ड्रिम्स लिएर भुवन
कास्की, जेष्ठ २० - चर्को गर्मी महसुस भइरहेको थियो। कृत्रिम पानीको छहराले वातावरणलाई चिसो बनाइरहेको बेला एक जोडी कुममा–कुम मिलाउँदै नृत्य गर्ने तम्सिए। जोडी थिए नवनायक अनमोल केसी र नायिका साम्राज्यलक्ष्मी शाह। पहिलोपटक अभिनेता भुवन केसीले निर्देशन गर्दै गरेको फिल्म ‘ड्रिम्स’ को सुटिङका क्रममा मंगलबार फूलबारी रिसोर्टमा यी जोडीलाई नृत्य निर्देशक कविराज गहतराजले पोज सिकाउँदै थिए। चर्को गर्मीले सुटिङको तारतम्य मिलाउनसमेत युनिटलाई हम्मे परिहेका थियो। नायिका शाह फिल्मका लागि नयाँ अनुहार हुन्। मोडलिङ अनुभव बटुलेकी उनलाई फिल्मको कथा मन परेपछि अभिनयमा लागेको बताइन्। ‘निकै कडा मिहिनेत गर्नुपरेको छ, तर पनि अभिनयमा मज्जा आइरहेको छ,’ उनले भनिन्, ‘अभिनय पहिलो भए पनि सबैको सहयोग पाइरहेकी छु।’उनले फिल्ममा अरूलाई नराम्रो नभन्ने एउटी साधारण केटीको भूमिका आफूले निर्वाह गर्दै गरेको बताइन्। अनमोलको जोडीको रूपमा देखिएकी उनले यो चलचित्रपछि कथा हेरेर राम्रो फिल्ममा अभिनय गर्ने बताइन्। ‘अनमोल फिल्ममा लभर ब्वाई, बिजनेस मेन र लडाकुको चरित्रमा छन्। फूलबारी रिसोर्टको मालिक भएर खेलेका उनले भने, ‘ड्याडीको ड्रिम प्रोजेक्ट भएकाले फिल्म सक्दो राम्रो बनाउन अभिनयलाई बलियो बनाउने कोसिस गरेको छु।’ पिता भुवनले पनि उनको ड्ेरसअपदेखि सबै कुरा मिहीन ढंगले हेरिरहेकोले पनि पारिवारिक फिल्ममा काम गर्न झनै सजिलो भइरहेको बताए। ‘होस्टल’ बाट डेब्यु गरेका उनले ‘जेरी’ पछि होम प्रोडक्सनको यो तेस्रो फिल्ममा अभिनय गरेका हुन्। अझै साता दिन युनिट पोखराको सेरोफेरोमा रहेर सुटिङ गर्ने भएको छ। उता अभिनेता केसी पनि एक्सन–कटको तारतम्य मिलाउन असिनपसिन देखिन्थे। साता दिनदेखि पोखराका दृश्यहरू फिल्म कैद गराउन उनी दौडधुप गरिरहेका छन्। फिल्मको नाम नै ‘ड्रिम्स’ अनि निर्देशकीय क्षमता देखाउने पनि उनको ड्रिम्स रहेको छ। ‘एक दुई वर्षअघिदेखि नै फिल्म निर्देशन गर्ने सोच बनाइरहेको थिएँ,’ सुटिङमा व्यस्त अभिनेता केसीले भने, ‘बल्ल अहिले त्यसलाई पूर्णता दिने सुरसारमा जुटँे।’ सुटिङमा प्राय: पोखरा आइरहने उनले पोखरा फिल्मका लागि प्राकृतिक स्टुडियो भएकाले पनि आफूले आफ्नो फिल्म सुटिङका लागि यो छुट्याउन नसकेको बताए। ‘यो एउटा प्रेमकथा बोकेको फिल्म हो, भल्गर छैन,’ उनले भने, ‘सपरिवार बसेर आनन्दसँग हेर्न मिल्ने फिल्म बनाउँदै छांै।’ यसअघि काजोल फिल्मस्को ब्यानरमा उनले ‘सपना’, ‘करोडपति’, ‘नेपाली बाबु’, ‘सुपरस्टार’, ‘म तिमीबिना मरिहाल्छु’ लगायतका फिल्म निर्माण गरेका थिए। महाभूकम्प आउँदा फिल्मको उपल्लो मुस्ताङमा भइरहेको रहेछ। ‘लगत्तै फिल्मको सुटिङ स्थगित गरेर राहत बाँड्न हिँड्यांै,’ उनले सुनाए। साता दिनदेखि पुरानै अवस्थामा सबै नागरिक काममा फर्कनुपर्छ भनेर सुटिङलाई सुचारु गरेको उनले बताए।
Recent Updates
Archive
-
▼
2015
(97)
-
▼
June
(72)
- संविधानको मस्यौदा पेश, मधेसी दलले मस्यौदा च्याते ,,,
- संविधान नबन्ने संकेत मस्यौदामा हस्ताक्षर नगर्ने ए...
- यी १० चिज विवाह गरेपछि खान हुदैन ,,,,
- नेपालीहरूसँग भारतीय पत्रकारहरुले माफी मागे,,,,
- यस्तो बन्ने भो नेपालको संविधान,२०७२,,,
- अब छिट्टै विश्वभर निःशुल्क वाइफाइ उपलब्ध गराउँदै ग...
- नङमा यस्तो परिवर्तन आयो भने सम्झनुस स्वास्थ्यमा ठ...
