अफिसमा पोर्न हेर्नेमा चिनियाँ सबैभन्दा अग्रस्थानमा
बेइजिङ, जेठ १६ (एजेन्सी) – एक अध्ययनका अनुसार काम गर्ने स्थानमा पोर्न हेर्नेमा चिनियाँहरु अरुभन्दा अग्रस्थानमा देखिएका छन् । हालै गरिएको एक अध्ययन अनुसार अध्ययनका अनुसार १९ प्रतिशत चिनियाँहरुले कार्यालयमै एडल्ट सामग्री हेर्ने गरेको पाइएको छ ।
त्यस्तै मेक्सिको दोस्रो स्थानमा रहेको छ । जहाँ १० प्रतिशत मानिसले काम गर्ने स्थानमै एडल्ट सामग्री हेर्ने गरेको पाइएको छ । त्यस्तै बेलायतमा नौ प्रतिशत मानिसहरुले कार्यालयमा यस्ता सामग्री हेरेको पाइएको छ ।
ब्लु कोट सिस्टमले ११ मुलुकका एक हजार पाँच सय ८० जनामा गरेको अध्यनमा यस्तो नतिजा आएको हो ।
अध्ययन गर्ने संस्था ब्लु कोट का ह्युज थम्सनका अनुसार अधिकाशं कामदारहरु साइबर सुरक्षाका बारेमा सजग हुन्छन्, तथापि व्यवहारमा भने उनीहरु त्यस्तो देखिँदैनन् । अर्थात मौका मिल्न वित्तिकै यस्ता साग्रीहरु हेर्छन् ।
पोर्नसम्बन्धि सामग्री उपलब्ध गराउने साइटहरु सुरक्षाको हिसाबले निकै संवेदनशील भएपनि कामदारहरुले सजकताका बाबजुत पनि त्यस्ता साइटहरुमा भिजित गर्ने गरेको उक्त सस्थाले जनाएको छ ।
त्यस्तै सिंगापुरमा ३७ प्रतिशत मानिसहरुले आइटी डिपाटमेन्टको अनुमति बिना नयाँ एप्लीकेसनहरु प्रयोग गर्ने गरेको पाइन्छ ।
यो संख्या बेलायतमा ३३ प्रतिशत र भारत र मेक्सिकोमा ३० प्रतिशत रहेको छ । त्यस्तै अस्ट्रेलिया र फ्रान्समा यो संख्या क्रमस १४ र १६ प्रतिशत रहेको छ । त्यस्तै पाँच जनामा दुई जना अर्थात ४१ प्रतिशत कामदारले व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जालहरु प्रयोग गरेको पाइएको छ । यसले साइबर अपराधको हिसाबले व्यापारिक क्षेत्रबमा ठूलो जोखिम रहेको अध्ययनमा उल्लेख गरिएको छ ।
0 comments
Write Down Your Responses