यद्यपि, यसरी लोडसेडिङ कम हुनुमा चुहावट नियन्त्रण, भारतबाट गरिएको आयातमा वृद्धि र आयोजनाहरु सुधारका हाम्रा प्रयासहरुले काम गरेका छन्।
अब पूर्ण रुपमा लोडसेडिङ शून्यमा झार्नु पर्ने छ। यसका लागि करीब २ हजार १ सय मेगावाटका आयोजना निजी क्षेत्रसँग विद्युत् खरिदबिक्रि सम्झौता(पीपीए) गरेका छौं। यी आयोजनाहरु विभिन्न चरणमा निर्माणाधिन छन्। अबको २ वर्षभित्रका विभिन्न मितिमा यी आयोजनाहरुको निर्माण पूरा भई व्यवसायीक उत्पादन शुरु हुनेछ । विद्युत् प्राधिकरण, सरकार र सर्वसाधारणको शेयर लगानी रहेका कुल ८ सय ६२ मेगावाटका आयोजनाहरु निर्माणाधीन छन्। यी आयोजनाहरुमा चिलिमेका सहायक कम्पनीहरु माथिल्लो साञ्जेन, तल्लो साञ्जेन, मध्य–भोटेकोशी, रसुवागढीगरी २ सय ७० मेगावाट क्षमताका छन्। यस्तै, ४ सय ५६ मेगावाटको तामाकोशी, ३० मेवाको चमेलिया, ६० मेवाको त्रिशुली ३ ए, १४ मेवाको कुलेखानी तेस्रो, ३२ मेवाको राहुघाटलगायतका आयोजना पनि निर्माणाधिन नै छन्। यी ४ मध्ये राहुघाट बाहेकका आयोजनाहरुको प्रगति पनि निकै राम्रो छ । कुनै अवरोध नआइकन लक्ष्यअनुसार नै तोकिएकै समयमा यी आयोजनाहरु सम्पन्न गरियो भने अबको २ वर्षमा वर्षायाममा हुने लोडसेडिङ अन्त्य मात्र हुने होइन कि हामीलाई जडित प्रणालीमा विद्युत् बढी पनि हुने छ। अहिलेकै अवस्थामा पनि वर्षायाममा ४ देखि ५ घण्टामा सीमित नै छ। तर, माथिल्लो तामाकोशीलगायतका आयोजनाहरुमा जस्तो अवरोधहरु देखियो भने त वर्षाको लोडसेडिङ पनि २ वर्षभित्र हटाउन सकिन्न । त्यसो हुँदा आयोजनाहरुमा कुनै अवरोध आउन नदिन सबैको सक्रिय प्रयास आवश्यक छ । तर, उत्पादनतर्फका आयोजना बनेर मात्रै पनि हुँदैन । लोडसेडिङ हटाउन त प्रसारणतर्फका खिम्ती–ढल्केबर, हेटौंडा–ढल्केबर–दुहवी, ढल्केबर–मुजफ्फरपुरजस्ता प्रसारणलाईन पनि पूरा गर्नु पर्ने छ ।
त्यसो हो भने २ वर्षभित्र वर्षायामको लोडसेडिङ मात्रै अन्त्य हुन्छ, हिउँदमा लोडसेडिङ कायमै रहने रहेछ हैन?
