तिमी ईश्वर थिएनौ,महामानव थियौ

हो ,
अप्रत्याशित मृत्यूले गाँज्यो
अनि असम्भव अन्त्यको
सामनामा समाहित हुनु पर्‍यो
तिम्रा परिवारले, 
भन्थे औसतले तिमीलाई
बिष्णुको अवतार रे,
अनि..........,
पुज्दथे तिमीलाई सम्झी 
साँच्चै भगवानको रूप हो रे
अहँ,..........तिमी भगवान थिएनौ
न'त ईश्वरको अवतार नै थियौ
तर.......,तिमी महामानव थियौ
मानवताको पुजारी थियौ
त्यसैले त...........,
दानवहरुको शिकार बन्यौ
तिम्रा मानवरुपी व्यवहार
कहाँ पच्न सक्यो र ती
नरभक्षी दानवहरुलाई ?
अनि त ......,
तिम्रो अवशान भयो
अन्त्य भयो
तरैपनि .............,तिमीले
किन हुनु पर्यो र भगवान ?
जो कल्पनामा मात्र सिमित हुन्छन्
यथार्थमा शुन्य ..........,
केवल शून्य,
तर ????????तर.....,
तिमी कल्पनाको मूर्ति नभएर
साक्षात मानवको प्रतीमूर्ति थियौ
तिमी सम्झनाको आराधना मात्र नभएर
यथार्थमै पुजनीय देव थियौ |
हुनसक्छ तिम्रा कमीकम्जोरीले
तिमीलाई मृत्यु सम्मुख पुर्‍यायो
हुनसक्छ तिम्रो ईमान्दारीपनले
तिमीलाई यो धराबाट पलायन गरायो 
आखिर........ तिमी मान्छे थियौ
मानव बन्न खोज्नु तिम्रो कम्जोरी थियो
दानवमाथि बिश्वास गर्नु तिम्रो अपराध भयो
तर .........,
तिमी त्यो  साक्षात देव थियौ
तिमीलाई कल्पनारुपी ईश्वर मान्नु नै
हाम्रो गल्ती भयो।
साँच्चै ......,
कल्पनारुपी मुर्ती पुजे झैं तिमीलाई पुज्नु 
कुनै औचित्य थिएन
अनि .........ढुंगाको देवसंग तिमीलाई दाँज्नु
कुनै अर्थ थिएन
बस् ............तिमी त साक्षात मानव मुर्ती थियौ
अनि...............,
 थियो  तिम्रो  ललाट सूर्य झैं
चम्किलो र जाजल्यावान 
जस्को उज्यालो किरणमा 
औसत जनताले आफ्ना भाग्य खोजीरहेका थिए
आफ्नो  जीवन सोंची रहेका थिए
बिधीको बिडम्बना!!!!!!!!!!!!!!
त्यही सूर्य आज अस्ताएको छ
नेपाली आकाशबाट,
त्यही घाम डुबेको छ आज
सुनौलो  बिहानीबाट,
जे होस् ........
डुब्नु ,झुल्कनुको अभिप्रायमा रम्दै
आज चढाई रहेछु यहि शब्द सुमन श्रद्धान्जलीको 
हे...........,महामानव तिमीलाई 
हे...... स्वर्गीय साक्षात देव तिमीलाई।

0 comments

Write Down Your Responses

Powered by Blogger.