- असार २१ गतेदेखि ‘फ्री भिसा,फ्री टिकट’ ब्यवस्था लाग...
- देशको यो अबस्थामा भीआइपीको सुविधा बढाउने रचनाकार क...
- मोबाइल किन्दै हुनुहुन्छ ? पख्नुस एस्तो आइफोन सेभे...
- मानसिक तथा शारीरिक रूपमा स्वस्थ बन्नको लागि जरुरि ...
- हेर्दै तिनछक लाग्ने एस्तो सरिर भएका व्यक्ति हरु ....
- जुस पिउनेहरुले जरुर पढ्नुहोस नत्र ...
- सम्पदा क्षेत्रमा स्रष्टा
- ड्रिम्स लिएर भुवन
- ‘पोखरा त पोखरा नै रहेछ’
- भूकम्प पीडितलाई श्रद्धाञ्जलीसहित गुगलको डुडलमा गणत...
- सवा तीन अरबको पहुँचमा इन्टरनेट
- युवतीहरुको सेल्फी बाथरुमदेखि अफिससम्म
- रौँ हटाउने उपाय यस्ता छन्
- चितवनमा २७ जनालाई स्वाइन फ्लु, अधिकांश संक्रमित महिला
- स्वस्थ छालाका निम्ति यसो गर्नुस् !
- चार जनाको काउन्सिल बनाउनुपर्छ
- 'दुई वर्षपछि तपाइँको घरमा बत्ती जाँदैन'
- दुई प्रतिशत ब्याजमा कर्जालाई कार्यविधि चाहिन्छ
- राष्ट्रिय सरकार गठन भए मारामार हुन्छ
- सामाजिक सञ्जालका प्रयोगकर्ताहरु : सावधान
- गुगलले ल्यायो एन्ड्रोइड एम–६.०, यस्ता छन् विशेषता
- अफिसमा पोर्न हेर्नेमा चिनियाँ सबैभन्दा अग्रस्थानमा
- सयौं डाँडा काटेर….(भिडियोसहित)
- नेपाली र भारतीयको हितमा सेवा गर्नेलाई गरिमा अवार्ड
- युट्युवमा भाइरल बन्यो सलमानको ‘बजरंगी भाईजान’ को टिजर
- कविता कपिराइटको मामिलामा अमिताभमाथि १ करोडको मुद्दा
- करिश्मा, तिमीलाई आफ्नो मावलीगाउँ आउन भुइँचालो नै आ...
- झम्सीखेलका सडकभरी दीप प्रज्वलन
- कक्षा १२ को परीक्षा भोलिदेखि
- जन्माउनेले फाले, पाल्नेबाट कन्यादान
- ४ रेक्टर स्केलको भूकम्पको धक्का
- फेरि भूकम्पको धक्का
- त्रिपाल खरिदमा मन्त्रालय चेपुवामा पर्योः मन्त्री ...
- पाँच गाविसको सतचालीस गाउँ तत्कालै सार्नूः सभासद् टोली
- चरेससहित समातिएका युएनका कर्मचारीलाई छोडियो (अपडेट)
- ‘राष्ट्रिय सङ्कट समाधान गर्न राष्ट्रिय सहमतिको सरकार’
- ऊ एक्लै ठिङ्ग उभिरहेकी छे
- मनको कागजमा प्रेमको चित्र
- यु–टर्न जिन्दगी
- फेरि एकचोटि धरहरा चढ्नुछ
- तिमी ईश्वर थिएनौ,महामानव थियौ
- हजारौँ कम्पनको एउटै शिक्षा
- पुनर्निर्माणको लागि काठ आपूर्ति गर्न सामुदायिक वन ...
- राष्ट्रिय सरकार जिन्दावाद, स्थानीय सरकार मुर्दावाद!
- झलनाथ, ओलीका 'भित्रीया' किन यो मन्त्रालय ताक्छन्?
- सैनिक श्रीमती संघबाट नाङ्लेभारेमा राहत वितरण
- ४ स्कुलका विद्यार्थी एउटै पालमुनि
- ९९ विदेशी सैनिक फर्किन बाँकी
- पहाडको पीडामा मधेसको साथ
- ४ स्कुलका विद्यार्थी एउटै पालमुनि
- पन्चासे उत्कृष्ट गन्तव्य
- बर्दियाका बुकिङ रद्द
- सुरक्षित छन् पर्यटकीय गन्तव्य
- पर्यटक बोलाउँदै पोखरेली
- पर्यटनमन्त्रीलाई जिल्ला प्रवेशमा रोक
- एन्फाका योजनाहरू शंकास्पद एन्फा अनियमितता प्रकरण
- एन्फा प्रमुख एएफसी र फिफा कंग्रेसमा गएनन्
- फिफा अध्यक्ष ब्लाटरद्वारा राजीनामा
- एन्फा प्रमुख एएफसी र फिफा कंग्रेसमा गएनन्
- आर्मीको सहज जित तिलोत्तमा गोल्डकप
- कोरियाली सांसदले दिए १ करोड २२ लाख
- शेष घले अष्ट्रेलियाका ९९ औं धनी
- एनआरएन अमेरिकामा डा. पौडेलको नयाँ नेतृत्व
- नेपाली विद्यार्थीका हत्यारालाई सजाय
- नेपाली विद्यार्थीको हत्यारालाई ८५ वर्षको जेल सजाय
0 comments
Write Down Your Responses