लोडसेडिङको मुख्य समस्या भनेकै हिउँदको हो। त्यतिबेला माग एकदमै बढी हुने र उत्पादन कम हुने भइरहेको छ। नदी प्रवाहमा आधारित आयोजनाका कारण पानीको सतह घटेसँगै आयोजनाको उत्पादन ३० प्रतिशतसम्म घट्छ। जस्तो १ सय ४४ मेगावाटको कालिगण्डकी आयोजनाको ३ वटा टर्वाइन बर्षायाममा चलाउन सक्छौं भने हिउँदमा २ वटा टर्वाइन चलाउन पनि पानी पुग्दैन। त्यसो हुँदा उत्पादन स्वभाविक रुपमा घट्छ । हिउँदको लोडसेडिङ हटाउन हामीले कुलेखानी जलविद्युत् आयोजनाजस्तो जलाशयमा आधारित आयोजनाहरुको विकास गर्नै पर्छ। त्यस्ता जलाशययुक्त आयोजनाहरु नबनुन्जेल भारतबाट आयात बढाएर भए पनि हिउँदको लोडसेडिङलाई काबुमा राख्ने हाम्रो प्रयत्न छ। यसका लागि विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग, लगानी बोर्ड र निजी ऊर्जा उत्पादकहरुले पनि प्रयास गरिरहेका छन्। दीर्घकालिन रुपमा विद्युत् माग र आपूर्तिको व्यवस्थापन गर्न पश्चिमसेती, बुढीगण्डकी, दुधकोशी, उत्तरगंगा, माथिल्लो अरुण, तामाकोशी पाचौं, बुढीगंगालगायतका जलाशययुक्त आयोजनाहरु अघि बढाउने सबै निकायको प्रयास जारी छ।
अहिलेकै अवस्थामा पनि नेपालमा ५ हजार मेगावाट विद्युत् खपत हुन्छ भन्ने विज्ञहरुले बताउँदै आएका छन्, त्यसो हो भने त २ वर्षमा लोडसेडिङ अन्त्य भन्ने कुरा त हास्यास्पद हुँदैन र ?
हाल हामीले प्रक्षेपण गरेको माग प्राधिकरणको प्रणालीमा जडित सतही माग हो। यसै मागका आधारमा हामीले लोडसेडिङको अन्त्य हुने वा विद्युत् बढी हुन्छ भन्ने विश्लेषण गरिरहेको अवस्था हो। तर, हाल खाना पकाउन प्रयोग भइरहेको एलपी ग्यास, सवारी साधनमा प्रयोग भइरहेको पेट्रोलियम पदार्थलाई पनि विस्थापित गर्ने गरी इलेक्ट्रिक स्टोभ, इलेक्ट्रि सवारी साधनहरु प्रयोग गर्ने, औद्योगिकीकरणमा जाने हो भने त हामीलाई ५ हजार मेगावाटले पनि नपुग्न सक्छ। त्यसो हुँदा विद्युत् खपतको हाम्रो रणनीति र प्रवृत्तिमा नै आवश्यक परिमाण र अपुग विद्युतको विश्लेषण गर्न सकिन्छ ।
चरम लोडसेडिङका कारण मोबाइल फोन चार्ज गर्न नपाएका सर्वसाधारण, परीक्षाको तयारी गर्न नपाएका विद्यार्थीलगायत प्रत्यक्ष रुपमा मारमा परेका आम सर्वसाधारणलाई अबको २ वर्षमा कम्तिमा पनि बर्षामा 'बत्ती जाँदैन' भन्ने विश्वास कसरी दिलाउनु हुन्छ ?
पहिलो कुरा त हामीले लोडसेडिङ अन्त्य गर्ने दिशामा काम शुरु गरिसकेका छौं। प्राधिकरणमा म कार्यकारी निर्देशक भएको ५ महिना भयो। मैले यहाँ आउने वित्तिकै भनेको थिएँ कि विद्युत् माग वर्षेनी बढेकै छ, आन्तरिक प्रणालीमा विद्युत् थपिएको छैन। यस्तै अवस्थामा पनि गत वर्षको भन्दा लोडसेडिङ बढ्न दिन्न भन्ने मेरा घोषणा थियो। त्यसैअनुरुप हामीले लोडसेडिङ दैनिक ८ घण्टामा सीमत गर्न सफल भयौं। विगत वर्षभन्दा हिउँदमा दैनिक करीब ४ घण्टा लोडसेडिङ कम भएको छ। त्यो पनि मध्य क्षेत्रमा मात्र ८ घण्टा लोडसेडिङ छ। पूर्व र पश्चिम क्षेत्रमा अझ दैनिक ६–७ घण्टा मात्र लोडसेडिङ छ । त्यसो हुनाले हामी यो दिशामा सफल नै भएका छौं।
हामीसँग भएका तामाकोशीलगायतका ठूला आयोजनाहरु २ वर्षभित्र पूरा हुन्छ। निजी क्षेत्रका आयोजनाहरु पनि बनेपछि वर्षाको लोडसेडिङ अन्त्य हुन्छ। ढल्केबर–मुजफ्फरपुर प्रसारणलाईन निर्माण पनि अबको केही महिनाभित्रै पूरा हुँदैछ। लक्ष्य भन्दा करिब २ महिना अघि नै यो आयोजना पूरा हुन्छ। त्यस लाइन पूरा भएपछि १ सय ५० मेगावाट विद्युत् आयात गर्नै पर्ने प्रावधान छ। ४ सय केभी क्षमताको उक्त प्रसारणलाईनबाट मात्र १ हजार २ सय मेवा विद्युत् आयात–निर्यात गर्न सकिन्छ। योसहित १३ वटा क्रसबोर्डर लाइनमार्फत भारतबाट थप विद्युत् आयात गरी हिउँदको विद्युत् अभावलाई पनि पूरा गर्नेछौं। वर्षामा हाम्रो प्रणालीमा बढी हुने विद्युत् त्यही प्रसारणलाइनमार्फत भारतलाई दिन सकिन्छ। यसरी अबको २ वर्षमा लोडसेडिङ अन्त्य गर्ने हाम्रो कार्ययोजना छ। त्यसो हुँदा आउँदो २ वर्षभित्र 'बत्ती जाने' समस्याको अन्त्य हुन्छ।

तत्कालिन बुटवल फाइनान्स, एल्पिक एभरेस्ट फाइनान्स र सिएमबी फाइनान्स मर्ज भई ०६९ मंसिर २१ गतेबाट सिनर्जी फाइनान्स लिमिटेडको नाउँबाट एकिकृत कारोबार गर्दै आएको उक्त फाइनान्सको वित्तीय अवस्था हाल सुधारोन्मुख छ। चुक्ता पुँजी ४७ करोड ४४ लाख रहेको यस कम्पनीले गत…
नेपाली सेनाका पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवाल तिखो राजनीतिक टिप्पणीका कारण बेलाबेला चर्चामा आइरहन्छन्। सबै राजनीतिक दल विपद् व्यवस्थापनमा केन्द्रित हुनुपर्ने बेला राष्ट्रिय सरकार गठनको माग हुन थालेको छ। पीडितको राहत, उद्धारमा सेनाले खेलेको भूमिका, वैदेशिक सहयोग, राष्ट्रिय राजनीतिले लिनुपर्ने बाटो…
इन्टरनेटको प्रयोगले आजको विश्वलाई एउटा सानो कम्प्युटरको बाकसभित्र संकुचित बनाइदिएको छ । हिजोसम्म कुनै व्यापार, व्यवसाय, औषधि, उपचार, सभा, सम्मेलन गर्न एक देशबाट अर्को देशसम्म हजारौं किलोमिटर पार गरेर जानुपर्ने अवस्थालाई आज एउटा कोठामा बसेर कम्प्युटर र इन्टरनेटको सहयोगले क्षणभर मै सम्भव बनाइदिएको छ ।
अझ विभिन्न सोसल नेटवर्किङ साइटको विकासक्रमसँगै कुनैपनि साथीभाई, आफन्तलाई भेट्न तथा तिनीहरुको हालखबर बुझ्न घरै छाडेर भेट्न जानुपर्ने अवस्थाको अन्त्य भएको छ । साथै कुनैपनि कम्पनि तथा संघ–संस्थाका क्रियाकलापहरु घरै बसि–बसि नियाल्न तथा बुझ्न सम्भव भएको छ । आजको दिनमा तपाईं हामी जो कोही पनि कुनै न कुनै सोसल नेटवर्किङ साइटमा आबद्घ भएका छौं । २४ घण्टामा कुनै न कुनै समय निकालेर त्यसमा सहभागिता जनाइरहेका हुन्छौं । अझ आजका युवापिढीहरु त घण्टा घण्टाको अन्तरालमा यसमा प्रवेश गरेर स्ट्याटस तथा कमेण्टहरु चेक गरिरहेका हुन्छन त कतिले आफ्नो फोन मै त्यस्ता साइटहरुलाई लाइभ बनाई हरपल आफुलाई सम्पर्कमा राखेका हुन्छन् ।
सोसल नेटवर्किङ साईटहरुमा हाल फेसबुक, ट्वीटर, लिंक्डईन, माईस्पेस अग्रपंक्तिमा रहेका छन् । आजको दिनमा फेसबुकमा १ अर्ब, ट्वीटरमा ५० करोड, लिंकड्ईनमा १६ करोड तथा माइस्पेसमा १० करोडको हाराहारीमा सदस्यहरु रहेका छन् । सोसल नेटवर्किङ साइटका फाइदाहरु धेरै भएतापनि यसका वेफाइदाहरु पनि छन् साथै यसको प्रयोगमा धेरै नै सावधान अपनाउनुपर्दछ ।
सामाजिक संजालका फाइदाहरुः
१. विश्वव्यापी सम्पर्क
२. समान रुचि भएका व्यक्तिहरुको छुट्टै समूह तथा सञ्जाल
३. हरेका पलका सूचनाहरुको आदानप्रदान
४. निःशुल्क विज्ञापन तथा प्रचार–प्रसार
५. समाचारहरुको द्रुत फैलावट
६. खर्चको बचत

सामाजिक सञ्जालका बेफाइदाहरुः
१. दाम्पत्य जिवनमा नकारात्मक प्रभाव – सामाजिक संजाल प्रयोगको सबैभन्दा नकारात्मक प्रभाव दाम्पत्य जिवनमा परेको पाइन्छ । श्रीमान–श्रीमतीबीचको सम्बन्धमा चिसोपन आउनुको प्रमुख कारण पनि यहि रहेको पाइन्छ । सम्बन्धमा प्रयाप्त समय दिन नसक्नु तथा कुनै एकको चाहानालाई अर्को पक्षले सामाजिक सञ्जालको लिप्तो प्रयोगका कारण बुझ्न नसक्नु साथै व्यस्तताका कारण उचित समय उपलब्ध गराउन नसक्नु नै मुख्य रुपमा बाधक बन्न पुगेको हुन्छ ।
२. नैराश्यता — आफ्ना साथीभाई तथा आफन्तहरुले आफु विभिन्न ठाउँहरु घुम्न, रेष्टुरेन्ट, डिस्को, पिकनिक, पार्टी आदि ठाउँहरुमा गएका फोटोहरु अपलोड गरेको देख्दा र आफुलाई त्यसको बराबरीमा नपाउँदा नैराश्यताले गाँजेको हुन्छ । साथै आफुले अपलोड गरेका स्ट्याटस, फोटो तथा भिडियोमा कति लाईक तथा कमेन्टहरु आए ? अरु साथीको स्ट्याटस र फोटोमा बढी लाइक र कमेन्ट आउने आफ्नोमा चाहिँ किन कमी भन्ने मनोवैज्ञानिक असर परेको हुन सक्दछ ।
३. शारीरिक व्यायामको कमीले कमजोरी, मन्द वुद्धि, अनिद्रा — यस्ता साइटहरुको प्रयोगले खेल्ने कुद्ने समयका बच्चाहरु बाहिर खेल्न र कुद्न भन्दा कोठामै बस्न रुचाउँछन र यसको फलस्वरुप शारीरिक व्यायामको कमीले अरुचि, अपच, अनिद्रा आदिको समस्या देखा पर्दछन । यसले बुद्धि विकासमा समेत बाधा पुर्याउंदछ ।
४. निर्णय तथा तार्किक क्षमतामा कमी — बाहिरी संसारमा घुलमिल एकदमै कम भएका कारण मानिस एकोहोरो भएको हुन्छ जसको कारण कुनैपनि निर्णय लिन अरुको सहयोग खोज्दछ साथै तार्किक क्षमताको हस हुन्छ ।
५. वादविवाद तथा सभा सम्मेलनमा अरुचि — जव मानिस समाज तथा परिवारमा घुलमिल हुन कम गर्दछ यसले मानिसलाई एकलकांटे बनाईदिन्छ । उनीहरु कसै संग कुनै विवाद गर्न चाहदैनन तथा कुनै सभा सम्मेलनमा भाग लिन मन पराउंदैनन । यस्ता साईटहरुमा आफुलाई मन नपर्ने मानिसलाई सजिलै अनफ्रेन्ड तथा अनफलो गर्ने सजिलो माध्यम उपलब्ध भएको हुंदा कुनैपनि विषयमा कोहि संग वहस गर्न रुचाउंदैन बरु पन परेन कि अनफ्रेन्ड तथा अनफलो गर्दियो बस् ।
६. साईबर क्राईम, बुलिङ् — यस्ता साईटहरुमा सबैखाले मानिसहरु उपलब्ध हुने हुंदा कसको नियत कस्तो छ भन्ने कुरा थाहा हुंदैन । विभिन्न पालिसे कुराहरु गरेर तथा झुठा स्किमहरुको भ्रम फैलाएर एकले अर्कालाई लुट्ने काम भैरहेको हुन्छ । हालसालै नेपालमा आयोजना हुन लागेको भनिएको भर्जिन सेक्स पार्टिको समाचारले यस्ता कुराहरुको पुष्टि गर्दछ । साथै एकले अर्कालाई होच्याउने, उडाउने, धम्की दिने आदि गलत कार्यहरु पनि हुने गर्दछन् ।
७. व्यक्तिगत सूचनाको अनाधिकृत प्रयोग — तपाईंले अपलोड गर्नुभएका तपाईंका व्यक्तिगत सूचनाहरुको दुरुपयोग गरि अरुले फाईदा लिईरहेका हुन्छन् । तपाईंले आफ्नो प्रोफाईलमा कुनै ईमेल एड्रेस या फोन नम्बर राख्नुभएको छ भने थर्ड पार्टीहरुले तपाईंको अनुमति विना नै तपाईंको ईमेल एड्रेस या फोन नम्बरको प्रयोग गरि ईमेल तथा म्यासेज पठाउने गर्दछन् । कतिपय कम्पनिले त तपाईंलाई थाहै नदिई तपाईंको फोटो लाई आफ्नो कम्पनिबाट उत्पादित सामाग्र्रीहरुको विज्ञापनमा प्रयोग गरि फाईदा उठाई रहेका हुन्छन । साथै तपाईंको फोटो प्रयोग गरि फेक आईडि बनाई तपाईंको नाममा फाईदा उठाईरहेका हुन्छन् ।
८. समयको नोकसानी — हालै गरिएको सर्वेक्षण अनुसार यस्ता साईटहरुका प्रयोगकर्ताहरुले औसतरुपमा एकजनाले हप्ताको १० घण्टा विताउने गर्दछन् । अझ ३० प्रतिशत रेगुलर प्रयोगकर्ताहरुले त दिनकै कम्तीमा २ देखि ३ घण्टाको दरले समय नष्ट गरिरहेका हुन्छन । अब आफैं हिसाब गर्नुहोस हाम्रो जस्तो विकासोन्मुख देशको लागि उक्त समय कति महत्वपूर्ण सावित हुन्थ्यो होला ।
९. अनावश्यक विज्ञापनको सिकार — यस्ता साईटहरुले विभिन्न विज्ञापनहरु आफ्नो पेजमा विना अनुमति राखिदिने गर्दछन् । कुनै कुनै विज्ञापन त हाम्रो सामाजिक धरातल भन्दा माथि उठेर बनाईएका हुन्छन यसले नकारात्मक असर पार्नुका साथै आफ्नो पेजमा भएका कारण अनावश्यक दिमागी बोझ थोपरिरहेका हुन्छन् ।
१०. गलत समाचारको सिकार — यस्ता साईटहरुमा कुनैपनि सूचनाहरु अनलाई पोष्ट गरिने हुंदा त्यसको वैधानिकता हुंदैन तर तिनै सूचनाको आधारमा कुनैपनि समाचारहरु आगो फैलिए जस्तो फैलिएका हुन्छन । विगतमा भएको पुर्व राजकुमार पारस साहको समाचारले यो कुराको पुष्टि गर्दछ ।
११. समाजिक कार्यमा सहभागिताको कमी — यस्ता साईटहरुको प्रयोगले प्रयोगकर्तालाई जतिबेलै पनि कोठामा सिमित राख्ने भएकोले घरमा को आयो, गयो त्यसको कुनै मतलब हुंदैन र कुनै सामाजिक कार्यमा कुनै रुचि राख्दैनन् । उनीहरुलाई आफ्नो कम्प्युटर, ईन्टरनेट र त्यस्ता सामाजिक संजालहरु नै आफ्नो परिवार लाग्दछ ।
यसका अतिरिक्त कसैले गरेका अपलोडहरुमा कमेन्ट गर्दा आफु उक्त व्यक्तिको सामुन्ने नभई गरिने हुंदा उक्त आफुले गरेको कमेन्टले नकारात्मक असर पार्न सक्दछ र यसको फलस्वरुप उसले तपाईंलाई ब्लक या अनफ्रेन्ड गर्न सक्दछ । यदि उक्त कुरा तपाईंलाई थाहा भयो भने दुईजनाको बिच टकराव उत्पन्न हुन जान्छ । साथै तपाईंका गोप्य फोटोहरु अरु कसैले अपलोड गरेको अवश्थामा तपाईं र तपाईंको परिवार बिच फाटो आउन सक्दछ । यसका अतिरिक्त परिवारका सबै सदस्यहरु अनलाईनमा व्यस्त हुंदा खाना कतिबेला चिसो भएको हुन्छ कसैलाई पत्तो हुंदेन अनि जो अनलाईन हुंदैन उसलाई कस्तो अनुभव हुन्छ होला?
तसर्थ कुनैपनि कुरा लिमिट मा गरेको राम्रो हुन्छ । सोसल नेटवर्किड्ड साईट के का लागि बनाईएको हो र कति समय खर्च गर्दा उचित हुन्छ भन्ने कुरा स्वयं तपाईले निर्धारण गर्ने कुरा हो ।
अपनाउनुपर्ने सावधानीहरुः
– अनावश्यक फोटो तथा भिडियोहरु अपलोड नगर्नुहोस् ।
– नीजि ईमेल एड्रेस, जन्ममिति तथा व्यक्तिगत फोन नम्बरहरु भुलेर पनि नराख्नुहोस् ।
– बैंकिङ जानकारी कदापि कसैलाई अनलाईन नदिनुहोस
– कसैको स्ट्याटस तथा अपलोडहरुमा धेरै विचार विमर्स गरि मात्र कमेन्ट गर्नुहोस् ।
– कसैले फ्रेन्ड रिक्वेस्ट पठाएको छ, भने तपाईंले उक्त व्यक्तिलाई चिनेको छ भने मात्र स्विकार गर्नुहोस् । म्युचल फ्रेन्ड धेरै भएतापनि उक्त व्यक्तिलाई तपाईंले नचिनेको हुन सक्दछ ।
– कुनैपनि पेजहरुलाई लाईक गर्ने रिक्वेस्ट आयो भन्दैमा विचार नगरी लाईक नगर्नुहोस् ।
– यस्ता साईटहरुको पासवर्ड वेला–वेला परिवर्तन गर्दैरहनुहोस् ।
– अनलाईनमार्फत आएका कुनैपनि लिंकहरुमा जथाभावि क्लिक नगर्नुहोस् ।
– गोप्य सूचनाहरु कहिले पनि आदान प्रदान नगर्नुहोस् ।
– यस्ता साईटहरुमा प्राप्त हुने अनावश्यक एप्लिकेशनहरु डाउनलोड नगर्नुहोस् । त्यस्ता एप्लिकेशनहरुले तपाईंको व्यक्तिगत विवरण प्रयोग गर्ने अनुमति मागेका हुन्छन । तपाईंलाई स्पाम मेलहरु आउने प्रमुख कारण यिनै हुने गर्दछन् ।
– गाली, असभ्य तथा अभद्र शब्दहरुको कदापी प्रयोग नगर्नुहोस् ।
– पल पलमा आफु रहेको लोकेसनको बारेमा जानकारी नगराउनुहोस् ।
– यस्ता साईटहरुमा सकेसम्म कम समय व्यतित गर्नुहोस् ।